बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘सीमामा आवतजावत गर्नेको विवरण राख्न निर्देशन’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
साउन ३०, २०७८ १८;१७ मध्यान्ह प्रकाशित
‘सीमामा आवतजावत गर्नेको विवरण राख्न निर्देशन’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, साउन २९ गते । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले मानव बेचबिखन र ओसारपसार रोक्न खुला सीमाको नियमनलाई व्यवस्थित गर्न र आवतजावत गर्ने व्यक्तिको व्यक्तिगत तथ्याङ्कसहित विवरणरूपमा राख्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले मानिसको स्वतन्त्र आवागमनको सम्बन्धमा भएका अन्तरराष्ट्रिय प्रतिबद्धताको प्रतिकूल नहुने गरी मानव बेचबिखन रोक्न सीमाना नियन्त्रणलाई सुदृढीकरण गर्न, सीमा क्षेत्रमा पीडित र अपराधीको पहिचानलाई सरलीकरण गर्न सीमा नियमन गर्नुपर्ने बताएको हो । समितिले तीनै तहका सरकारबीच र सरोकारवाला मन्त्रालय, संस्था र निकायबीच सहकार्य र समन्वयमा जोड दिन गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देश गरेको छ । कानून कार्यान्वयन गर्ने निकाय र मानव बेचबिखनको काममा प्रत्यक्ष संलग्न हुने संस्थाको सवलीकरण गर्न पनि निर्देशनमा भनिएको छ ।

मानव बेचबिखनसम्बन्धी जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, शिक्षामा पहुँच र तालिमका कार्यक्रम सञ्चालन, जोखिम क्षेत्रमा सङ्घसंस्था परिचालन गर्न पनि महिला मन्त्रालयलाई निर्देश गरिएको छ । समितिले हराएका वा बेपत्ता भएका व्यक्तिको परिवारले कुनै एक प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि सबै कार्यालयमा निर्देशन गर्न र फेलापरेका व्यक्तिको विवरण राख्न भनिएको छ । समितिले नाम, थर बतन नखुलेका वेवारिसे अवस्थामा फेलापरेका व्यक्ति तथा शव नियमितरूपमा सार्वजनिक सूचना प्रवाह गर्न र बायोमेट्रिक अभिलेख दुरुस्त राख्ने व्यवस्था मिलाउन गृह मन्त्रालय, महिला मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोगलाई निर्देश गरेको छ ।

समितिका सदस्य गङ्गा चौधरीले कतिपय स्थानमा आर्थिक लेनदनका कारण प्रहरीले बलत्कारजस्ता घटनासमेतमा उजुरी नलिएकाले गृह मन्त्रालयले त्यसमा ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयोे । समितिका सदस्य नारायण खतिवडाले महिला हिंसाका घटनामा सरकार र गैरसरकारी संस्थाको तथ्याङ्क फरकफरक हुने भएकाले कुन सही हो भन्ने छुट्टाउन समस्या परेको बताउनुभयो ।

समितिका सदस्य लक्ष्मी परियारले बाग्मती प्रदेश र प्रदेश नं २ मा बालबालिका हराउने तथ्याङ्क बढी पाइएकाले त्यसको कारण खोजिनुपर्नेमा जोड दिनुभयो । समितिका सदस्य अमृता थापाले तीन तहका सरकारबीच समन्वयको अभाव देखिएको औँल्याउनुभयो ।

समितिकी सभापति निरु पालले एसिडबाट पीडित महिलालाई महिला मन्त्रीले तोक लगाएर रु ५० हजारसम्म दिन सक्ने गरी कोष स्थापना भए पनि पीडितले त्यो रकम सजिलै नपाएको बताउनुभयो । तीनै तहका सरकार, गैरसरकारी संस्थाबीच समन्वय हुनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय महिला आयोगका सचिव मनोजकुमार आचार्यले सबैभन्दा बढी हिंसाका घटना प्रदेश नं ३ मा दखिएकाले सङ्घीय राजधानीलगायत शिक्षित क्षेत्र र वर्गमा पनि हिंसा देखिएको औँल्याउनुभयो । आयोगले हिंसामा परेका महिला र बालिकाको उजुरी लिनेसँगै संरक्षण र उपचारका लागि सहजीकरण गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घटनाको प्रकृति हेरेर विभिन्न संस्थामा पठाउने र उपचारको व्यवस्था मिलाउने गरिएको छ ।”

गृह सचिव टेकनारायण पाण्डेले महिला वा बालबालिका हराउँदा समयमा नै उजुरी दिएमा प्रहरीले कारवाही अघि बढाउने बताउनुभयो । हराउने क्रम क्षेत्रगतरूपमा फरक देखिएकाले त्यसमा अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश नं २ मा बालबालिका बढी हराएको भए पनि महिला कम मात्रै हराएको पाइएको छ ।”

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!