बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जस्ले फोहोर गर्छ उसैले सफा गर्ने र गराउनु पर्छ : नपा पदाधिकारी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २७, २०७८ ०७;३३ बिहान प्रकाशित
जस्ले फोहोर गर्छ उसैले सफा गर्ने र गराउनु पर्छ : नपा पदाधिकारी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौंको फोहाेर व्यबस्थापन गर्दै आएको डम्पिङ साइटसम्मको बाटो अवारोध हुँदा राजधानीमा फोहरको आतङ्क नै भयो राजधानीमार तीन मुख्य शहर मध्ये भक्तपुरमा भने यसले कुनै फरक परेन । फोहाेरको सही सदुपयोग र व्यबस्था पन गर्न सके यो समस्या होइन मोहोर हो भन्ने कुराको उदाहरण बनेको छ भक्तपुर । भक्तपुर शहर कसरी फोहाेर व्यबस्थापनमा सफल भयो त ? यसको जवाफमा भक्तपुर नगरपालिकाका अधिकारीहरु सबै मानिस सचेत हुन जरुरी रहेको जावाफ दिन्छन् ।

भक्तपुर नगरपालिकाका अधिकृत दिलिप सुवालकाअनुसार फोहोर मैला जति सक्यो त्यत्ति नै कम गर्नु बुद्धिमानी हो । उहाँले भन्नुभयो, “फोहोर मैला व्यवस्थापनको काम नियमित छ, फोहोरले हुने समस्यालाई समाधान गर्न सबै मानिसहरु चनाखो हुन अति जरुरी छ ।” जुन ठाउँको फोहोर हो त्यही ठाउँमा बिसर्जन गर्ने उपाय निकाल्न सकेमा समस्या सामाधन हुने उहाँले बताउनुभयो । पसलहरुमा सामान किन्न जाँदा सामान किन्ने व्यक्तिले आफैले सामान राख्ने झोला वा अन्य कुनै भाँडो लिएर बजार जानु उचित हुने उहाँको भनाइ छ । चाडपर्व, जात्रा, आमहड्तालजस्ता कार्यक्रमका बेला फोहोर व्यवस्थापनको काम नरोकिने नीति नगरपालिकाले लिएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले फोहोर वस्तुलाई कुहिने र नकुहिने गरी छुट्याएर काम थालेकाले भक्तपुरमा फोहोरको समास्य नरहेको र दीर्घकालीन योजाना पनि सामाबेश भएकाले पुनः फोहोरको समस्या नहुनेमा उहाँ आफू ढुक्क रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फोहोरलाई पुनः प्रयोग गर्न जान्नुपर्छ, त्यसैलाई प्रयोग गर्न सक्नु पर्दछ, त्यसरी गरेमा डम्पिङ्ग साइटमा पुग्ने फोहोर त्यसै कम हुन्छ ।” एक पटक प्रयोग गरी सकेको वस्तु वा पोलिथिन झोला या प्लास्ष्टिकका बट्टाहरुलाई फेरि प्रयोगमा ल्याउनु र लेखि सकिएका कापीबाट झोला वा खाम बनाई पसलमा पोको पार्ने काममा फेरि प्रयोगमा ल्याउन सक्नुपर्छ । उहाँकाअनुसार नगरपालिकाको नीति नै छ, जस्ले फोहोर गर्छ उसैले सफा गर्ने र गराउनु पर्छ । उहाँले फोहोरलाई सकेसम्म अलग गरेर मात्रै दिनको लागि नगरबासीसँग अपिल गरेको बताउनुभयो ।

उहाँले थप्नुभयो “दिनदिनै फोहोर मैला व्यवस्थापन गर्ने गाडीमा जिङ्गल बजाउने र नगरबासीलाई सचेत गराउने काम भइरहेको छ ।” उहाँले कुहिने वस्तुलाई जम्मा गरेर लाभदायक कम्पोष्ट मल बनाउन सकिने बताउनुभयो । “कुहिने वस्तुबाट अहिले कम्पोष्ट मल बनाउने काम भइरहेको र अहिले नकुहिने बस्तु मात्रै कबाडी लिन आउनेलाई दिने गरेका छौँ, त्यसको पनि दीर्घकालीन व्यवस्थापनको बारेमा छलफल भइरहेको छ ।” उहाँले फोहरबाट ८० प्रतिशत वस्तु छुट्टिएर आएको भन्दै कम्पोष्ट मल बनाउने तालिम संचालन भइरहेको जानकारी दिनुभयो ।

कागज, प्लाष्टिक, सिसा, फलाम र अन्य एलमोनियम भाँडा वस्तुहरुलाई घोलेर पगालेर कारखानाहरुमा नयाँ वस्तु बनाउन सकिन्छ । कतिपय वस्तुहरु अलग अलग ठाउँमा जम्मा गर्न सकेमा ती वस्तुहरु कवाडीले तौलका आधारमा वा एकमुष्ट लैजान्छन् र फोहोर सदुपयोग हुन्छ र डम्पिङ्ग साइटमा पनि फोहोर कम जाने उहाँले बताउनुभयो । विभिन्न वस्तुहरु शहरी क्षेत्रका घरबाट निस्किएका फोहोर मैलालाई जथाभावी तरिकाले बाटोमा फाल्न नहुने उहाँको भनार्इ छ । त्यो फोहोरलाई कन्टेनरमा, बोरीमा, विभिन्न प्रकारका झोलाहरुमा र तोकिएको ठाउँमा लिएर मात्र थुपार्न सक्नु पर्दछ र गाडी आएर डम्पिङ साइटमा लिन सक्छ र फोहोर व्यवस्थापन गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

फोहोर मैला व्यवस्थित गर्न सकेमा हाम्रो घर वरपरको वातावरणमा रहेका ठोस फोहोरमा कमी ल्याई वातावरण सफा राख्न सकिने उहाँको भनाई छ । उहाँले भक्तपुर नगरपालिका ८ मा जग्गा लिजमा लिएर टहरा बनाइ सकेको र मल बनाउने कामका लागि तालिम दिन लागिएको बताउनुभयो । घर वरपर भएका फोहोरह संकलन गरी जैविक र अजैविक फोहोर छुट्याएर दुवै प्रकारका फोहोरह कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा सरोकारवालाहरुसँग छलफल पनि गरिरहेको उहाँले बताउनुभयो । फोहरमैला व्यवस्थापन गर्न सकेमा मात्र वातावरण राम्रो भइ हाम्रो स्वास्थ्य पनि राम्रो हुने उहाँको भनाइ छ । फोहोर व्यवस्थापन ऐनले फोहर मैला व्यवस्थापन गर्ने जिम्मा स्थानीय निकायलाई दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!