बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

देशका धेरै ठाउँमा ठूलो वर्षा, कुन प्रदेशमा कति वर्षा ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ ११, २०७८ १०;२८ बिहान प्रकाशित
monsoon
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डाै – कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा लगातार झरी परिरहेको छ ।

वाग्मती, लुम्बिनी, गण्डकी, प्रदेश-१ र प्रदेश-२ का धेरै ठाउँमा अति ठूलो वर्षा भएको छ। अहिले पनि देशका धेरै ठाउँमा झरी परिरहेको छ । लगातारको झरीले देशका विभिन्न नदी तथा खोलामा बाढी आएको छ भने पहाडी क्षेत्रमा पहिरो जान थालेको छ ।

कुन प्रदेशमा कति वर्षा ?

लुम्बिनी प्रदेश

गएको २४ घण्टामा लुम्बिनी प्रदेशको रुपन्देही, नवलपुर र भैरहवामा अति ठूलो वर्षा मापन भएको छ । नवलपुरमा सबैभन्दा धेरै ४ सय २३ मिलिमिटर वर्षा मापन भएको छ । नवलपुर आसपासका क्षेत्रमा पनि अति ठूलो वर्षा भएको छ । त्यस आसपासमा दुई सय ५ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै, रुपन्देहीमा एक सय ८६ मिलिमिटर, भैरहवामा २ सय ५८ मिलिमिटर र कपिलवस्तुको बाणगङ्गामा ३ सय ११ मिलिमिटर वर्षा भएको छ । बाणगङ्गा आसपासमा पनि बितेको २४ घण्टामा अति ठूलो वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । यस्तै बर्दियामा पनि १ सय ६ मिलिमिटर पानी परेको छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा पनि गएको २४ घण्टादेखि लगातार झरी परिरहेको छ । त्यहाँको तनहुँ, स्याङ्जा, लमजुङ, गोरखालगायत जिल्लामा अति ठूलो वर्षा भएको छ । मौसविद्का अनुसार गोरखाको बारपाकमा सबैभन्दा धेरै वर्षा भएको छ ।

वाग्मती प्रदेश

वाग्मती प्रदेशको चितवन, चितवनको आसपास र सिन्धुलीमा सबैभन्दा धेरै वर्षा भएको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार सिन्धुलीको कुसुन्टारमा २ सय ७८ मिलिमिटर पानी परेको छ ।

यस्तै, चितवनको माडीमा २ सय ६० मिलिमिटर वर्षा भएको छ भने काली खोलालगायत क्षेत्रमा ठूलो वर्षा भएको छ । वाग्मतीका अन्य प्रदेशमा भने सामान्यदेखि मध्यम खालको वर्षा भएको छ ।

प्रदेश-२

प्रदेश-२ को धेरैजसो क्षेत्रमा ठूलो वर्षा भएको छ । बाराको निजगढमा गएको एक घण्टामा नै ४८ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै धनुषाको जनकपुर विमानस्थल आसपासका क्षेत्रमा पनि अति ठूलो वर्षा भएको छ ।

एक घण्टाको अवधिमा त्यहाँ पनि ४६, ४७ मिलिमिटर वर्षा मापन भएको छ । गएको २४ घण्टामा भने धनुषामा एक सय एक मिलिमिटर पानी परेको छ । यस्तै, पर्सा, सिरहा र सप्तरीमा पनि ठूलो वर्षा भएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेशको बाजुरामा ठूलो वर्षा भएको छ । त्यहाँ २६ दशमलव ६ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । अन्य क्षेत्रमा भने मध्यम खालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा पनि ठूलो वर्षा भएको छ ।

कर्णाली र सुदूरपश्चिमका धेरैजसो ठाउँमा आज राति र भोलि पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । भोलिदेखि देशका मध्य र पूर्वी क्षेत्रमा भने बिस्तारै पानी पर्न कम हुने छ । मौसमविद्का अनुसार आज पनि लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश-१ र प्रदेश-२ का धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!