बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हत्यारा पत्ता नलाग्दा स्थानीय त्रसिद, डरले छिमेकीले घर छाडे

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २५, २०७८ १५;२६ मध्यान्ह प्रकाशित
हत्यारा पत्ता नलाग्दा स्थानीय त्रसिद, डरले छिमेकीले घर छाडे
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

खाँदबारी, भदौ २५ गते । सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङका तेजबहादुर कार्की सहित छ जनाको हत्या भएको पाँच दिन बितिसकेको छ । उता स्थानीय बासिन्दा भने घटनाबारे केही निस्कर्ष आउन नसकेपछि त्रसिद बनेका छन् ।
बौदमानका केही छिमेकीहरु डरले घर समेत सर्न थालेको स्थानीय शिक्षक तेजबहादुर बस्नेतले बताउनुहुन्छ । बौदमानका छिमकी घर सरेर उम्लिङ स्कूल नजिकै गएकोे उहाँले जानकारी दिनुभयो । अपराधी पत्ता नलागेसम्म गाउँलेहरुमा डर हुने साँझको समयमा दिसापिसाब गर्न बाहिर निस्कन डराउने उहाँको भनाई छ ।

उहाँले अपराधी चाँडै पत्ता लाग्छन् भन्ने कुरामा आफुसँगै गाउँलेहरुले आशा गरेको बताउनुहुन्छ । तेजबहादुर उम्लिङ स्कुलका शिक्षक हुनुहुन्छ । एकै परिवारका यति ठुलो सङ्ख्यामा हत्या भएपछि डरले बस्न नसक्ने भएर छिमेकीले घर सरेको हुन सक्ने उहाँको बुझाई छ । स्थानीयले एकै परिवारका छ जनाको हत्या योजनावद्ध तरिकाले भएको हुनसक्ने अनुमान गरेका छन् । योजनावद्ध नभएको भए यतिका ठूलो सङ्ख्यामा हत्या हुँदा घटनाथलमा केही साना तथ्य फेला पर्नसक्ने स्थानीयले आशंका गरेका छन् ।

कसरी हत्याभयो भन्ने अझै खुलेन
अनुसन्धानका क्रममा फेला परेको शव र प्रत्येक शवको प्रकृतिलाई नियालेर हेर्दा सवैको टाउकोमा चोट देखिएको भए पनि अझै पनि कुन हतियारको प्रयोग भयो भन्नेमा स्पष्ट रुपमा खुल्न सकेको छैन । धारीलोे हतियार प्रयोग गरी हत्या गरिएको भनिए पनि स्थानीय र प्रत्यक्षदर्शीले धारिलो हतियार नभई ढुङ्गा, चिर्पट हम्मरको प्रयोग गरेर हत्या गरेको हुन सक्ने आंकलन गरेका छन् । तर अहिलेसम्म हत्यामा प्रयोग भएका कुनै बस्तु फेला नपरेकोले घटना झनै रहस्यमय बन्दै गएको स्थानीयले बताएका छन् ।

घटनास्थलमा प्रहरीले निरन्तर अनुसन्धान फराकिलो पारेपनि अहिलेसम्म कुनैपनि तत्थ फेला नपरेको प्रहरीले बताएका छन् । घटना भएको चार दिन वितिसकेको छ । अनुसन्धान निरन्तर अगाडि बढीरहेको छ । निरन्तर अनुसन्धानमा जुटिरहँदा पनि घटना स्थलमा हत्यामा संलग्न भएको कुनै बस्तुहरु फेला नपरेको प्रहरीले बताएको छ । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

ठूलो संख्यामा प्रहरी परिचालन
उक्त रहस्यमय घटना अनुसन्धानको लागि सङ्खुवासभा प्रहरीको टोली, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघिय इकाई प्रहरी कार्यालय धरान र प्रदेश १ प्रहरी प्रमुख डीआइजी अरुणकुमार बीसीको समेतको चार टोलीले घटना अनुसधान अघि बढाउदै अपराधीको खोजी गरिरहेको छ । स्थानीयहरुसँग सोधपुछ गर्दै आएपनि निस्कर्ष भने आउन नसकेको प्रहरी अधिकारी बताउँछन् । घटनास्थलमा ४० भन्दा बढी प्रहरी परिचालन गरिएको जनाइएको छ ।

घटनास्थलमा तालिम प्राप्त कुकुरबाट अनुसन्धन भए पनि निरन्तर वर्षाका कारणले धेरै प्रमाण नष्ट भएकाले हत्यारा पत्ता लाग्न नसकेको प्रहरीको तर्क छ । मादी नगरपालिका वडा न. १ उम्लिङ स्थित खोलागाउँका बौदमान कार्कीको श्रीमती ८४ वर्षिय पार्वता काकी, बुहारी ५२ वर्षिय कमला कार्की र नातीनी बुहारी ३२ वर्षिय रञ्जना कार्की, ११ वर्षिय नाती दिपेन कार्की र ७ वर्षिय नातीनी गोमा कार्की सोमबार एकै दिन मृत अवस्थामा फेला परेको थियो ।उक्त घटना भएको चार दिन वितिसक्दा पनि कुनै तत्थ फेला नपरेको भन्दै स्थानीय र आफन्तले हत्या योजनावद्ध भएको आशंका गरेका हुन् ।

भाग्दाभाग्दै मारिएको आशंका
घटना अनुसन्धानका क्रममा घरभन्दा करिब एक सय मिटर पर सडकको भित्तामा फेला परेको तेजबहादुरको शवको प्रकृति हेर्दा कोखामा रड प्रहार गरेको जस्तो प्वाल देखिएको र भित्ता मास्तिर उहाँको फोन भेटिएकोले भाग्दा भाग्दै मारिएको जस्तो अवस्थामा रहेकोे थियो । त्यस्तै ५२ वर्षीय कमला र ३२ वर्षीय रञ्जना कार्कीको टाउकोमा चोट भएकाले उहाँहरुलाई ढु्ङ्गा र चिर्पट, हम्मर प्रयोग गरि हत्या गरेको हुनसक्ने त्यस्तै ११ वर्षिय दिपेन कार्कीको टाउकोमा चोट देखिएको र ७ वर्षीय गोमा कार्कीको मुन्टो बटारेर मारिएको जस्तो अवस्थामा शव फेला परेको र ८४ वर्षिय पार्वता कार्कीलाई कुँडो पकाउँदा पकाउँदै मारिएको जस्तो अवस्थामा शव फेला परेको प्रत्यक्षदर्शी, स्थानीय, जनप्रतिनिधि लगायत प्रहरीले अनुमान गरेका छन् ।

तेजबहादुर मात्रै नभई सवैलाई लखेट्दै मारेको हुुन सक्ने आशकां गरिएको छ । उक्त दिन तेजबहादुरले धान गोड्ने खेताला बोलाएकाले उनी विहानै घरबाट निस्किएर खेततिर हिँडेकोे हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तेजबहादुरको खुट्टामा गमबुट पनि भेटिएको थियो । हत्यारा खोल्सिमा लुकेर बसेको अवस्थाबाट तेजबहादुरलाई आक्रमण गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको बताइएको छ ।
तेजबहादुरमाथि आक्रमण भएको देखेपछि सवै तेजबहादुरलाई बचाउन जाँदा अन्यको पनि हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । भने छरछिमेकी कसैले पनि चिच्याएको अथवा होहल्ला गरेको नसुनेको स्थानीय बताउँछन् । तर छिमेकीले घटना भएको सोमबार थाहा पाएका थिए ।

घरका सवैजना आईतबार साँझ खाना खाएर सुतेको घटनाबाट बाँच्न सफल बौदमान काकीै बताउनु हुन्छ । विहान उठ्दा घरमा कोहि नभएकोले सवैजना काममा गएहोला सोचे तर उनकी श्रीमती पार्वता कार्की लडिरहेको अवस्थामा देखेको उहाँको भनाइ छ । पार्वतलाई मुर्छा पर्ने विराम रहेकाले बौदमानले त्यहि होला सोचेर ओछ्यानतिरै फर्केको बताउनुहुन्छ । त्यहि वेला भतिजो आइपुगेर पार्वता लाई घरभित्र खाटमा लगेर सुताएको बौदमानले बताउनुभयो । तर उहाँले घटना कति वेला भयोयो केहि थाहा नभएको बताउँनुहुन्छ। बौदमान आखाँ नदेख्ने र हल्का कान सुन्न नसक्ने अवस्थाका हुनुहुन्छ । साथै सो परिवारको कसै छरछिमेकीसँग पनि दुस्मनी नरहेको सुनाउँछन् ।

डाका गर्न आएकाहरुले हत्या गरेको हुनसक्ने आशंका गरेपनि घटनापछि घरको खानतलासी गर्ने क्रममा नगद र जिन्सी भेटाएकोले रिसइबीका कारण हत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ । हत्या चिनजानकै व्यक्तिबाट भएको हुनसक्ने प्रहरीको वुझाई छ । हत्याको मुख्य प्रमाणको रुपमा हेरिने ‘पोष्टमार्टम रिपोर्ट’ को पर्खाइमा रहेको छ । ज्यान गुमाएका छ जनाको पोष्टमार्टम विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । पोष्टमार्टम पछि बुधबार साँझ इटहरी स्थित बूढीगंगा जमुनाघमटमा दाहसँस्कार गरिएको छ । अन्तिम सँस्कारका लागि तेजकहादुर कार्कीका कान्छा छोरा रमेश कार्की दुवैबाट आइपुग्नु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!