बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

शैक्षिक जनशक्ति नै कमजोर निस्कने खतरा : शिक्षाविद्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
साउन ३१, २०७८ ०८;४५ बिहान प्रकाशित
शैक्षिक जनशक्ति नै कमजोर निस्कने खतरा : शिक्षाविद्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं, साउन २९ गते । पछिल्लो समय कोरोना कहरका कारण शिक्षाक्षेत्र डामाडोल बनेको छ । कतिपय परीक्षाहरु सञ्चालनको क्रममा स्थगन भएका छन् भने कतिपय परीक्षाहरु सञ्चालन हुनेक्रममा स्थगन हुन पुगेका छन् । पछिल्ला दुई वर्षयता विद्यार्थीहरुको कक्षा पूरा नभई परीक्षा सञ्चालन गरेर कक्षा वृद्धि गरिएको छ भने एसईईको परीक्षा समेत आन्तरिक मूल्याङ्कनको माध्यमबाट प्रकाशित गरिएको छ । यसरी विद्यार्थीलाई कक्षा स्तरोन्नति गर्दा विद्यार्थीको भविष्यमा दीर्घकालीन असर पर्न सक्ने शिक्षाविद्ले बताएका छन् ।

यस्तै कक्षा १२ को परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएसँगै विद्यार्थीमा अन्येल छाएको छ । कक्षा १२ को परीक्षा सुरु हुनुभन्दा एक साता अघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गरेसँगै परीक्षाको तयारी गरीरहेका विद्यार्थीहरु निराश भएका छन् ।
कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर परीक्षा स्थगित गरेको परीक्षा बोर्डले जनाए पनि शिक्षाविद्हरुले भने अहिले कक्षा १२ को परीक्षा भौतिक रुपमा गर्न नसके पनि अन्य विधि अपनाएर गर्नुपर्नेमा जोड दिएका छन् ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अहिले कक्षा १२ को परीक्षा स्थगन गर्न नहुने बताउनुभएको छ । पठनपाठन नै अनलाइन मार्फत सञ्चालन भैरहेको अवस्थामा मुखैमा आएको परीक्षा वैकल्पिक विधि प्रयोग गरेर भए पनि सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । तीन घण्टाको परीक्षाले विद्यार्थीहरुको भविष्य निर्धारण गर्न नसक्ने उहाँले बताउनुभयो । अहिले विद्यार्थीहरु जुन कुराको पहुँचमा छन् त्यसकै आधारका परीक्षा लिनुपर्ने उहाँको भनाइ छ । अहिले मनोमानी रुपमा विद्यार्थीहरुलाई अंक दिँदा त्यसको असर पछिसम्म पर्ने उहाँले बताउनुभयो ।

यस्तै शिक्षाविद् डा. विनयकुमार कुसियैतले कक्षा १२ को परीक्षा स्थगित गर्नु दुखद भएको बताउनुभएको छ । कोरोना सङ्क्रमणको बहानामा कक्षा १२ को परीक्षा स्थगन गर्दा परीक्षाको तयारीमा रहेका बालबालिकाको बाल मस्तिष्कमा नै असर पर्न सक्ने उहाँले बताउनुभएको छ । अहिले शिक्षाक्षेत्रमा देखिएको बेथिति विरुद्ध शिक्षा मन्त्रालयले अंकुश लगाउनु आवश्यक रहेको उहाँ बताउनुहुन्छ । कमजोर विद्यार्थीहरुलाई मनोमानी रुपमा अंक दिँदा शैक्षिक जनशक्ति नै कमजोर निस्कने भएकाले नेपालको शिक्षा क्षेत्र धराशायी हुनेमा कुनै शङ्का नरहेको उहाँले बताउनुभयो । अहिले पनि कक्षा १२ सम्मको शिक्षालाई केन्द्रीकृत प्रणलीमै सञ्चालन गरीरहेकाले यस्तो समस्या देखिएको उहाँको दावी छ ।

यस्तै शिक्षाविद् डा. वासुदेव काफ्लेले पनि अहिले शिक्षा क्षेत्रमा बेथिति ब्याप्त देखिएको बताउनुभएको छ । यसको असर दीर्घकालीन समयसम्म देखापर्ने उहाँको भनाइ छ । कम लगानीबाट बढी प्रतिफल प्राप्त हुन्छ भन्ने सोचका कारण यस्तो अवस्था सिजना भएको उहाँको भनाइ छ । पछिल्लो समय कक्षा १२ को परीक्षा स्थगित गर्नुको साटो वैकल्पिक माध्यमबाट सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!