बैदेशिक पोष्ट
२०८३ बैशाख १९, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पुस्तौँदेखि सुकुम्बासी बसेको जमिन भूमाफियाको कब्जामा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २४, २०७८ २१;३५ मध्यान्ह प्रकाशित
पुस्तौँदेखि सुकुम्बासी बसेको जमिन भूमाफियाको कब्जामा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बर्दिबास: ६२ वर्षीया सावित्री सदा (मुसहर) महोत्तरी भंगहा ४ थारुटोलमा बस्न थालेको चार पुस्ता भइसक्यो। हजुरबुबाको पालादेखि नै थातथलो बनेको यस ठाउँमा सावित्रीका पनि सन्तान फैलिए । तर बस्न थालेको ६७ वर्षपछि सावित्रीसँगै अरु दर्जनौँ सुकुम्बासी परिवारलाई भूमाफियाहरुले थातथलो छाड्न दबाब दिइरहेका छन् । ‘मेरो बुबा, हजुरबुबा सबै यहीँ बित्नुभयो । हामीले थाहा पाएदेखि नै यहीँ बसोबास गरिरहेका छौँ । हामीले भोग गर्दैआएको जग्गा अहिले आएर अरुले पास गराइसकेको रहेछ । अहिले हामीलाई यहाँबाट भाग भनेर धम्की दिन थालिएको छ। लालपुर्जा देखाएर हामीलाई उठिबास गराउँदैछन् । अब हामी कँहा जाने ? हामी त घर न घाटको हुन्छौँ नि,’ थारुटोलकी सावित्रीले भनिन् ।

थारुटोलकै वीरबहादुर सिंह थारुले गाउँमा २०११ सालेदेखि बसोबास गर्दै आए पनि अहिलेसम्म गाउँका कसैलै लालपुर्जा नपाएको गुनासो गरे । तर पछिल्लो समय अन्यत्रबाट अपरिचितहरु आएर धमाधम जग्गाको लालपुर्जा देखाउँदै बस्ती छाड्न धम्की दिन थालेको थारुको गुनासो छ । ‘जसको तीन पुस्ता यही गाउँमै बित्यो । तिनिहरुले लालपूर्जा पाएनन् । काठमाडौं, खयरमारा, जलेश्वरलगायत अन्यत्रबाट आएका अपरिचित व्यक्तिहरुले लालपुर्जा देखाउँदै जग्गा छोड्न धम्की दिँदैछन् । यदी यो जग्गा हाम्रो हैन भने उनीहरुको नाममा कसरी भयो ? हामी त यहीँ भोगचलन गर्दैआएको पुस्तौँ भयो । तर अचानक कसरी उनीहरुको नाममा भयो ?’ वीरबहादुर सिंह थारुले सोधे ।

थारुका अनुसार यो जग्गा सुकुमबासीको नाममा हुकुमबासीले हडपेको भन्दै यहाँका स्थानीयहरु सर्वोच्च अदालत समेत जाने तयारी गरेका छन् । उनीहरुले ती सबैको लालपुर्जा खारेजीको माग गर्दै आफूहरुको नाममा हुनुपर्ने दावी समेत गरेका छन् । बर्दिवास नगरपालिका ९ पशुपतिनगरका रामबाबु महतो पनि यस्तै पीडितमध्ये एक सुकुम्बासी हुन् ।आफूले सदियौँदेखि भोग गर्दैआएको जग्गामा घर बनाउन लाग्दा अरुले नै लालपूर्जा देखाउँदै घर नबनाउन धम्की नै आएको गुनासो गर्छन् । एक साताअघि मात्रै गाउँकै रामभजन र जगदिश साहुले घरमै आएर लालपुर्जा देखाउँदै जग्गा आफ्नो भएको दावी गरेको उनले दुखेसो पोखे । ‘हामीलाई न्याय चाहियो । आफ्नो जग्गाको लालपुर्जा हामीले पाउनुपर्छ,’ महतोले भने ।

पछिल्लो समय सरकारी जग्गाको लालपुर्जा बोकेर भूमाफियाहरु सुकुम्बासी बस्तीमा छिर्न थालेपछि भंगहा र पशुपतिनगरका पीडित सुकुम्बासीहरुले हालै पत्रकार सम्मेलन गरी आफ्नो समस्या सार्वजनिक गरेका थिए । महोत्तरीको बर्दिबासमा गरिएको पत्रकार सम्मेलनमा सहभागी दर्जनौँ पीडितको समस्या सबैको उस्तै थियो । आफ्ना समस्या कसैले नसुनेपछि न्यायका लागि उनीहरुले पत्रकारको साथ खोजेको बताए ।राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल महोत्तरीका अनुसार बर्दिबास नगरपालिका ९ पशुपतिनगर र भंगहा नगरपालिका ४ थारुटोल बनरा गरी यहाँ जम्मा ९३ परिवार भूमाफियाबाट पीडित छन् । पत्रकार सम्मेलनको क्रममा मञ्चका सचिव राजकुमार बस्नेतले देशमा भूमिसँग जोडेर राजनीति सुरु भएको बताएका थिए ।

‘सुकुम्बासीको जग्गा हडप्ने भूमाफिया गुण्डाहरुले जग्गा फिर्ता नगरे गाउँमै घेराबन्दी गरेर हामी कालोमोसो दल्छौँ’ नेकपा एमाले बर्दिबास नगर कमिटीका सचिव देवनारायण महतोले भने, ‘बर्दिबास मालपोत कार्यालयका उच्च कर्मचारीहरु पनि भूमाफियाको गिरोहसँग मिलेर गरिब सुकुम्बासीको जग्गा व्यक्तिको नाममा पास गराउँदैछन् । यो हामीलाई मान्य छैन । सरकारले यसको छानविन गर्नुपर्छ ।’

नेपाल भूमीहिन संगठनका केन्द्रीय उपाध्यक्ष गुञ्ज बहादुर खड्काले भूमिहिन सुकुमबासीका हरेक आन्दोलन र संघर्षमा आफ्नो संगठनको साथ सहयोग रहने प्रतिबद्धता जनाए। राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला मञ्च महोत्तरी अध्यक्ष सावित्री बलम्पाकी भन्छिन् ‘भूमाफियाहरुले जनप्रतिनिधिसँगकै मिलोमतोमा सुकुम्बासीको उठीबास गराइरहेको छ। यसलाई सरकारले तत्काल कानूनी दायरामा ल्याउनुपर्छ । यो जमिनमा सदियौँदेखि भोगचलन गर्दैआएका सुकुम्बासीकै अधिकार छ।’ २०५४ सालमा सुकुम्बासी समस्या समाधान आयोग गठन गरिएको थियो । महोत्तरीमा पनि देवनारायण महतोको अध्यक्षतामा आयोग गठन गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!