बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हिउँचितुवाको स्वभाव लजालु र भलादमी

लजालु हिउँचितुवालाई मानिसले नै मार्छन् बाघ झम्टिन्छ, हिउँचितुवा लजाउँछ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
साउन ३२, २०७८ ०७;२१ बिहान प्रकाशित
हिउँचितुवाको स्वभाव लजालु र भलादमी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, साउन ३२ गते । सन् १९८० मा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका प्राध्यापक करन शाह जब उपल्लो डोल्पामा गएर हिउँचितुवाबारे अध्ययन सुरु गर्न थाल्नुभयो, त्यतिबेला उहाँको शरीर थरथर काँपिरहेको थियो । तराईको पाटे बाघ अनि पहाडको चितुवा जस्तै हिउँचितुवा पनि हिंस्रक होला भन्ने उहाँलाई लागेको थियो । उहाँसँगको अध्ययन टोलीमा रहेका अमेरिकी वैज्ञानिक डा. रेड्नी ज्याक्सन पनि डोल्पाको भूगोल अनि कहिल्यै नदेखेको हिउँचितुवाप्रति निकै डराउनुभएको थियो तर अध्ययनका क्रममा जम्काभेट भएको जति पनि हिउँचितुवा थिए, ती कुनै पनि बाघ जस्तै आक्रामक थिएनन् । बरु लजालु, भलादमी स्वभावका थिए । मान्छे देख्दा लुसुक्क भाग्ने, लुक्ने प्रकृतिका थिए ।

बिरालो प्रजातिका पाटे बाघ, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, चरीबाघ, जङ्गली बिरालोलगायतका जनावर हिंस्रक हुन्छन् भन्ने सैद्धान्तिक ज्ञान सिकाएका विश्वविद्यालयका प्राध्यापकले हिउँचितुवाको बासस्थानमा गएर उसको आनीबानी, व्यवहार अवलोकन गर्नु र त्यसलाई लिपिबद्ध गर्नु कक्षाकोठामा पढाएजस्तो सजिलो थिएन । त्यति बेलाको अनुभव सम्झँदै प्रा. शाहले भन्नुभयो, “अध्ययन सुरु गर्दै गर्दा हिउँचितुवा जति डरलाग्दो र हिंस्रक होला सोचिएको थियो, त्यो पटक्कै भेटिएन तर ऊ त यति भलादमी र लजालु रहेछ कि हामीले सोचेको भन्दा निकै फरक । हामी देख्दा ऊ लुक्यो, हामी अगाडि बढ्यौँ, ऊ लुसुक्क पर भाग्यो, हामी उसको नजिक पुग्नै थाल्यौँ, ऊ त भीरबाट हामीले नदेख्ने गरी खोल्सीमा झ¥यो । हामीतिर उसले खासै वास्ता गरेन । बाघ, चितुवा भएको भए हामीलाई बाँकी राख्दैनथ्यो होला ।”

उपल्लो मुस्ताङमा हिउँचितुवाको अध्ययन गरेर विद्यावारिधि गर्नुभएका डा. मधु क्षेत्रीको अनुभव पनि प्रा. शाह र डा. ज्याक्सनको जस्तै छ । डा. क्षेत्रीले भन्नुभयो, “हिउँचितुवा नजिकै छ भनेर हाम्रो अध्ययन टोली बिस्तारै हिउँचितुवातिर लाग्दै थियौँ । नजिकै पुगेपछि उसले सुरक्षा खतरा महसुस गरेछ । अकस्मात हामीतिर उठेर आयो । हामी डरायौँ तर ऊ लाज माने जस्तै गरेर फर्केर कुलेलाम ठोक्यो तर त्यो ठाउँमा बाघ, चितुवा भएको भए हामी बाँच्दैनथ्यौँ होला ।”

‘हिमालकी रानी’ भनेर चिनिने हिउँचितुवासम्बन्धी अध्ययनमा संलग्न विज्ञका यी अनुभवले हिउँचितुवा नरभक्षी होइन, बरु लजालु, भलादमी, सुन्दर प्राणी हो, यसले मान्छेलाई मार्दैन भन्ने कुरालाई जोड दिन्छ । पछिल्ला दिनमा हिउँचितुवाको छाला, हड्डी तथा अन्य अङ्गको अवैध व्यापारका लागि मानिसले हिउँचितुवाको चोरी सिकार गर्ने गरेका घटना सार्वजनिक हुँदै आएका छन् ।

प्राणीशास्त्रका प्राध्यापक शाह र डा. क्षेत्रीका दाबीअनुसार विश्वभरि अहिलेसम्म हिउँचितुवाले मानिसलाई मारेको घटना छैन तर जम्काभेट हुँदा मानिस आत्तिएर, भाग्दै गर्दा लडेर घाइतेसम्म भएका घटना बाहिर आएका छन् । प्रा. शाहले भन्नुभयो, “न त नेपालमा, न त विश्वको कुनै पनि मुलुकमा हिउँचितुवाले मानिसलाई आक्रमण गरेर मारेको भन्ने रेकर्ड अहिलेसम्म छैन । बरु यसको छाला, हड्डीलगायतका अङ्गको अवैध व्यापार गर्न भनेर मानिसले बेला–बेला यसको सिकार गरेको देखिन्छ, जुन दुर्भाग्यपूर्ण हो ।”

विश्वमा पहिलो पटक प्रा. शाह र अमेरिकी वैज्ञानिक डा. ज्याक्सनको टोलीले डोल्पामा हिउँचितुवाको अध्ययन गरेको हो । नेपालको सो अध्ययनले हिउँचितुवाको बारेमा धेरै कुरा बाहिर ल्याएपछि चीन, भारत, मङ्गोलिया, पाकिस्तान, तुर्किस्तानलगायतका हिउँचितुवा पाइने देशमा थप अध्ययन
भएका छन् ।

नेपाललगायत विश्वका १२ वटा देशमा मात्र बिरालो प्रजातिको यो वन्यजन्तु पाउने गरेको छ । उच्च हिमाली क्षेत्रमा बासस्थान भएको यो प्राणीको सङ्ख्याको गणना हुन नसकेको भए पनि नेपालमा तीन सयदेखि पाँच सयको सङ्ख्या पाइने अनुमान गरिएको हिउँचितुवामा विद्यावारिधिको शोध अध्ययन गरिरहनुभएका राष्ट्रिय प्रकृति संरक्षण कोषका अशोक सुवेदीले जानकारी दिनुभयो । यसको आहार प्रजातिमा नाउर, झारल, कस्तुरी मृगलगायतका हिमाली वन्यजन्तु हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!