बुटवल । बुटवलको राजमार्ग चौराहामा रहेको पसलमा आगलागी भएको छ । प्रहरी तालिम केन्द्र नजिकै रहेको एक क्याप हाउसमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
गएराति किवी मिस्क क्याप हाउसमा भएको आगलागी स्थानीय ५ वटा दमकल सहयोगमा आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवल डीएसपी मदन कुवरले बताए ।
क्याप हाउससहित सैलुन, वर्कसप, जुत्ता पसल र एउटा ट्राभल एजेन्सीको कार्यालयमा क्षती पुगेको हो । क्पाप हाउस पुर्ण क्षति भएपनि अन्यमा सामान्य क्षति भएको छ ।
सर्ट सर्टिकटको कारणले आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । क्षतिको भने विवरण अझै नखुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-