वि.सं.२०७८ साल भदौ १९ गते । शनिबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–द्वादशी, बिहान ०६ बजेर २७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– तिष्य, बेलुकी ०५ बजेर १८ मिनेट उप्रान्त अष्लेषा । योग– वरियान, बिहान १० बजेर ११ मिनेट उप्रान्त परिध । करण– तैतिल, बिहान ०६ बजेर २७ मिनेट उप्रान्त गर, बेलुकी ०६ बजेर ४६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कर्कट । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १९ मिनेट । दिनमान ३१ घडी २९ पला ।
मेष – ARIES
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। केही बाध्यात्मक अवसरमा अलमलिनुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
मिथुन – GEMINI
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। तर अवसरका लागि केही जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। तापनि मेहनतले अवसर दिलाउनेछ। कर्मको उचित प्रतिफल पाइने हुँदा राम्रै धन आर्जन हुनेछ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।
सिंह – LEO
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।
तुला – LIBRA
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्।
धनु – SAGITTARIUS
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
कुम्भ – AQUARIUS
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा लिन सकिनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला।
बृष – TAURUS
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा प्रवृत्त भइनेछ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। मिहिनेतले जटिल ठानिएको काम पनि बन्नेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका सन्तानलाई आमाको यादले सताउनेछ।
कर्कट – CANCER
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ।
कन्या – VIRGO
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। सम्भावना देखिए पनि केही समस्याले अल्झाउन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। खर्च लागे पनि यात्राकाे साइत जुर्नेछ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। भौतिक साधनको कमीले काममा विलम्ब हुनेछ।
बृश्चिक – SCORPIO
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिस्थिति अनुकूल देखिए पनि काम गर्न समय लाग्नेछ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर काम थाल्नुहोला। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ।
मकर – CAPRICORN
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। केही उपलब्धिका स्रोत भने पहिल्याउन सकिनेछ।
मीन – PISCES
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर, परोस्थितिवश सामान्य काममा अलमलिनुपर्ला। अवसरवादीहरूले झुक्याउन सक्छन्। तापनि, मिहिनेतले काम बनाउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। पछिका लागि उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ। यसका लागि गोपनीयतामा भने ध्यान पुर्याउनुहोला।
प्रतिक्रिया लेख्नुहोस्:-