काठमाण्डाै – पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा रहेको घोडाहा खोलाको पक्की पुल भासिएको छ । लगातारको वर्षा पछि आएको बाढीका कारण देवदह–७ शीतलनगरमा रहेको घोडाहा खोलाको पक्की पुल भासिएको प्रहरीले जनाएको छ ।
पुल भासिएपछि राजमार्गमा गाडी चलेका छैनन् । वैकल्पिक व्यवस्था नभएसम्म गाडी चलाउन नसकिने प्रहरीले जनाएको छ । यस्तै, लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।
भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । यस्तै, अविरल वर्षापछि आएको बाढीले पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा डाइभर्सन बगाउँदा त्यहाँ पनि गाडीको आवतजावत रोकिएको छ ।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएको हो । बगाएपछि राजमार्ग पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-