बैदेशिक पोष्ट
२०८३ बैशाख १७, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमसीसीबारे महावीर पुनको धारणा : अनुदान लिएर देशलाई समृद्ध बनाउने सपना कसैले नदेखे हुन्छ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २५, २०७८ १७;४० मध्यान्ह प्रकाशित
एमसीसीबारे महावीर पुनको धारणा : अनुदान लिएर देशलाई समृद्ध बनाउने सपना कसैले नदेखे हुन्छ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे आफ्नो धारणा व्यक्त गरेका छन् । उनले एमसीसीबारे आफ्नो धारण ६ बुँदामा फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनले शर्तसहितको कुनै पनि दान वा अनुदान लिने पक्षमा आफू पहिले पनि नभएकार र अहिले पनि नरहेको बताएका छन् । उनले लेखेका छन्, ‘कसैले शर्त राखेर दान/अनुदान दिन्छ भने मैले त्यस्तो दान अनुदान पटक्कै लिदैँन ।’

उलने देशलाई आर्थिक रुपमा बलियो बनाउने हो भने एमसीसीजस्ता अनुदानहरु लिनु पर्दैन र कसैले पनि राजनैतिक हस्तक्षेप गर्न नसक्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, अनुदानहरु नै लिएर देशलाई समृद्ध बनाउने सपना कसैले नदेखे पनि हुन्छ । अनुदान लिने बानी गर्यो भने देश कहिल्यै पनि स्वाभिमानी र स्वावलम्वी बन्दैन ।

यस्ता अनुदानले देशको अस्तित्व जहिले पनि खतरा पर्न सक्ने उनको धारणा छ । देशलाई वैदेशिक हस्तक्षेप र खतराबाट मुक्त गर्न आर्थिक विकास गरेर समृद्ध बनाउनु भन्दा अर्को विकल्प नभएको समेत उनको तर्क छ । उनले लेखेका छन, नत्र भने अहिलेको जस्तै भाँडभैलो हुन्छ र देशको अस्तित्व कालान्तरमा रहँदैन ।

उनले सामाजिक सञ्जालमा यस्तो धारणा सार्वजनिक गरेका छन्-
MCC सम्बधि किन नबोलेको दाई भनेर धेरैले भन्नु भएको छ । म सार्बजनिक व्यक्ति भएकोले नेपालीहरुले सोधेको प्रश्नको जवाफ दिनु मेरो ठुलो कर्तब्य हो । त्यसैले मेरो धारणा राखेको छु ।
१. MCC एउटा आर्थिक पाटो जोडिएको राजनैतिक मुद्दा हो । राजनैतिक मुद्दा भएको हुनाले र म कुनै राजनैतिक प्राणी नभएको हुनाले मात्र केहि नबोलिकन बसेको हो । तर धेरै नेपालीहरुले केहि त बोलि दिनु होस भनेर आग्रह गरेको हुनाले नितान्त व्यक्तिगत धारणा मात्र राखेको छु । कसैले दुख पीर नमान्नु होला र मलाई कुनै मार्का वा बिल्ला नदिनु होला । चित्त बुझेन भने 9841592361 मा फोन गर्नु होला, अनि बात मारुमला नि त ।

२. म शर्त सहितको कुनै पनि दान वा अनुदान लिने पक्षको व्यक्ति पहिले पनि थिएन र अहिले पनि छंदै छैन । कसैले शर्त राखेर दान/अनुदान दिन्छ भने मैले त्यस्तो दान/अनुदान पटक्कै लिंदैन । मानवताको नाताले अथवा कसैको दुख देखेर कुनै धनी व्यक्ति/देशले अर्को अत्यन्तै दुखी/गरीब व्यक्ति वा देशलाई कुनै दान/अनुदान दिन्छ भने बिना कुनै शर्त दिनु पर्दछ भन्ने सैधान्तिक कुरामा बिश्वास गर्दछु । तर दान वा अनुदान ग्रहण गर्ने व्यक्ति वा देश जति नै दुखि/गरिब भए पनि अलि खराब चरित्रको वा भ्रष्ट छ भने दान/अनुदानको दुरुपयोग नगरोस भनेर केहि कडा शर्त राख्नु नाजायज हुँदैन । तर दान/अनुदान दिने दाताले दान/अनुदान दिएँ भन्दैमा दान ग्रहण गर्ने व्यक्ति/देशको स्वाभिमानमा आंच आउने कुनै नाजायज शर्त राखेर फाइदा लिनु हुँदैन र नाजायज फाइदा लिने प्रयास गरेमा बिरोध गर्नु पर्छ भन्ने कुरामा दृढ बिश्वास गर्दछु ।

३. पूर्ण रुपमा अनुदान भनिएको MCC मा नेपालको स्वाभिमानमा आंच आउने कुनै नाजायज शर्तहरु छन् भने हटाइनु पर्दछ भन्ने मेरो मत छ । यदि नेपाली जनताहरुलाई पटक्कै चित्त नबुझेको कुनै शर्तहरु छन् र ति शर्तहरु अमेरिकाले हटाएन भने सरकारले जबर्जस्ति अनुदान स्वीकार गर्नु हुँदैन भन्ने मेरो राय छ । किन भने सरकारले दाताको होइन कि जनताको मन जित्ने काम गर्नु पर्दछ । सरकारले जनताको चित्त दुख्ने र राष्ट्रको हित बिपरित काम गर्यो भने अर्को चुनाबमा भोट दिंदैनन भन्ने हेक्का राख्नु पर्दछ । जनताको भोट भनेको कुनै पनि राजनैतिक पार्टीको लागी अति नै बहुमुल्य सम्पति हो र भोट भन्दा बहुमुल्य सम्पति राजनैतिक पार्टीहरुको लागी अरु हुने सक्दैन । यो कुरा बुझे राम्रो हुन्छ ।

४. नेपाल मात्र होइन कुनै पनि देश जब जब सम्म आर्थिक रुपमा गरीब हुन्छ तब तब सम्म आर्थिक र सामरिक रुपमा बलियो र धनी देशहरुले MCC जस्ता र यस्तै प्रकृतिका अनेकौं हस्तक्षेपहरु निर्बलियो र गरिब देशहरुलाई गरि रहन्छन । यो कलियुगको चलन नै हो । कलियुगको अन्त नभए सम्म यस्तो बल मिच्याईको घटना भै नै रहनेछ ।

५. तसर्थ MCC को बिषयमा नेपालीहरु आपसमा झगडा गरि रहनु र विभाजित हुनु भन्दा पनि एकताबद्ध भएर देशलाई आर्थिक रुपमा बलियो बनाउने महत्वपुर्ण कदमहरु चाल्नु पर्दछ । साथै ५५ अर्ब रुपैंयाको अनुदानको लागी चाकरी गरि रहनु पर्दैन र जनताको चित्त दुखाउनु पर्दैन । देशलाई आर्थिक रुपमा बलियो बनाउने हो भने MCC जस्ता अनुदानहरु लिनु पर्दैन र कसैले पनि राजनैतिक हस्तक्षेप गर्न सक्दैन । अनुदानहरु नै लिएर देशलाई समृद्ध बनाउने सपना कसैले नदेखे पनि हुन्छ । अनुदान लिने बानी गर्यो भने देश कहिल्यै पनि स्वाभिमानी र स्वाबलम्बी बन्दैन । त्यस्तो देशको अस्तित्व जहिले पनि खतरामा हुन्छ । अहिले नेपालमा भए कै यहि हो । देशलाई बैदेशिक हस्तक्षेप र खतरा बाट मुक्त गर्न आर्थिक बिकास गरेर समृद्ध बनाउनु भन्दा अर्को बिकल्प छैन । नत्र भने अहिलेको जस्तै भाँडभैलो हुन्छ र देशको अस्तित्व कालान्तरमा रहदैन । विश्वमा बिगत ५० बर्षमा पनि धेरै निर्बलियो देशहरु ईतिहासमा बिलिन भएका छन ।

६. देशलाई आर्थिक रुपमा बलियो बनाउने काम भनेको हामीले नै गर्न सकिने काम हो र कसैलाई आफु तल परेर गुहार्नु पर्दैन। देशलाई आथिक रुपमा बलियो बनाउन चाहिने अत्यन्तै बहुमुल्य सम्पति भनेको देशको प्रतिभाशाली र सृजनशील सन्ततिहरु हुन् । यी प्रतिभाशाली संततिहरु भन्दा कुनै पनि देशले दिने दान/अनुदान कदापी मुल्यवान हुनै सक्दैन । प्रतिभाशाली संततिहरुलाई देशमा नै राख्न र विदेश पलायन हुन बाट रोक्न आबश्यक पर्ने निष्पक्ष बाताबरणहरु नेपालमा सिर्जना गर्नै पर्दछ । त्यसको लागी नेपाली समाजले बिज्ञान तथा प्रविधिलाई उच्चतम प्राथमिकता दिएर अनुसन्धान तथा बिकासको काममा कत्ति पनि कन्जुस्याई नगरिकन मन फुकाएर र आँखा चिम्लेर खर्च गर्ने संस्कार बसाल्नु पर्दछ । जब सम्म यस्तो संस्कार बसालिदैन देश कुनै पनि हालतमा समृद्ध हुँदैन र MCC जस्ता घटना/दुर्घटना हरु नेपालमा भै नै रहने छन् । यो मेरो अकाट्य भबिष्यबाणी हो । नेपालीहरुले यो भविष्यबाणीलाई पत्याय पत्याउनु होस् नपत्याए केहि फरक पर्दैन ।
लौ त, मैले अहिले सम्म बुझेको कुरा यहि हो । त्यसैले अनुसन्धान द्वारा आर्थिक बिकास गरेर देशको अस्तित्व लाई बचाउनको लागी राष्ट्रिय आविष्कार केन्द्र भन्ने संस्था बैधानिक रुपमा नै खोलेर देशका प्रतिभाशाली सन्ततिहरुको सहयोगार्थ बिगत तिन बर्ष देखि एउटा महायज्ञ संचालन गरि रहेको छ । सबैको आँखा खुलोस र भगवानले सबै नेपालीलाई सद्बुद्धि दिउन । तथास्तु ।
—————————————-
🙏🙏🙏🙏🙏🙏

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!