बैदेशिक पोष्ट
२०८२ असार ९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मुसलमान समुदायकी जेवा बनिन् डाक्टर, एमडीसम्म पढ्ने लक्ष्य

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ १६, २०७८ ०८;१८ बिहान प्रकाशित
मुसलमान समुदायकी जेवा बनिन् डाक्टर, एमडीसम्म पढ्ने लक्ष्य
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सप्तरी – अभिभावकले ध्यान दिएर हौसला दिए छोरीले पनि केही गर्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण बनेकी छन् सप्तरीकी जेवा खातुन । सानै उमेरमा विवाह गरेर घरजम बसाउने मुस्लिम समुदायकी खातुन चिकित्सा क्षेत्रमा प्रवेश गर्नुभएको छ ।

पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि छन् । अभिभावकले पढाइभन्दा सानै उमेरमा विवाह गरिदिने भएका कारण उनीहरु अगाडि बढ्न सक्दैनन् । तर अभिभावकले सहयोग गरेमा यो समुदायका महिलाले पनि केही गर्न सक्ने प्रमाण बन्नुभएको छ खातुन । उहाँले हालै एमबीबीएस उत्तीर्ण गर्नुभएको छ । जिल्लाको खड्क नगरपालिका–८ कल्याणपुर निवासी फिरोज खान र यास्मिन सुल्तानको पहिलो सन्तानका रूपमा जन्मिनुभएकी खातुनले ललितपुरको लगनखेलमा रहेकाे पाटन अस्पतालबाट एमबीबीएस उत्तीर्ण गर्नुभएको हाे । ​

एमबीबीएस उत्तीर्ण गर्नुको श्रेय भने उहाँ आफ्ना आमाबुवालाई दिनुहुन्छ । “शायद उहाँहरुले नपढाउनुभएको भए आज चिकित्सक बन्ने थिइनँ”, उहाँ भन्नुहुन्छ, “बल्ल मेरो सपना पूरा भएको छ ।” आफूलाई चिकित्सक बन्न सानैदेखि इच्छा रहेको र त्यो पूरा भएपछि साह्रै खुसी लागेको खातुन बताउनुहुन्छ । नर्सरी कक्षामै पढ्दाखेरि सेतो कोट लगाउने को हुन् भन्ने जिज्ञासा राख्दा अभिभावकले डाक्टर भएको र उसैले बिरामीको उपचार गर्छन् भन्ने कुरा बताएपछि त्यही कुरा आफ्नो दिमागमा खेलिरहेको उहाँ बताउनुहुन्छ । त्यो कुरा दिमागमा बसिरह्यो र डाक्टर बन्ने सपनाका साथ पढाइलाई निरन्तर अगाडि बढाउँदै लग्नुभयो खातुनले ।

उहाँले विसं २०६९ मा गौरी सेकेण्डरी स्कुल जनकपुरबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुभयो भने विराटनगरबाट उच्च मावि उत्तीर्ण भएलगत्तै उहाँले मेडिकल प्रवेश परीक्षाका लागि तयारी थाल्नुभयो । परीक्षा त दिनुभयो तर पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सक्नुभएन । उहाँ भन्नुहुन्छ, “तैपनि आमाबुवाले पूरै रकम तिरेर मलाई पढाउनुभयो ।”​

एमबीबीएस उत्तीर्ण गरेपछि उहाँ अहिले पाटन अस्पतालमै इन्टर्नसिप गरिरहनुभएको छ । उहाँका बुवा कल्याणपुर बजारका व्यवसायी हुनुहुन्छ भने आमा खड्क नगरपालिकाका उपप्रमुख हुनुहुन्छ । आमाबुवाले सधैँं आफूलाई प्रोत्साहन दिँदै सहयोग गर्दै आउनुभएकै कारण आज आफूले एमबीबीएस उत्तीर्ण गरेको उहाँ बताउनुहुन्छ ।

इन्टर्नसिप सकाएपछि पहिलो सेवा जिल्लामै दिने उहाँले सोच बनाउनुभएको छ । “जिल्लामै आएर स्वास्थ्य सेवा दिने र छोरीलाई पनि पढाउनुपर्ने चेतना जगाउने काम गर्छु”, उहाँले भन्नुभयो । एमबीबीएस उत्तीर्ण गरेर काम गर्दै एमडीसम्म पढ्ने लक्ष्य उहाँले राख्नुभएको छ ।

छोरी पनि कुनै कुरामा कमजोर हुँदैनन् भन्दै उहाँ हरेक छोरीलाई पढाउनुपर्ने बताउनुहुन्छ । “हरेक छोरीमा कुनै न कुनै गुण हुन्छ, प्रतिभा हुन्छ”, उहाँ भन्नुहुन्छ, “तर सानै उमेरमा विवाह गरिदिएपछि ती प्रतिभा प्रष्टफुटित हुन पाउँदैन । उनीहरुको सपना तुहिन्छ ।” प्रत्येक अभिभावकले आफ्नो छोरीलाई शिक्षा दिए देश परिवर्तन हुन समय नलाग्ने र महिला पनि जागरुक बन्दै जाने उहाँको विश्वास छ ।​

जेवाका आमाबुवाले आफ्ना सबै सन्तानलाई पढाइरहनुभएको छ । जेवाकी माहिली बहिनीले पनि मेडिकलकै तयारी गरिरहनुभएको छ । तीन दिदीबहिनी र दुई दाजुभाइको परिवारमा सबै पढिरहेको उहाँ बताउनुहुन्छ ।

“म चाहन्छु हरेक अभिभावकले आफ्ना छोरीलाई पढाउन् र विश्वास गरुन्” उहाँ भन्नुहुन्छ, “आज मेरो अभिभावकले ममाथि विश्वास नगरेको भए म अगाडि नै बढ्ने थिइनँ, मधेशभित्रको मुस्लिम महिलाको अवस्था त अझै कमजोर छ । विद्यालय जान नपाइने, घरधन्दामै व्यस्त रहनुपर्ने, बाहिर निस्किँदा बुर्का लगाउनुपर्ने क्रम केही घटे पनि मधेसमा तुलनात्मकरूपमा मुस्लिम महिला सामाजिकरूपमा पछाडि नै छन् । अरुले पनि यो कुरा बुझ्नुपर्छ र, छोरीलाई पढाउनुपर्छ ।”

मुस्लिम समुदायबाट जेवाले एमबीबीएस उत्तीर्ण गरेपछि उहाँका छरछिमेक पनि खुशी छन् । छिमेकी अनवर अलीले यो सफलता उहाँको मात्र नभई मुस्लिम समुदायकै पनि भएको बताउनुहुन्छ ।

“जेवाजस्तै सबै महिलाले मेहनत गर्नुपर्छ र अभिभावकले पनि त्यसमा साथ दिनुपर्छ”, उहाँ भन्नुहुन्छ, “यसो गर्न सकिए समाज चाँडो परिवर्तन हुन्छ ।”

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!