बैदेशिक पोष्ट
२०८३ बैशाख १, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

असोज १ गतेदेखि खुल्लान् काठमाडौं उपत्यकाका विद्यालयहरु ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २७, २०७८ ०८;३० बिहान प्रकाशित
असोज १ गतेदेखि खुल्लान् काठमाडौं उपत्यकाका विद्यालयहरु ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

२७ भदौ, काठमाडौं । कोभिड-१९ को संक्रमण घटेसँगै स्थानीय तहहरुले विद्यालय खोल्न थालेका छन् । काठमाडौं उपत्यकामा पनि १ असोजदेखि जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को अनुमति लिएर विद्यालय खोल्न सक्ने भनिएको छ । त्यसका लागि भदौ मसान्तभित्र विद्यालयहरुले स्थानीयलाई र स्थानीय तहले कोरोना संक्रमणको अवस्था, विद्यालय सञ्चालनका विधिसम्बन्धी विवरण डीसीसीएमसीमा पेश गर्नुपर्ने भनिएको छ । मुख्य शहरी क्षेत्रमा भएका स्थानीय तहहरु कसरी विद्यालय सञ्चालन गर्ने भनेर विद्यालय, अभिभावक लगायत सरोकारवाला निकायसँग छलफल गरिरहेका जनाएका छन् ।

अन्योलमा अभिभावक
स्थानीय प्रशासनको निर्णयले अभिभावक तथा विद्यार्थी भने अन्योलमा देखिएका छन् । दशैं नजिकै आइरहेको र अधिकांश विद्यार्थीहरु गृहजिल्लामा भएकाले दशैंपछि विद्यालय खोल्न अभिभावकहरुले अनुरोध गरेको ललितपुर महानगरपालिका शिक्षा शाखाका प्रमुख महेन्द्र क्षेत्रीले बताए । उनले भने, ‘विद्यालयहरुले भौतिक दुरी कायम राखेर खोल्न पाउँ भनिरहेका छन्, तर गृहजिल्लामा भएका विद्यार्थी र उनीहरुको अभिभावक भने दशैंपछि खोल्न अनुरोध गरिरहेका छन् ।’

नेपाल अभिभावक महासंघले पनि उपत्यकाका विद्यालय खोल्न नहुने बताएको छ । महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरका विद्यालय घना शहरी क्षेत्र भएको र अधिकांश विद्यालयमा विद्यार्थी संख्या पनि बढी भएकाले खोल्न हतार नगरौं भन्ने हाम्रो राय छ ।’ अधिकांश अभिभावक बालबालिका विद्यालय पठाउन ढुक्क नभएकाले दशैंसम्म हेर्नुपर्ने भन्दै अभिभावक महासंघले दशैंपछि माथिल्लो कक्षामा भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खोल्न सकिने बताएको छ ।

विद्यालय खोल्ने तयारीमा प्याब्सन
निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरी विद्यालय सञ्चालन गर्ने तयारीका साथ छलफल भइरहेको बताए । गतवर्ष पनि कोरोना महामारीकै बीच विद्यालय सञ्चालन गरेको अनुभव रहेकाले यस वर्ष तयारीका लागि धेरै समय नलाग्ने भन्दै उनले भने, ‘विद्यालय खोल्ने तयारीका साथ भौतिक संरचनाहरु व्यवस्थित बनाइरहेका छौं । गतवर्षको अनुभव पनि भएकाले खास समस्या छैन । समय पनि धेरै लाग्दैन ।’

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सकेसम्म असोजदेखि विद्यालय खोल्ने तयारीमा रहेको उनले बताए । केही अभिभावकले भने चाडबाड नजिकिँदै गरेकाले अहिले नै विद्यालय नखोल्ने कि भन्ने भन्ने राय दिएको अध्यक्ष पुरीले बताए । एन प्याब्सनले भने कसरी विद्यालय सञ्चालन गर्ने भनेर अभिभावकहरुसँग छलफल भइरहेको बताएको छ । अहिलेसम्म एकदम मिश्रति प्रतिक्रिया आएको भन्दै अध्यक्ष ऋतुराज सापकोटा भन्छन्, ‘कतिपय अभिभावक अझै डराउनु भएको छ, कतिपयले चाहिं बालबालिकाको भविश्य बग्रिने भन्दै विद्यालय खोल्नुपर्छ भनिरहनुभएको छ । त्यसैले हामी कुनै निष्कर्षमा पुग्न सकेका छैनौं ।’

अनलाइन कक्षा लिने एक चौथाइ मात्र
राष्ट्रयसंघीय निकाय युनिसेफका अनुसार नेपालमा अनलाइन कक्षा प्रयोग गर्ने घरधुरी २७.५ प्रतिशत मात्र देखिएको छ । यो तथ्यांक युनिसेफ नेपालको नियमित सर्भे, चाइल्ड एन्ड फेमिली ट्याकरको २०२१ जुलाईमा गरिएको अनुसन्धानमा आधारित रहेको उसले बताएको छ । गत बिहीबार सार्वजनिक प्रतिवेदनअनुसार कोभिड-१९ का कारण विद्यालय बन्द हुँदा नेपालका ६३ प्रतिशत बालबालिका पाठ्यपुस्तकबाट स्वअध्ययनमा निर्भर छन् । थोरै बालबालिकाको मात्र वैकल्पिक शिक्षाका विधिमा पहुँच भएको पाइएको छ ।

एउटा मात्र उपकरण किन्न पनि संघर्ष गरिरहेका गरीब र पिछडिएका घरधुरी सबभन्दा बढी प्रभावित भएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ । उपकरणहरू उपलब्ध हुँदा पनि तिनको प्रयोग कम भएको र ती उपकरणमा बालबालिकाको पहुँच सीमित रहेको भनिएको छ ।

बालबालिकालाई विद्यालय पठाउन खोज्ने अभिभावक बढी
अध्ययनका क्रममा अधिकांश अभिभावकले बालबालिकालाई विद्यालय पठाउन चाहेको देखिएको छ । देशभरिबाट प्रतिनिधित्व हुने गरी बालबालिका भएका ६ हजार ६ सय ४३ अभिभावकसँग टेलिफोनमा आधारित सर्भे गर्दा ८९ प्रतिशत अभिभावकले बालबालिकालाई विद्यालय पठाउन चाहेको बताएका छन् । झण्डै ९० प्रतिशत अभिभावकले बालबालिकाले पहिले पढेको बिर्सिएको र बिर्सन सुरु गरेको बताएका थिए । काठमाडौं उपत्यका र बाहिरका जिल्लामा समेत स्मार्ट लकडाउनअनुसार विद्यालय खुल्न थालेपछि सिकाइ उपलब्धि बढ्ने अपेक्षा गरेको युनिसेफले उल्लेख गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!