मंगलबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमतिपत्र वितरण गरिएको थियो । ट्रायल परीक्षा उत्तीर्ण गरेपनि स्मार्ट लाइसेन्स कार्ड आउन एक वर्षसम्म लाग्दा त्यस अवधिसम्म यातायात कार्यालयले दिएको चिट बोकेर सवारी साधनहरु चलाउनु पर्ने बाध्यताको अब अन्त्य भएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मिन भट्टराईले जानकारी दिए ।
ट्रायल परीक्षा उत्तीर्ण भएका सेवाग्राहीहरुलाई एक हप्ताभित्र क्यूआर कोर्डसहितको अस्थायी चालक अनुमतिपत्र कार्यालयले प्रदान गर्ने भट्टराईले जानकारी दिए । उनले अब कसैलेपनि चिट बोकेर सवारी साधन चलाउनुनपर्ने बताए ।
देशभरीका यातायात कार्यालयको ३२ शाखामध्ये काठमाडौं, जनकपुर, महत्तोरीको बर्दिबास र सिरहाको लहानबाटमात्र अस्थायी चालक अनुमतिपत्र वितरण हुन थालेको यातायात कार्यालय लहानका नायव सुब्बा विजय दाहालले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-