संखुवासभा-संखुवासभाको मादी नगरपालिकामा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ पनि पक्राउ परेका छन्। मादी–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको घटनामा संलग्न आरोपमा प्रहरीले यसअघि २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो।
लोकबहादुरमाथि अनुसन्धान गर्दै जाँदा थप तथ्य खुलेपछि उनका भाइलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ। लोकबहादुरले आफूले चिर्पटले हानेर ६ जनाको हत्या गरेको बयान दिइसकेका थिए। अनुसन्धानका क्रममा उनले हत्या गरेको समयमा उनका भाई नरेश प्रत्यक्षदर्शी रहेको तथ्य खुलेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ।
गत भदौ २१ गते लोकबहादुका आफन्त तथा छिमेकी ५५ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या सामूहिक हत्या भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-