बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हाम्रो समाजमा प्रेम बिवाहको बाटो किन यति अप्ठ्यारो ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २४, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
हाम्रो समाजमा प्रेम बिवाहको बाटो किन यति अप्ठ्यारो ?

Child marriage. Illustration: Ratna Sagar Shrestha

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ | यतिबेला संसार विज्ञान प्रविधिको युगमा छ । सारा मानव समुदाय यसकै वरिपरि छन् । विज्ञानको नयाँ नयाँ आविष्कारद्वारा निर्मित/सिर्जित सबै कुरामाथि मान्छे आत्मनिर्भर छन् । विज्ञान प्रविधिकै भरमा मानिसको जीवन अडेको छ । सारा धर्म, संस्कार र संस्कृति समेत विस्तारै विज्ञान प्रविधिमा आधारित हुन थालेका छन् । तर हजारौं वर्षदेखि दिमागी रोग बनेको जात व्यवस्थामा मानिसले विज्ञानको प्रवेशलाई निषेध गरेको छ । जात व्यवस्थाले सिङ्गो मानव समुदायलाई नै कलंकित बनाएको छ । यसको सबैभन्दा ठूलो मारमा परेका छ- युवाहरूको अन्तरजातीय प्रेमविवाह । क्रस विवाह अर्थात् अन्तरजातीय विवाहलाई विज्ञानले स्वीकारेको छ तर समाजले अझै पनि स्वीकार्न सकेको छैन ।

केही दिन अगाडि सप्तरीमा एकजना मधेशी बाहुन युवासँग भागी प्रेमविवाह गरेकी ज्योति पासवानलाई श्रीमानले होटलमा छोडेर फरार भएपछि उनले आत्महत्याको बाटो रोजिन् । बुटवलमा एकजना परियार थरकी युवतीले बाहुन युवकसँग मन्दिरमा प्रेमविवाह गरिन् । युवकले युवतीको गर्भपतन समेत गराएको थियो । पछि जातको कारण अस्वीकार गरेपछि युवतीले झुन्डिएर आत्महत्या गरिन् । धनुषामा एकजना मण्डल थरकी दलित युवतीलाई गैरदलित युवकले बच्चा जन्माएर फरार भएपछि उनको बिचल्ली छ । महोत्तरीमा एकजना मुसहर थरकी दलित युवतीलाई गैरदलित युवकले प्रेमविवाह गरेको केही महीनापछि एउटा गोठमा उनलाई बेवारिसे छोडेर फरार भएपछि उनी विजोग र विचलित अवस्थामा बाँचिरहेकी छिन् ।

पाँचथरको रानीगाउँबाट झापाको दमकमा बस्दै आएका अन्तरजातीय जोडी छविलाल विश्वकर्मा र सीता ढुङ्गानाबीचको प्रेमविवाहको दुई दशक भएको छ । २१ वर्षको छोरा छ । छोरा सानो छँदा मामा घरको कुरा गर्थे तर अहिले आमाबुबाको कहानी थाहा पाएपछि कुरा गर्दैनन् । तर आमाबुबाको नियति भने उस्तै छ । दलितसँग विवाह गरेपछि माइती पक्षले छोरी मरिन् भनेर गाउँमा पूजापाठ, भोजभतेर र गाई दान गरेर चोखिए । सीताको बुवाको मृत्यु भएपछि पनि उनलाई बोलाएनन् । उनले आफ्नै घरमा फोटो राखेर बुवाको किरिया गरिन् । एक वर्ष अगाडि अन्तरजातीय प्रेमकै कारण रुकुमको चौरजहारीमा नवराज विकसहित ६ जनालाई निर्मम तरिकाले हत्या गरी भेरी नदीमा शवसँगै मानवीय संवेदना बगाइदिए । अन्तरजातीय प्रेम गरेकै कारण हत्या भएको काभ्रेका अजित मिजारको अस्थिपन्जर अझै पनि शिक्षण अस्पतालमै छ ।

गुल्मीका राजु बस्नेतले एकजना दलित युवतीसँग प्रेम विवाह गरेका थिए । समाजले उनीहरूलाई कहिल्यै स्वीकारेन । मानसिक तनावले राजुले आफ्नो श्रीमती र उनीबाट जन्मेको सन्तानलाई छोडेपछि बच्चा र आमाको अवस्था अहिले पनि विजोग छ । झापाकी अस्मिता सार्कीको पनि अन्तरजातीय प्रेम विवाह सफल हुन सकेन । तनहुँकी संगीता परियारको पनि अन्तरजातीय प्रेमविवाहलाई समाजले स्वीकारेन । दैलेखका सेते दमाईका छोरो सन्तबहादुर दमाई र राजकुमारी शाही बीचको अन्तरजातीय प्रेमविवाहकै कारण हत्या भयो ।

रूपन्देहीकी अंगिरा पासीले गैरदलित युवकसँग हिमचिम गरेको विषयलाई लिएर समाजले उनै युवकलाई जिम्मा लगाएपछि उनी झुन्डिएर आत्महत्या गरिन् । भोजपुरको संगम ठटाल परियारले श्रेष्ठ युवतीसँग भागी प्रेमविवाह गरेका थिए । प्रहरी र जनप्रतिनिधिहरूको रोहबरमा उनीहरूलाई छुटाएपछि संगमले आत्महत्या गरेका थिए । २०६९ मा धादिङको एक दलित युवकले सुवेदी थरकी युवतीसँग प्रेम गरेको निहुँमा गैरदलित समुदायले दलित बस्ती नै विस्थापन हुनुपर्ने गरी आक्रमण गरेको घटना ताजै छ ।

दिनप्रतिदिन यस्ता थुप्रै घटना घटिरहेका छन् । जसको तथ्याङ्क खोतल्ने हो भने लामै हुन्छ । तर राज्यलाई भने कुनै प्रवाह छैन । सरकारसँग कुनै ठोस तथ्याङ्क छैन । यस्ता घटनाहरू घट्नुको मुख्य कारण समाजमा रहेको जात व्यवस्था नै हो । यो आलेखमा १४ वटा घटना समेटिएको छ । तर सबै घटनाको सारवस्तु एउटै हो- जात व्यवस्थाले गिजोलिएको सामाजिक विकृतिको पराकाष्ठा । यसलाई अहिलेको विकसित विज्ञान प्रविधिको युगले निषेध गरेको छ । तर हाम्रो मस्तिष्कलाई रोगी बनाएको परम्परागत विकृतिपूर्ण र अमानवीय सोच, चिन्तन र प्रवृत्तिलाई भने पछिल्ला उन्नत ज्ञान र विज्ञानले निषेध गर्न सकिरहेको छैन । त्यसैले यस्ता दानवरुपी घटनाहरू मानवकै हातबाट घटिरहेको अवस्था छ ।

अन्तरजातीय प्रेम जोडीहरूले मानव समाजलाई जोड्न साहसपूर्वक अगाडि बढेका देखिन्छन् । हामी मानिसबीच केही फरक छैन, हामी एउटै हो भनेर सन्देश दिइरहेका छन् । तर उनीहरूलाई साथदिने शक्ति समाजमा नहुँदा विछोडमा फस्ने कि त हिंसामा गएर टुंगिरहेको अवस्था छ ।

अन्तरजातीय प्रेम जोडीहरूले मानव समाजलाई जोड्न साहसपूर्वक अगाडि बढेका देखिन्छन् । हामी मानिसबीच केही फरक छैन, हामी एउटै हो भनेर सन्देश दिइरहेका छन् । तर उनीहरूलाई साथदिने शक्ति समाजमा नहुँदा विछोडमा फस्ने कि त हिंसामा गएर टुंगिरहेको अवस्था छ ।
मुलुकमा जातीय विभेद विरुद्धको कानून पटकपटक बन्यो तर, व्यवहारमा भने शून्यताको अवस्था छ । २०२० को मुलुकी ऐनको महल १० मा कसैले जात र धर्मको आधारमा, वर्ण र वर्गको आधारमा कुनै किसिमको छुवाछूत वा भेदभाव गरेमा तीन महीनादेखि तीन वर्षसम्म कैद, १ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना अर्थात् दुवै सजाय हुने व्यवस्था छ ।

२०५८ मा राष्ट्रिय दलित आयोगको गठनपछि ऐनमा थप परिमार्जन भयो । २०६३ को अन्तरिम संविधानमा पनि जातीय छुवाछूत तथा विभेद विरुद्धको हकको व्यवस्था थियो । २०७२ को संविधानको धारा २४, ४० र ४२ मा जातीय छुवाछूत तथा विभेद विरुद्धमा अधिकारको व्यवस्था गरेको छ । २०७४ को मुलुकी ऐनको दफा १६६ मा जातका आधारमा गरिने छुवाछूतलाई पूर्णरूपमा बन्देज गरेको छ । यदि यस्तो कसुर गरे वा गराएमा तीन वर्ष कैद, ३० हजार रुपैयाँ वा दुवै सजायको व्यवस्था छ । २०६६/६७ मा सरकारले दलितसँग विवाह गर्नेलाई एक लाख प्रोत्साहन रकमको व्यवस्था गरेको थियो । तीन वर्ष यो कार्यक्रम चल्यो । दुई सय बीस जोडीले अनुदान पनि पाए । तर केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सुनियोजित रूपमा अनुदानको बजेट कटाएर कार्यक्रम बन्द गरियो ।

अहिले जति पनि घटनाहरू घटिरहेका छन् सबै घटनामा न्याय दिलाउने सवालमा कुनै न कुनै रूपमा राजनीतिक दलका नेता-कार्यकर्ता र प्रशासनले ठूलो धोका दिइरहेका छन् । कानून व्यवसायीदेखि बिचौलियाहरूले बिजनेस कम्प्लेक्समा लगेर मानवीय संवेदनाको व्यापार गरिरहेका छन् । परिमाणतः यस्ता घटनाहरू बढिरहेका छन् । दलित र गैरदलितबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई समाज र परिवारले अझै पनि मानवीय नजरले हेर्न सकिरहेको छैन । इज्जत प्रतिष्ठा जाने नजरले हेरेकै कारण पनि यसखाले घटनाहरूमा कमी आउन नसकेको हो । समाजमा संघर्ष गरेर बाँचिरहेका यस्ता थुप्रै जोडी छन् जसको सम्बन्ध बलियो छ तर सामाजिक स्वीकार्यता कमजोर छ । यसले उनीहरूको सम्बन्धलाई पलपल चुनौती दिइरहेको छ । उनीहरू विभेद, उत्पीडन र अपमानित भएर तनावमा बाँचिरहेका छन् ।

तनाव सम्बन्ध भत्किने अवस्थासम्म पुग्छ त कहिले ज्यानै जाने अवस्थासम्म । सम्बन्ध भत्काउन न उमेरले छेक्छ न त उनीहरूबाट जन्मिएका सन्तानले । जोडीहरू त्रासपूर्ण जिन्दगी बाँच्न मजबुर छन् रातदिन । कतिखेर के हुने हो कुनै ठेगान छैन । दलित र गैरदलितबीचको प्रेम विवाहलाई समाजले परिवर्तनको लागि विद्रोहको नजरले देख्नुभन्दा सामाजिक विकृतिको रूपमा लिन्छन् । दलित र गैरदलितबीच समाजमा देखिएको अमानवीय खाडललाई पुर्ने युवाहरूको यो वास्तवमै ठूलो मौन विद्रोह हो । तर यसको संरक्षण छैन । नयाँ युवा पुस्ताले समाजलाई सम्मानरूपमा जोड्न उनीहरूले प्रेमविवाहलाई प्रमुख अस्त्रको रूपमा लिएका छन् ।

युवा पुस्ताको घटनाक्रमले नयाँ युगको बोध र खोज गरिरहेको अवस्था छ भने अर्कोतिर त्यसलाई दबाउन अझै पनि समाजको पुरानो सामाजिक परम्परागत सोच, चिन्तन र प्रवृत्तिले ठूलो भूमिका निर्वाह गरिरहेको अवस्था छ । जो युगसापेक्ष र विज्ञानसम्मत छैन । यसरी समाजले विज्ञानको हरेक उत्पादन र विषयलाई प्रयोग गर्ने हो भने मानवीय र समतामूलक समाज निर्माण गर्न अन्तरजातीय प्रेमविवाहलाई किन नस्वीकार्ने ? समाजले विद्रोहलाई किन स्वीकार्न सकेको छैन ? यसमा राजनीतिक दल, सामाजिक अभियन्ता र राज्यको सकारात्मक भूमिका हुन जरुरी छ ।

मानिसको सबैभन्दा ठूलो रोग निषेधको निषेध हो, एसेप्ट होइन । जो मानव समाजको विकासलाई ठूलो बाधा गरिरहेको छ । जसले परिवर्तनलाई गहिरो रूपमा आत्मसात् गरेको छ त्यहाँ निषेध इतिहासको रूपमा मात्र छन्, परिवर्तनको रूपमा होइन । परिवर्तनको रूपमा युगको वस्तुगत आवश्यकता छ । कृषि, पशुपक्षी लगायत क्षेत्रमा विज्ञानको फ्युजन गरेर मानिसले आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भने मानवीय समाजको विरासतलाई हल गर्न विज्ञानको आधारशिलाको रूपमा रहेको अन्तरजातीय विवाहलाई विकृतिको रूपमा किन लिने ? मानवीय फ्युजन किन नगर्ने ?

यसर्थ मानवीय समाज निर्माण कार्यमा अन्तरजातीय विवाह जस्तो कार्यलाई समाजले पक्षपोषण गर्न जरुरी छ । जसले मात्र समाजको समृद्धिपथलाई सार्थकता दिन सक्छ । समाजवादको सपनालाई पूरा गर्न सक्छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!