बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इन्टरलक इँटाले बनाउँछ भूकम्पीय प्रतिरोधात्मक र वातावरणमैत्री भवन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २५, २०७८ ११;१८ बिहान प्रकाशित
इन्टरलक इँटाले बनाउँछ भूकम्पीय प्रतिरोधात्मक र वातावरणमैत्री भवन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । नेपालमा ०७२ को भूकम्पले पु¥याएको मानवीय क्षति र भौतिक संरचनाको आँकडाले अहिलेसम्म जोकसैलाई झस्काउने गरेको छ । भूकम्प आउनुअघि विज्ञहरूको चेतावनीलाई गहन रूपमा लिएर सुरक्षित आवास निर्माणमा ध्यान दिन सकेको भए यति धेरै क्षति बेहोर्नुपर्ने थिएन । भूकम्पीय क्षतिपछि पुनर्निर्माणसँगै भूकम्पीय प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी विस्तृत अध्ययन सुरु भए ।

विभिन्न विज्ञहरूको खोज अनुसन्धानबाट प्रथमतः ढुंगा र माटोबाट भूकम्पीय प्रतिरोधात्मक भवन निर्माण विधि बन्यो र सोहीअनुसार भवन निर्माण भए, गरिँदै छन् । त्यसका अलावा विभिन्न स्वतन्त्र अध्ययनबाट एएसी ब्लक, इन्टरलक इँटा, फेब्रिकेटेडलगायतबाट सुरक्षित भवन निर्माण गर्न सकिने प्रविधि र सामग्री उपलब्ध हुन थालिसकेका छन् । भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि इन्टरलक इँटाको महत्वबारे जानी राखौं ।

सस्तो, टिकाउ, सुलभ, बलियो र छोटो समयमै भूकम्प प्रतिरोधात्मक भवन निर्माण सबैको चाहना हुने गर्छ । यसलाई केही हदसम्म पूरा गरिदिएको छ, विल्ड अप नेपालले । रातो इँटा उपलब्ध नहुने स्थानमा समेत इन्टरलक इँटा उत्पादन गर्न सकिन्छ । उद्योग सञ्चालन गर्न चाहनेलाई चार दिने तालिम र मेसिन उपलब्ध गराएर उद्यमी बन्न सहयोग पु¥याएको छ । सामान्य इँटाजस्तोे पोल्न नपर्ने भएकाले यसलाई वातावरणमैत्री मानिन्छ । यो माटो, बालुवा र सिमेन्टको प्रयोग गरेर निर्माण गरिन्छ, जसले इन्सुलेसनको कार्य गर्दछ । माटोमा तातो र चिसो सोस्ने गुण हुने भएकाले गर्मी र चिसोबाट सुरक्षित राख्न सहयोग पु¥याउँछ । सरकारले तोकेको इँटाको मापदण्ड ३.५ एमपिए (मेगापासकल) हो जबकि यसको मापदण्ड १५ एमपिएसम्म छ । यो इँटाको प्रमुख विशेषता भनेकै कम खर्चमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण हो । अन्य इँटाभन्दा यो इँटाबाट २५ प्रतिशत कम खर्चमा भवन निर्माण गर्न सकिन्छ । सिमेन्ट र बालुवाको मात्रा प्रयोग कम हुनु र इँटाको फिनिसिङ राम्रो भएका कारण प्लास्टर गर्नुपर्ने झन्झट पनि हुँदैन ।

यस्तो इँटा साइज ९ इन्च र ६ इन्चको साइजमा उपलब्ध हुने गरेको छ । साइज ठूलो र वाल निर्माण गर्न सजिलो भएका कारण अन्य इँटामा भन्दा कम मजदुरको प्रयोगबाट भवन निर्माण गर्न सकिन्छ । यस इँटाबाट कम खर्चमा भवन निर्माण हुनुमा सिमेन्टको कम प्रयोग, प्लास्टर गर्नु नपर्ने र कम कामदारको प्रयोग गरे हुनु रहेको छ ।

इन्टरलक इँटा भूकम्प प्रतिरोधात्मक हुनुको प्रमुख कारणमा पहिलो, यसको बनाबट नै दुई वटा इँटा एकापसमा जोड्न मिल्ने गरी बनाइएको हुन्छ । दोस्रो, इँटाको बीचमा दुई वटा प्वाल राखिएको हुन्छ, जसको प्वालमा डण्डी राखिन्छ । सो प्वालमा सिमेन्टको घोल राखिन्छ, जसले गर्दा इँटालाई बाँधेर राख्ने काम गर्दछ र वाल बलियो बनाउँछ । यसले गर्दा वाल हल्लिन पाउँदैन र भूकम्पले क्षति पुर्‍याउन सक्दैन ।

के हो इन्टरलक इँटा ?
इन्टरलक इँटा दुई किसिमले उत्पादन हुने गरेको छ । पहिलो, माटो, सिमेन्ट र बालुवाको मिक्सबाट बनाउने गरिन्छ । अर्को, धुलो र सिमेन्टको मिक्सबाट बनाउने गरिन्छ । यो धुलो गिटी बनाउने क्रसर उद्योगबाट आउने धुलो प्रयोग गरिन्छ । तर, नेपालमा विशेषगरी माटो, सिमेन्ट र बालुवाको प्रयोगबाटै इँटा बनाउने गरिएको छ । यो रातो इँटाजस्तो पोल्नुपर्दैन । बालुवा, सिमेन्ट र माटोको मिश्रणलाई मेसिनमा राखिन्छ र बिजुलीको करेन्ट हिटिङमार्फत पकाउने कार्य हुन्छ । सो इँटालाई प्रेस गरेर मेसिनबाट बाहिर निकालिन्छ । बाहिर निकालेको २४ दिनसम्म छायामा राखिन्छ र २१ दिनसम्म क्युरिङ गरिन्छ । त्यसपछि मात्र प्रयोग गर्न उपयुक्त मानिन्छ । यसको विशेषता भनेको स्थानीय क्षेत्रमै उत्पादन गर्न सकिन्छ । बिल्ड अप नेपालका अधिकारी इन्द्रका अनुसार बालुवायुक्त खस्रो माटोमा यो इँटा बनाउन सकिन्छ । चिम्टाइलो र बढी लेसिलोयुक्त माटोमा बनाउन मिल्दैन । त्यसैले खस्रो माटो भएको स्थानमा जहाँ पनि उत्पादन गर्न सकिने भएकाले स्थानीय रूपमा समेत उत्पादन गर्न सकिन्छ । त्यसकारण पनि यो इँटा नेपालको धेरै जिल्लामा उत्पादन भइरहेको छ । यसको उद्योग सञ्चालन गर्न अन्य उद्योगजस्तो ठूलो क्षेत्र नचाहिने, एक–दुई जनाले नै मेसिन सञ्चालन गरेर उत्पादन गर्न सकिने भएकाले पनि यसको उत्पादन लागत अन्य इँटाको तुलनामा कम हुन्छ ।

दुर्गम क्षेत्रमा समेत उत्पादन गर्न सकिने र भूकम्प प्रतिरोधात्मक भएकाले नेपालका लागि यो इँटाको प्रयोग गरेर भवन निर्माण गर्नु बुद्धिमानी हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!