काठमाडौँ, साउन ३१ : गते । यहाँलाई आध्यात्ममा कति रुचि छ ? यो प्रश्नको जवाफमा हामी नाक खुम्च्याउँछौँ होला तर आध्यात्मिक जीवनले हामीलाई सही बाटो देखाउने दिनेश सिमपाने पोखरेल बताउनुहुन्छ ।
हरेक व्यक्तिको साथमा गीता र हरेकको हातमा हनुमान चालिसाको अभियानमा विगत १० वर्षदेखि लाग्नुभएका दिनेश भन्नुहुन्छ, “मन्दिर जानु, पूजापाठ गर्नु, व्रत बस्नुलाई आध्यात्म भनेर बुझ्छौँ । हामीले बुझेका यस्तै धार्मिक विधि–विधान आत्मसात् गर्नेलाई हामी ‘आध्यात्मिक’ भन्ने गर्छौं । जसले हरेक व्यक्तिलाई आनन्द दिन्छ ।”
अहिलेको पुस्ता हरेक कुराको वैज्ञानिक अर्थ खोज्छन् उहाँले थप्नुभयो, जबसम्म कुनै कुरामा वैज्ञानिक तथ्य भेटिँदैन तब त्यसलाई अन्धविश्वास भन्ने चलन छ । आत्मा र परामात्मबाटै मानव जीवन चल्ने सिमपानेको बुझाइ छ । हामीले अध्ययन गर्ने गीता र हनुमान चालिसाले जीवनलाई बुझ्न मौका दिन्छ, उहाँले बालबालिकादेखि युवापुस्ताले यी कृति पढ्नुपर्ने सुझाव दिनुभयो । जीनवको अर्थ बुझ्न तथा संस्कार सिक्नका लागि धार्मिक ग्रन्थलाई सबैले अध्ययन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । जीवनशैली परिवर्तनका लागि पनि हामीले गीता र हनुमान चालिसा अध्ययन गर्नुका साथै योग गर्नु पनि आवश्यक रहेको उहाँ ठान्नुहुन्छ ।
उहाँको अनुसार म को हुँ, म के हुँ ?
म के चाहन्छु, मैले कहाँ जानुछ ? यही प्रश्नको खोजले हरेक व्यक्तिलाई आध्यात्मको मार्गमा डोहो¥याउँछ । आध्यात्म परलौकिक विश्लेषण वा दर्शन होइन । आध्यात्मको शाब्दिक अर्थ स्वयंको अध्ययन हो । आध्यात्मको खास अर्थ आफूूभित्रको चेतन तìव अनुभूत गर्नु हो । उहाँले स्वस्थ जीवनका लागि आध्यात्मलाई बुझ्न जरुरी रहेको जानकारी दिँदै आध्यात्मको माध्यमबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न
सकिन्छ बताउनुभयो ।
उहाँले ४० हजार थान हनुमान चालिसा र गीता निःशुल्क वितरण गरिसक्नुभएको छ र बिरामीको सेवा गर्नु, दीनदुःखीलाई खाना खुवाउने अभियान पनि चलाउनुभएको छ ।
दीनदुःखीलाई लत्ताकपडा वितरण गर्नुका साथै सडकका कुकुरलाई खाना खुवाउने काममा उहाँ सक्रिय हुनुहुन्छ । उहाँलाई यो सामाजिक कार्यमा सहयोगमा बाबुराजा ओझा, रमेशकुमार शर्मा, सुुशील शर्मा, भीम पराजुली, दिनबन्धु गोयलले साथ दिइरहनुभएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-