बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लालपुर्जा छ तर जमिन छैन ! जमिन बगाएर बगरमा परिणत !!

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २७, २०७८ १९;३० मध्यान्ह प्रकाशित
लालपुर्जा छ तर जमिन छैन ! जमिन बगाएर बगरमा परिणत !!
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बझाङ – बझाङमा बर्सेनि सेती नदीमा आउने बाढीले खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गर्ने गरेको छ । सेती र कालंगा नदीमा आउने बाढीले जमिन बगाउँदा यहाँका बाढी पीडितसँग लालपुर्जा भए पनि जग्गा भने छैन । बझाङमा कुनै सरकारी कार्यालय, सङ्घ–संस्थासँग बाढीले कति जमिन बगाएको छ र बाढीले कति परिवार विस्थापित भए भन्ने यकिन तथ्याङ्क भने छैन ।

यकिन तथ्याङ्क नभए पनि बुङ्गल भएर बग्ने कालंगा नदीले दह बगरको लौनेदेखि केदास्युको देउरासम्म र सेती नदीले तलकोटको मेलबिसौनादेखि केदारस्युको देउरासम्मको खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गरेकाे छ । बर्सेनि आएकाे बाढी–पहिरोले खेतीयोग्य जमिन कटान गरी बगाउँदै गएपछि लालपुर्जामा प्रशस्त जग्गा भएको भए पनि अहिले त्यति जमिन नभएकाे पीडितहरू बताउँछन् ।

जयपृथ्वी नगरपालिका ३ डुङग्रीका करन ओलीसँग झन्डै नाै रोपनी जग्गाको लालपुर्जा छ तर अहिले त्यति जमिन छैन । लालपुर्जालाई आधार मानेर हेर्ने हो भने उहाँको परिवार पाल्नका लागि पर्याप्त जग्गा छ । तर अहिले उहाँसँग तरकारी लगाउने ठाउँ पनि छैन । डुङग्रीको जग्गा बगाएपछि उहाँ विस्थापित भएर त्यही वडाको पुगर गाउँमा गएर बसिरहनुभएकाे छ । बाढीले जग्गा बगाएपछि केही बसाइसराइ गरेर अन्यत्रै गएका छन् भने केही लेकतिर जग्गा किनेर बसेका छन् ।

कृषि र पशुपालनलाई मुख्य पेसा बनाउँदै आएका यस क्षेत्रका नागरिकलाई अहिले गुजारा गर्न पनि धौ धौ भएको छ । बर्सेनि आएको बाढीले बगाएर मेरो जग्गा यहीँनेर थियो भन्ने पनि यकिन गर्न नसकिने अवस्था आएको स्थानीयवासी जनक ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘जग्गा भए बैंकमा धितो राखेर भए पनि केही व्यवसाय गर्न सजिलो हुन्थ्यो । लालपुर्जा मात्र भएर के गर्नु, जग्गा छैन । बर्सेनि जग्गाको पोता (तिराे) मात्र तिर्दै आएका छौँ । जग्गा बगाएपछि केहीले यो ठाउँ नै छाडेर कैलाली, कञ्चनपुरतिर बसाइँ सरेका छन् । हामीसँग केही पाखो जमिन छ, अहिले त्यही जमिन कमाएर खाइरहेका छाैँ ।’

खेतीयोग्य फाँटहरू बगाएपछि किसानका सपना पनि बाढीसँगै बगेका छन् । सदरमुकाम नजिकैको भोपुर, देवल जिउलो, रुईना बगर, साईला बगर र सुवेडाको जिउलो बझाङका धेरै धान फल्ने फाँटमध्ये पर्छन् । सेती नदीले बर्सेनि किनाराका धेरै उब्जनी हुने फाँटहरू बगाएर लैजाने गरेको छ । अब त बाढीले खेत कटान गरेर घरछेउमै पुगेकोे जयपृथ्वी नगरपालीका ११ भोपुरकी कमला जोशीले दुःखेसो पाेख्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘नदी पहिला पारि पुरी गाउँको छेउबाट बगेको थियो । बर्सेनि नदीले आफ्नो धार बदल्न थाल्यो, भएका सबै खेत बगायो । अहिले त गाउँकै छेउमा सेती नदी पुगिसक्यो । पोहोर साल पनि बाढीले हेर्दा हेर्दै खेत लग्यो । कमाइ खाने सबै खेत बगाइसक्यो, सानो टालो मात्र बाँकी बचेको छ ।’ बझाङकाे बुङ्गल नगरपालिकाकाे पनि अवस्था उस्तै छ । खानीबगरका देब्बो धामीले भन्नुभयाे, ‘मसँग १२ रोपनी जमिन थियो । जेनतेन परिवार पालेको थिएँ । २०५७ साल जेठ २६ गते आएको बाढीले प”रै जमिन बगायो । बाढी आएपछि हामी खर्क (छाना) तिर लाग्यौँ । हेर्दा हेर्दै दुःख गरेर कमाएको पैसाले किनेको जमिन बगायो । ती दिन सम्झेर रुन मन लाग्छ ।’

बाढीको समयमा तत्कालै राहत सामग्री वितरणबाहेक सरकारी पक्षबाट आफूलाई कुनै सहयोग नभएको उहाँको गुनासो छ । सेती नदी र कालंगा नदीमा आएको बाढीले हरेक वर्ष थलारा, तलकोट, मष्टा, केदारस्यु, छविस पाथीभेरा, दुर्गाथली गाउँपालिका र बुङ्गल नगरपालिकाका नदी किनाराको जग्गा कटान हुँदै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!