बैदेशिक पोष्ट
२०८२ फाल्गुन १, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नक्कली नोटका गिरोह पक्राउ: भारतमा नोट छाप्‍ने, नेपालमा कारोबार चलाउने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २८, २०७८ १०;३६ बिहान प्रकाशित
नक्कली नोटका गिरोह पक्राउ: भारतमा नोट छाप्‍ने, नेपालमा कारोबार चलाउने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

वीरगन्जः बारा र रौतहटबाट नक्कली नेपाली नोटको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपाली नक्कली नोटको कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको हो । नेपाली नक्कली नोट कारोवार हुँदै गरेको थाहापाएपछि प्रहरीको स्पेसल टास्क फोर्स शनिबार बिहान निजगढ पुगेको थियो । प्रहरीले उनीहरुलाई बाराको निजगढ र रौतहटको चन्द्रनिगाहपुरबाट नक्कली नोट सहित पक्राउ गरेको हो । प्रहरीले शनिबार निजगढको होटल तारा इनबाट ४ र रौतहटको चन्द्रनिगाहपुरबाट १ जना गरी ५ जनालाई पक्राउ गरेको हो ।

उनीहरु निजगढको तारा इन होटलमा दुई दिन पहिलेदेखि नै बसेका थिए । उनीहरुको सूचनाका आधारमा प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट थप १ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नेपाली एक हजार दरको नक्कली र सक्कली नोट मिसाएर राखिएको ९३ लाख रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरुले प्रयोग गर्ने बा १४ च ९३८२ नम्बरको स्कार्पियो गाडी पनि प्रहरीले नियन्त्रण लिएको छ । पक्राउ परेका पाँचै जनालाई शनिबार राति होटल तारा इनमै राखेर आइतबार बिहान मात्र बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ परेका व्याक्तिहरुको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

प्रहरी श्रोतका अनुसार, भारतमा नेपाली एक हजार दरको नक्कली नोट छापेर प्रदेश २ मा ल्याएर कारोबार गर्ने गिरोह नै पक्राउ परेको हो । बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले नक्कली नोटको कारोबारमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे । प्रहरी उपरीक्षक शाहीले अन्नपुर्णसँग भने, ‘नक्कली नोटको कारोबारमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको छ ।’

शनिबार दिनभर अप्रेशन
काठमाडौँस्थित प्रहरी प्रधान कार्यालयबाट नेपाल प्रहरीको स्पेशल टास्क फोर्स शनिबार बिहान ९ बजे नै निजगढ आइपुगेको थियो । शनिबार बिहानैदेखि काठमाडौँबाट आएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय निजगढको सहयोगमा होटल तारा इनमा अप्रेशन सुरु गरेको थियो । बिहान ९ बजे होटेलमा छिरेको प्रहरी टोली बेलुकी ७ बजेसम्म त्यहीँ थियो ।

होटल तारा इनका सन्चालकका अनुसार, पक्राउ परेकामध्ये केही व्याक्ति जग्गाको कारोबारी बनेर दुई कोठा बुक गरी होटलमा बसेका थिए । र उनीहरु ३ वर्षदेखि नै होटलको नियमित ग्राहक थिए । वीरगन्ज प्रहरीले बारा र रौतहटबाट नक्कली नेपाली नोट छाप्ने र त्यसको कारोबार गर्ने गिरोहलाई नै पक्राउ गरेको छ । नेपाल प्रहरीको स्पेशल टास्क फोर्स (एसटीएफ) को टोलीले बाराको निजगढ र रौतहटको गुजरा नगरपालिकाबाट नेपाली नक्कली नोटको कारोबार गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको हो । एसटिएफको टोलीले शनिबार बाराको निजगढ ८ स्थित होटल तारा इनमा छापा मारेर त्यहाबाट ३ जनालाई र रौतहटको गुजरा नगरपालिका ३ बलुवाबाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका ५ का ३६ वर्षीय विशेश्वर प्रसाद चौधरी, कलैया उपमहानगरपालिका ९ का २४ वर्षीय सागर शुक्ला, बिश्रामपुर गाउँपालिका ५ का २५ वर्षीय राजु कुशवाहा रहेका छन् । यस्तै रौतहटको गुजरा नगरपालिका ३ बलुवा टोलका २४ वर्षीय सुनिल कुमार राम र सोही ठाउँका ३६ वर्षीय रवीन्द्र कुमार चौधरी पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट एसटिएफको टोलीले नेपाली एक हजारको नक्कली नोट २५ थान, एक हजारकै सक्कली नोट ३९ थान र नक्कली नोट छाप्न तयारी अवस्थामा राखिएको नेपाली एक हजारको नोट आकारकै ९ हजार ३ सय पिस कागजको ९३ वटा गड्डी बरामद गरेको छ ।

प्रहरी श्रोतका अनुसार, पक्राउ परेकाहरुले नेपाली एक हजार दरको नक्कली नोट, सक्कली नोट जस्तै दुरुस्त छापेर आधा मुल्यमा अन्य कारोबारीलाई बिक्री गर्दैआएका थिए । एसटिएफको टोलीले पक्राउ परेका व्यक्तिहरुले प्रयोग गर्ने बा. १४. च ९३८२ नम्बरको स्कार्पियो गाडी तथा नेपाली नम्बर प्लेटका २ वटा र भारतीय नम्बर प्लेटका एक वटा गरी ३ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । एटिएफ टोलीले शनिबार दिनभर अप्रेशन गरेर पक्राउ गरेका पाँचै जनालाई, शनिबार रातभर होटल तारा इनमै राखिएको थियो । आइतबार बिहान मात्र उनीहरुलाई बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएको हो । नक्कली नोट सहित पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा बारा जिल्ला अदालतबाट आइतबार पहिलो पटक दिन ७ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।

कसरी पक्राउ पर्‍यो नक्कली नोटको गरोह ?
निजगढको होटल तारा इनमा कोठा भाठामा लिएर एक गिरोहले केही दिनदेखि नक्कली नोटको कारोबार गरिरहेको गोप्य सूचना प्रहरी प्रधान कार्यालयलाई प्राप्त भएको थियो । त्यही सूचनाको आधारमा प्रहरी प्रधान कार्यालयले काठमाडौँबाट एसटिएफको एक टोली शनिबार निजगढमा पठाएको थियो । शनिबार बिहान ९ बजे तिर काठमाडौँबाट सिधै निजगढ आइपुगेको एसटिएफ टोलीले बारा जिल्लाको प्रहरीलाई समेत खबर नगरी निजगढ ८ स्थित होटेल इनमा प्रवेश गरेर अप्रेशन सुरु गरेको थियो । होटलको २ वटा कोठा बुक गरेर बसेको अवस्थामा प्रहरीले बाराका विशेश्वर, सागर र राजुलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि उनीहरुले नै दिएको बयानका आधारमा एसटिएफको टोलीले शनिबार दिउँसो नै रौतहटको गुजरा नगरपालिका २ मा पुगेर सुनिल र रवीन्द्रलाई पनि नियन्त्रणमा लिएको थियो ।

शनिबार बिहान ९ बजे होटल तारा इनमा पसेर अप्रेशन सुरु गरेको एसटिएफको टोली, पक्राउ परेका पाँचै जनालाई होटल भित्रै बाराको प्रहरीलाई जिम्मा लगाएर बेलुकी ७ बजे तिर मात्रै होटलबाट निस्किएर काठमाडौँ फर्किएको थियो ।

नक्कली नोटको गिरोह ‘जग्गा कारोबारी’
होटल तारा इनका सन्चालकका अनुसार, पक्राउ परेका मध्येका तीन जना विगत तीन वर्षदेखि होटलको नियमित ग्राहक थिए । उनीहरुले आफूहरुलाई जग्गाको कारोबारी भनेर परिचय होटल सन्चालकलाई दिएका थिए । होटल सन्चालकका अनुसार, पछिल्लो पटक उनीहरुले होटलको दुई वटा कोठा बुक गरेर बसेका बेला शनिबार प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

काम गर्ने एसटिएफ, तर जस लिने बाराका एसपी
पाँचै जनालाई एसटिएफको टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको भए पनि बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले भने आफ्नो मातहतको इलाका प्रहरी कार्यालय निजगढको टोलीले पक्राउ गरेको झुठो दावी गरेका छन् । आइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी उपरीक्षक शाहीले विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढको टोलीले शनिबार दिउँसो २ बजे होटल तारा इनमा खानतलाशी गरेर गिरोहमा संलग्नहरुलाई पक्राउ गरेको दावी गरेका छन् । जब कि बाराको प्रहरीलाई खबर नै नगरी काठमाडौँबाट एसटिएफको टोली सिधै निजगढ आएर शनिबार बिहान ९ बजे नै होटलमा पसेर अप्रेशन सुरु गरेको थियो ।

त्यो देखेर स्थानीय प्रत्यक्षदर्शीले खबर गरेपछि त्यसको २ घण्टापछि मात्रै इलाका प्रहरी कार्यालय निजगढको टोली तारा इन होटलमा पुगेको थियो । सुरुमा एसटिएफको टोलीले इप्रकाका प्रहरीलाई समेत होटलमा प्रवेश गर्न दिएको थिएन । तर बाराका प्रहरी उपरीक्षक शाहीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भने एसटिएफको नाम कहीँ पनि उल्लेख नै गरेका छैनन् । यसले एसटिएफले गरेको कामको जस शाहीले लिन खोजेको पुष्टि हुन्छ । शनिबार एसटिएफले होटल तारा इनमा पसेर दिनभर अप्रेशन गरिरहेकै बेला सन्चारकर्मीले यसबारे जानकारी लिन प्रहरी उपरीक्षक शाहीलाई फोन गरेर शाही आफैँले अप्रेशन बारेमा आफू अनविज्ञ रहेको बताएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!