बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भविष्यमा मङ्गल ग्रहमा मानव जीवनको बास !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २२, २०७८ ०९;५१ बिहान प्रकाशित
भविष्यमा मङ्गल ग्रहमा मानव जीवनको बास  !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ– पृथ्वीको मौसम त आश्चर्यलाग्दो छ नै तर मङ्गल ग्रहमा रहेको हिमपात र धुलोको हुरीको तुलनामा पृथ्वीको मौसमी विविधता सामान्य हुन सक्छ । मङ्गलका बारे थुप्रै अध्ययन भएको छ । अझ पत्ता लाग्दै जाने विषय हाम्रा लागि रोचक र आश्चर्यजनक दुवै हुनेछन् । अहिले धेरैलाई रोमाञ्चित र अध्ययन गर्न उत्साहित गरेको विषय मङ्गल ग्रहमा देखिन थालेको हिमपात हो जसले बस्ती बसाल्ने महत्वाकांक्षा बढाइदिएको छ ।

विज्ञानले सौर्य मण्डलका अनेकौँ ग्रहका बारे अध्ययन गर्दै जाँदा नयाँ कुरा पत्ता लगाएको छ । मान्छे कुनै नयाँ स्थानमा पुग्नुभन्दा पहिले त्यहाँको मौसमी अवस्थाबारे जानकारी लिनै पर्छ । अझ मङ्गल ग्रहको नक्सा तयार भएको छ । अब महत्वपूर्ण स्रोतहरूको जानकारी लिनु आवश्यक हुन्छ । मङ्गलमा पग्लिरहेको बरफ र हिउँ त जरुरी विषय हुने नै भयो ।

पृथ्वी, मङ्गल ग्रह र शनिको उपग्रह टिटानका बारे धेरै मिल्दा विशेषताहरू पाइएका छन् । याले विश्वविद्यालयमा विज्ञान र मानविकी संकायमा पृथ्वी तथा ग्रह विज्ञानका पोस्ट डक्टरल रिसर्चर जे माइकल बालाटियोले यो अध्ययनको नेतृत्व गरिरहेका छन् । उनले बताएअनुसार अबको एक दशकमा मङ्गल ग्रहको पनि पृथ्वीको जस्तै केही दिनको मौसम पूर्वानुमान गर्न सकिनेछ । यो पूर्वानुमान एकदमै सही हुने उनको दाबी छ । अवलोकन गरिएका डाटा सेट अझ बढी राम्ररी समन्वय गर्दै यसलाई भरपर्दो मोडलमा लैजान बाँकी रहेको उनले बताएका छन् । त्यो समयसम्म मौसम र जलवायुमा अन्तर्निहित धेरै कुराहरूको आधारमा मानिसले त्यहाँको धुलोको हुरीबारे अनुमान गर्न सक्नेछ ।

वैज्ञानिकहरूले पत्ता लगाएको तथ्य के हो भने पृथ्वीका धेरै कुराहरू एनुलर मोडमा रहेका छन् । धेरै ग्रहहरूको सम्बन्धको कारण मौसममा प्रभाव पर्न सक्छ । पृथ्वीको मौसम परिवर्तनको मोड भने मङ्गल र टिटानसँग मिल्दो छ । पृथ्वीको वायुमण्डलीय बहाव, मौसममा आउने परिवर्तन, तिनीहरूले ‘जेट स्ट्रिम’ मा पार्ने प्रभाव, बादलको बनावट र संसारभरि हुने वर्षाको स्वरूप एनुलर मोडमा हुने गरेका छन् । यही शैलीको मौसम मङ्गल र टिटानमा हुने अनुमान गरिएको हो । मङ्गल ग्रहमा हुने हावासहितको हुरीको यो बहावलाई बालाटियोले पृथ्वीको समुद्री किनारमा हुने बहाव जस्तै पाएका छन् । उस्तै खाले करेन्ट यी दुवै हुरीमा रहने गरेको छ । उनले १५ वर्ष मङ्गलको अध्ययन गरेपछि पृथ्वी र मङ्गलको एनुलर मोड उस्तै रहन सक्ने पत्ता लगाएका हुन् ।

बालाटियोेका ल्याब सुपरभाइजर तथा एलेका पृथ्वी तथा ग्रह विज्ञानका सहायक प्राध्यापक हुवाँ लाउराले पनि टिटानका लागि एउटा जलवायु मोडल बनाएका छन् । यसैका आधारमा उनी शनिको मौसम पनि अध्ययन गर्ने योजनामा छन् । यी दुवै वैज्ञानिकले नयाँ रहस्य के पनि पत्ता लगाए भने यो एनुलर मोड पृथ्वीमा भन्दा अन्य ग्रहमा अझ प्रभावकारी ढङ्गले चल्ने गरेको छ । मङ्गलमा आधाभन्दा बढी हावाको बहाव र टाइटनका दुई तिहाई हावाको बहाव एनुलर मोडमा रहेका छन् । उनीहरूको यो निष्कर्ष गत साता नेचर एस्ट्रोनोमीको जर्नलमा प्रकाशित भएको थियो ।

लाउराले यसअघि दिएको जानकारीअनुसार टिटानमा मिथेन वर्षा र मिथेन बादलको बारे धेरै अघिदेखि अध्ययन भइरहेको हो । यसै एनुलर मोडको टिटानको जेट स्ट्रिममा समेत प्रभाव पर्न सक्छ । यसैको आधारमा वैज्ञानिकले अर्को ग्रहमा पनि एनुलर मोड पत्ता लगाउन सक्नेछन् । बाटालियोको अर्को कथन के हो भने यिनीहरू एनुलर मोड फरक रहे पनि सौर्य मण्डलमा यो मोड सर्वव्यापी हुन सक्छ । यसै मोडले धुलोसहितको हुरी पनि तयार भएको अनुमान गरिएको छ ।

हालसम्म गरिएका यी सबै अध्ययन मिसनको सुरक्षाका लागि एकदमै लाभदायक साबित हुनेछन् । सौर्य मण्डलमा जाने या अन्तरिक्षसम्म पुग्ने कुरामा कति जोखिम हुन सक्छ भन्ने कुरा यस अध्ययनले पत्ता लगाउन सक्नेछ । त्योभन्दा बढी कुनै ग्रहको सतहमा पुग्दा कति जोखिम हुन सक्छ र जोखिमका कारण के के हुन सक्छन् भन्ने निष्कर्ष निकाल्न अझ बालाटियोले भने जस्तै एक दशक त पर्खनै पर्नेछ । मङ्गलमा धुलो र हुरीका कारण कहिलेकाहीँ दिउँसै पनि रातजस्तो अन्धकार हुन्छ, केही पनि देखिँदैन । यो कुन समयमा बढी हुन्छ भनेर पूर्वानुमान लगाउने अवस्था नभएसम्म मानिसले त्यहाँ पाइला टेक्नु धेरै जोखिम हुन सक्नेछ ।

यस्तो हुरी आवधिक रूपमा हुने गरेको छ । कुनै समय यसरी धूलो उड्दैन तर त्यो धुलो उड्ने र नउड्ने समय कुन कुन हो भनेर पत्ता लगाउन चाहिँ विज्ञानका लागि अत्यन्त चुनौतीपूर्ण मानिएको छ । धुलोकै कारण यसअघि रोर्बट सम्बन्धी एक मिसन रोकिएको थियो । पहिलो पटक २००४ मा रोबट मङ्गलमा पुगेको थियो । यसले केही डाटाहरू पठाए पनि यसलाई व्यवस्थित गराउँदै अझ धेरै र परिष्कृत डाटा संकलन गर्ने अर्को योजना बनेको थियो ।

यो भयानक धुले हुरीले २०१९ को हर्को मिसनलाई अवरोध गर्‍यो । अहिले यसरी धुलो उड्ने क्रम रोकिएको छ । अझ भनौँ, सामान्य उड्ने गरेको छ । मङ्गलका केही फोटोहरूमा मारिएन ध्रुवमा हिउँ परेको पाइएको छ । हुन त यो रातो ग्रहमा हिउँ परिरहेको तस्बिर लिनु अत्यन्त कठिन काम थियो । परन्तु २००८ को नासाको ‘फोनिक्स ल्यान्डर’ ले ध्रुवमा हिउँ परिरहेको फोटो लिएको थियो । रातको समयमा त्यहाँ हिउँ परेको तस्बिर ल्यान्डरले लिएको हो । यही ल्यान्डर र ‘मार्स रिक्वेनाइसेन्स अर्बिटर’ को डाटा प्रयोग गर्दै एरिजोना स्टेट युनिभर्सिटीका डक्टर विद्यार्थी आदित्य खुलार र उनका साथीहरूको समूहले त्यो हिउँ केही फरक खालको भएको तथ्य सार्वजनिक गरेको थियो ।

हिउँ परिरहँदा धुलोको कण पनि मिसिने गरेको छ । पृथ्वीमा रहेको भन्दा त्यहाँको हिउँ धेरै फोहोर हुने गरेको छ । हिउँलाई पनि धुलोले ढाक्ने गरेको छ । यो धुलोको कारण मङ्गलमा भेटिने हिउँ र बरफ पृथ्वीको भन्दा फरक रङ्गको हुने गरेको छ । गत १८ अगस्टमा ‘अमेरिकन जियो फिजिकल युनियन’ को ‘जियो फिजिकल रिसर्च प्लानेट’ मा प्रकाशित जर्नलमा यी तथ्यहरू समेटिएका छन् । यी अध्ययनसँगै एउटा रोचक उपाय पनि निस्किएको छ । त्यो धुलाले नै हिउँ या बरफको तापक्रम बढाएको छ र यसै कारण यो पग्लिरहेको छ भन्ने अनुमान बलियो ठानिएको छ । यसै सतहमा चिसोमा पनि बाँच्न सक्ने केही जीवाणु हुन सक्ने अनुमान पनि गरिएको छ ।

यो गाढा रङ्गको हिउँ र बरफ केही सेन्टिमिटर पग्लिएको पनि खुलरको निष्कर्ष छ । यसरी पग्लिएपछि पानी भएको त्यही पदार्थ वाष्पीकरण हुँदै फेरि वायु मण्डलमा पुगेर बादल हुनसक्ने उनले जनाएका छन् । यो बरफ पुग्ने क्रमका बारे खुलरको अध्ययन अझै जारी छ । यो नै मङ्गलको जलवायु इतिहासमा एउटा कोशेढुङ्गा पनि साबित हुन सक्नेछ । धेरै वैज्ञानिकहरू यसको इतिहास खोज्न पनि त्यतिकै तल्लीन छन् । बरफ र हिउँ जम्ने विभिन्न चरण या युग नै यो ग्रहले पार गरेको उनीहरुको निष्कर्ष छ ।

खुलरको योभन्दा पुरानो अध्ययनले मङ्गलको बीच अक्षांशमा धुलोसहितको बरफ पग्लेकाले भूमध्यको मध्यसम्म खोल्सा र खोला पनि हुन सक्ने कुरा पत्ता लगाएको थियो । यदि हिउँ र बरफ साँच्चै पग्लिरहेको भए पानीले बाटो लिएको हुन सक्छ । गृष्म ऋतुमा मङ्गलमा पानी पर्ने सम्भावनाका बारे पनि विज्ञानले थप अध्ययन गर्दैछ । मङ्गलका बारे अध्ययन त भइरहनेछ तथापि एक दशकको बीचमा त्यहाँको मौसम पूर्वानुमान गर्न सहज हुने र यसपछि मानिसको बसोबासका बारे पनि अध्ययन हुने अपेक्षा छ । यो समाचार खबरहब मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!