काठमाण्डाै – सरकारले चीनबाट खरिद गरेको ४४ लाख डाेज भेरोसेल खोप ल्याउन आज बिहीवार राति नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ ।
सरकारले खरिद गरेकाे खाेप भाेलि चीनबाट ल्याइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । सरकारले ६० लाख डाेज खरिद गरेकामा यसअघि १६ लाख डाेज खोप नेपाल आइसकेको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीन जाने बताउनुभयो । उहाँका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ । नेपालमा अहिलेसम्म एक करोड ३३ लाख डाेज खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड डाेज थप खोप ल्याउने तयारी रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-