काठमाण्डौं । सल्यान बजारमा जिल्ला प्रशासन कार्यलयले बजार अनुगमन कडाइ गरेको छ । उपभोक्ताहरुलाई ठगिन नदिन र म्याद नाघेको सामान बिक्रि गर्न बाट रोक्नका लागि जिल्ला प्रशासनले बजार अनुगमन गरेको हो ।
बिभिन्न चाडपर्व, मेलामहोत्सवमा ब्यापारीले धेरै सामानहरु खरिद गरी स्टक राख्ने गरेकोले त्यस्ता सामानको म्याद सकिए पनि व्यापारी तथा ग्राहकले ध्यान नदिई खरिद बिक्री गर्ने हुँदा बजार अनुगमनलाई कडाईका साथ लैजाने प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबि होमागाईले बताइन् । अधिकारी होमागाईको नेतृत्वमा जिल्लाको प्रमुख व्यापारी केन्द्र श्रीनगरमा रहेका किराना पसल, खाद्यान्न पसल, तरकारी पसल, फलफुल पसल र मासु पसलहरुमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा धेरैजसो पसलहरुमा म्याद नाघेका सामान र इजाजत प्राप्त नलिई पसलहरु संचालन गरेको पाईएको होमागाईले बताइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-