काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । अन्दाजी १८ वर्षीय किशोरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।
गए राति करिब साढे ११ बजे पैदल हिँडिरहेका किशोरलाई स१०प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-