२५ भदौ, काठमाडौं । सररकारले सहरी विपन्न नागरिकहरुलाई काठमाडौंका १० स्थानमा खाना खुवाउने भएको छ । शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सामाजिक संस्थाको सहयोगमा सहरी विपन्न नागरिकका लागि १० स्थानमा खानाको बन्दोबस्त गर्ने घोषणा गरेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका लागि मासिक ३ हजार रुपैयाँ दिने ब्यवस्था गरेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-