बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बाढीपहिरोबाट ९० जनाको ज्यान गयाे, ७५९ घर भत्किए

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ १२, २०७८ २१;३० मध्यान्ह प्रकाशित
बाढीपहिरोबाट ९० जनाको ज्यान गयाे, ७५९ घर भत्किए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं, भदौ १२ गते । बाढीपहिरोबाट नेपालमा हालसम्म ६३ वटा जिल्ला प्रभावित भएका छन् । जेठ ३१ देखि भदौ ११ गतेसम्म बाढीपहिरोका कारण ६३ वटा जिल्ला प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यो मनसुनमा बाढीपहिरोका कारण ९० जनाले ज्यान गुमाइसकेका छन् । ४५ जना बेपत्ता र ९६ जना घाइते भएको विपद् जोखिम न्यूनीकरण प्राधिकरणकाे विवरणमा उल्लेख छ । यसैगरी ४० जिल्लामा ७५९ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने १६८ वटा घरमा आंशिक क्षति भएको छ । बाढीपहिरोका कारण ३७ वटा सरकारी कार्यालय, १५ वटा सामुदायिक भवन–स्कुल, २५ वटा जलविद्युत आयोजना, २९ वटा मोटरेबल पुलमध्ये ७ वटा काठेपुल र २९ वटा झोलङ्गे पुलमा क्षति भएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण बाजुरामा एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् । त्यस्तै ११ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने ५ वटा घरमा आंशिक क्षति भएको छ । गोरखामा बाढीबाट चार जनाको मृत्यु, दुई जना बेपत्ता र दुई जना घाइते भएका छन् । साथै १६ वटा घर पूर्णरुपमा क्षति भएको छ भने ५८ वटा घरमा आंशिक रुपमा क्षति भएको छ । त्यस्तै एउटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । मनाङमा बाढीका कारण ५९ वटा घर पूर्णरुपमा र २० वटा घरमा आंशिक रुपमा क्षति भएको छ । साथै बाढीले सडक एक, बेलिब्रिज एक, सामुदायिक भवन एक, झोलुङ्गे पुल आठ, पक्कि पुल दुई, मोटरेवल काठेपुल सात, सरकारी कार्यालय चार, स्कुल १ र दुई वटा बैंकमा क्षति पुगेको छ । त्यस्तै चारवटा विद्युतीय पावर हाउसमध्ये दुईवटा पूर्णरुपमा क्षति भएको छ भने दुईवटाको पाइपलाइन बाढीले बगाएको छ ।
सिन्धुपाल्चोकमा पाँच जनाको मृत्यु, २० जना बेपत्ता र ६ जना घाइते भएका छन् भने ४५० घर पूर्णरुपमा क्षति भएको छ । यसैगरी आठवटा पक्की पुल, १५ वटा झोलुङ्गे पुल, १० वटा माछा फर्म, अन्य सरकारी भवन ३२ वटा र एक फर्निचर उद्योग सामुदायिक भवनमा क्षति पुगेको छ ।

त्यस्तै प्यूठानमा बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने एक घर पूर्णरुपमा र एक घर आंशिक रुपमा क्षति भएको छ । पाल्पामा अविरल वर्षाका कारण पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । साथै पाँच घर पूर्णरुपमा क्षति भएको छ । लमजुङमा बाढीले ३५ घरमा पूर्ण क्षति र ५६ घरमा आंशिक क्षति भएको छ । त्यस्तै एक मन्दिर, एक आमा समूहको भवन, दुई झोलुङ्गे पुल र एक सब डिभीजन वन कार्यालयमा क्षति भएको छ । डोटीमा पहिरोका कारण चारको मृत्यु र तीन घाइते हुनुका साथै एक घर पूर्णरुपमा क्षति भएको छ ।

जुम्लामा हिमपहिरोका कारण चार जनाको मृत्यु, एक जना बेपत्ता, तीन जना घाइते र तीन घर पूर्णरुपमा क्षति भएको छ । अर्घाखाँचीमा दुई जनाको मृत्यु र १२ घरा पूर्णरुपमा क्षति भएको छ । कास्कीमा एक जनाको मृत्यु, तीन जना घाइते र एक सडक, दुई स्कुल र एक फलामे पुलमा क्षति पुगेको छ । काभ्रेमा एक जनाको मृत्यु, रुपन्देहीमा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । साथै १५ घर पूर्णरुपमा क्षति भएको छ ।

कालिकोटमा दुई जना, सप्तरीमा दुई जनाको मृत्यु भएको छ । मुस्ताङमा पहिरोका कारण एक घर पूर्णरुपमा क्षति भएको छ । बझानमा एक जनाको मृत्यु, एक जना घाइते र तीन घर पूर्णरुपमा क्षति भएको छ । चितवनमा दुई जनाको मृत्यु, तीन जना बेपत्ता, एक जना घाइते भएका छन् । साथै पाँच घरमा पूर्ण क्षति भएको छ भने दुई पक्कि पुल बगाएको छ । हुम्लामा पहिरोले पाँच घर पूर्णरुपमा र पाँच घरमा आंशिक क्षति भएको छ । पाँचथरमा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् । रोल्पामा पहिरोबाट तीन जनाको मृत्यु, पाँच जना घाइते र सात घर पूर्णरुपमा क्षति भएको छ ।

सोहीअनुसार दाङमा पाँच जनाको मृत्यु, दुई जना बेपत्ता र दुई जना घाइते भएका छन् । साथै पाँच घर पूर्णरुपमा क्षति भएको छ । संखुवासभामा एक घरमा पूर्णरुपमा क्षति भएको छ । रौतहटमा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् । साथै आठ घर पूर्णरुपमा र पाँच घरमा आंशिक क्षति भएको छ । सर्लाहीमा अविरल वर्षाका कारण बाढीले एक जनाको मृत्यु, तीन जना घाइते र नौ घर पूर्णरुपमा क्षति भएको छ । साथै एक मन्दिर र एक महिला समूह भवनमा क्षति पुगेको छ ।

यसैगरी तनहुँमा पाँच जनाको मृत्यु, एक जना बेपत्ता र १० जना घाइते भएका छन् । १५ घर पूर्णरुपमा र चार घर आंशिक रुपमा क्षति भएको छ । साथै एक पक्कि पुल बगाएको छ । धादिङमा दुई जनाको मृत्यु, एक बेपत्ता र छ जना घाइते भएका छन् । बारामा चार घर पूर्णरुपमा क्षति भएको छ । सिन्धुलिमा दुई जनाको मृत्यु र एक घरमा पूर्णरुपमा क्षति भएको छ । अछाममा पहिरोका कारण एक जना बेपत्ता, एक जना घाइते भएका छन् भने एक पक्कि पुलमा क्षति पुगेको छ । मोरङ र सिरहामा एक–एक वटा पक्कि पुलमा क्षति पुगेको छ ।

त्यस्तै, खोटाङमा अविरल वर्षाका कारण दुई जनाको मृत्यु, तीन जना घाइते र चार घर पूर्णरुपमा क्षति भएको छ । रामेछापमा एक जना घाइते र दुई घर पूर्णरुपमा क्षति भएको छ । सुनसरीमा एक घरमा पूर्णरुपमा क्षति भएको छ । धनुषामा चार घरमा पूर्णरुपमा र छ घर आंशिक रुपमा क्षति भएको छ । सोलुखुम्बुमा चार घर पूर्णरुपले क्षति भएको छ भने एक विद्यालयमा क्षति पुगेको छ । मकवानपुरमा एक जनाको मृत्यु र आठ घर पूर्णरुपमा क्षति भएको छ भने एक पक्कि पुल बगाएको छ । उदयपुरमा एक जनाको मृत्यु र एक घर पूर्णरुपमा क्षति भएको छ । साथै एक पक्कि पुल र एक स्कुलमा क्षति पुगेको छ । नवलपरासी पूर्वमा तीन जना बेपत्ता, एक जना घाइते र आठ घर पूर्णरुपमा क्षति भएको छ । त्यस्तै एक पक्कि पुलमा क्षति भएको छ ।

यसैगरी पर्वतमा दुई जनाको मृत्यु, एक जना बेपत्ता र दुई जना घाइते भएका छन् । म्याग्दीमा दुई जनाको मृत्यु, एक जना घाइते र दुई घर पूर्णरुपमा क्षति भएको छ । बागलुङमा एक जना बेपत्ता, तीन घर पूर्णरुपमा र दुई घरमा आंशिक क्षति भएको छ । दार्चुलामा पाँच जनाको मृत्यु, चार जना घाइते र पाँच घर पूर्णरुपमा क्षति भएको छ । बैतडीमा चार घर पूर्णरुपमा र चार घरमा आंशिक क्षति भएको छ भने दुई मन्दिर र एक प्रतिक्षालयमा क्षति भएको छ । तेह्रथुममा पहिरोका कारण एक घर पूर्णरुपले क्षति भएको छ । नुवाकोटमा एक जनाको मृत्यु, दुई जना घाइते र चार घर पूर्ण क्षति भएको छ ।

भोजपुरमा पाँच जना घाइते र दुई घरमा पूर्ण क्षति भएको छ । सल्यानमा दुई जनाको मृत्यु, तीन जना घाइते र एक घरमा पूर्ण क्षति भएको छ । ओखलढुंगामा तीन घरमा पूर्ण र चार घरमा आंशिक क्षति भएको छ । डडेल्धुरामा एक जना घाइते र एक घरमा आंशिक क्षति भएको छ । रुकुम पूर्वमा एक जना घाइते र एक घरमा पूर्ण क्षति भएको छ । कैलालीमा दुई जनाको मृत्यु, दुई बेपत्ता, दुई घाइते र एक घरमा पूर्ण क्षति भएको छ । रुकुम पश्चिममा एक जनाको मृत्यु, दुई घाइते र एक घरमा पूर्ण क्षति भएको छ । रसुवामा पाँच जनाको मृत्यु, एक जना घाइते र पाँच घरमा पूर्ण क्षति भएको छ ।

त्यस्तै, गुल्मीमा एक जना घाइते भएका छन् । कपिलवस्तुमा एक जनाको मृत्यु, नवलपरासी पश्चिममा दुई जनाको मृत्यु, तीन जना बेपत्ता, दुई जना घाइते र दुई घर पूर्णरुपमा क्षति भएको छ । बैतडीमा दुई घर पूर्णरुपले क्षति भएको छ । दैलेखमा तीन जना घाइते भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!