कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्) को निर्णय, कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७८/०४/२८ गतेबाट २०७८/०५/०८ गतेसम्म लागू हुने गरी तपसिल बमोजिमको व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
क. निषेध गरिएका गतिविधिहरु :
१. सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न गराउन नपाउने
२. चौक / खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा महोत्सव, भोज भतेर आदि गर्न गराउन नपाउने ।
३. पुजारीबाट हुने नित्य का धार्मिक तथा सांस्कृतिक गतिविधिहरु संचालन गर्न नपाउने ।
४. शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्यूसन सेन्टर, कोचिङ्ग सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न गराउन नपाउने ।
५. स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने ।
६. अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजे भित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्नेछ ।
ख. संचालन गर्न पाउने गतिविधीहरु :
१. व्यवसाय संचालनको हकमाः
क. औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा संचालन गर्ने ।
ख. बुदाँ नं. (१) क मा उल्लेख भएबाहेकका अन्य पसल तथा व्यवसायहरु साँझ ७:०० बजेसम्म संचालन गर्न पाइने पसल तथा व्यवसाय संचालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने । यदि तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिने ।
ग. अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७:०० बजेसम्म संचालन गर्ने ।
२. सर्वसाधारणको आवतजावतको हकमा
क. घरबाट बाहिर निस्किँदा दुई व्यक्ति बीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने अनिवार्य रुपले मास्कको प्रयोग गर्ने। पटक-पटक साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने ।
३. सवारी साधन संचालनको हकमा:
क. काठमाडौँ उपत्यकाभित्र संचालन हुने सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताअनुसार देहायिका मापदण्ड कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने ।
मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने ।
चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने
अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नु पर्ने ।
ख. सफा टेम्पो तथा निलो माइक्रोले बुँदा नं. ३ (क) लगायत देहायका मापदण्ड पालना गरी संचालन गर्ने।
पछाडी तेस्रो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कूल ९ जना यात्रुभन्दा नबढाउने
सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउने ।
ग. उपत्यकाभित्र संचालन हुने निजी सवारी साधनका हकमा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरी संचालन गर्ने ।
घ. मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी संचालन गर्ने ।
ङ. सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्ने । च. सवारी साधन प्रयोग गर्दा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्नुपर्ने ।
४. परीक्षा तथा अन्य विषयको हकमाः
क. विभिन्न निकायबाट संचालन हुने सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरु देहाय बमोजिम शर्त गर्ने गरी संचालन गर्ने ।
पालना
परीक्षा संचालन हुने कुनै एक स्थान (Venue) हल तथा कोठाको आकार अनुसार २५ जनाभन्दा बढी मानिसहरु भेला जम्मा नहुने गरी परीक्षा संचालन गर्ने । > परिक्षार्थीहरु हलमा प्रवेश गर्नु पूर्व र परीक्षा समाप्त भएपश्चात नेपाल सरकारले तोकेको मापदण्ड बमोजिमको
भौतिक दूरी कायम हुने व्यवस्था मिलाउने ।
एउटा Shift का सवै व्यक्तिहरु परीक्षास्थलबाट पूर्णरुपमा बाहिरिए पछि मात्र अर्को Shift सँग सम्बन्धित व्यक्तिहरु प्रवेश गर्न मिल्ने गरी फरक समय राख्ने ।
परीक्षा संचालनका क्रममा जनस्वास्थ्यका मापदण्डहरुका अनिवार्य पालना गरी मास्क तथा सेनिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक Shift मा परीक्षा हल अनिवार्यरुपमा स्यानिटाइज गर्ने
ख. गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलापहरु संचालन गर्दा भर्चुअल माध्यमबाट गर्ने।
५. कोभिड १९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्क (Contract Tracing) मा परेका व्यक्तिहरुले नेपाल सरकारले निशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिअार परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन, भिडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्ने गराउने अनुरोध छ । प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिनेछ । अनुगमनको क्रममा यस आदेशको अवज्ञा भएको पाइएमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही हुनेछ । संक्रमण बढ्न गएमा यस आदेशमा भएका व्यवस्थाहरु कुनै पनि बेला पुनरावलोकन गर्न सकिनेछ ।












प्रतिक्रिया लेख्नुहोस्:-