काठमाडौं । कोरोनाभाइरस सङ्क्रमण बढेसँगै कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)ले स्मार्ट लकडाउनको तयारी गरिएको छ ।
सीसीएमसीलेसङ्क्रमण नियन्त्रण गर्न र अर्थतन्त्रलाई चलायमान राख्न प्रभावकारी रणनीति अपनाउँदै स्मार्ट लकडाउनको अवधारणा कार्यान्वयनमा ल्याउन लागेको हो । सङ्क्रमण दरलाई हरेर आवश्यकता अनुरूप नियम लागू गरिने योजना सीसीएमसीको छ।
स्मार्ट लकडाउनमा सबै क्षेत्र ठप्प नपारी कोरोनाभाइरसको सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन अघि सारिएको पछिल्लो अवधारणा हो। यसमा सङ्क्रमणको जोखिम र प्रभावलाई हेरेर निषेधाज्ञामा कडाइ या खुकुलो गरिने सीसीएमसीले जनाएको छ। यसको जिम्मेवारी स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ।
काठमाडौं उपत्यकाको तीन वटै जिल्लामा भदौ ८ गतेसम्म निषेध आदेश जारी भएकोले त्यसपछि मात्र स्मार्ट लकडाउनको बारेमा तय हुने पनि सीसीएमसीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-