बैदेशिक पोष्ट
२०८२ माघ १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दसैँमा घर जाँदा यात्रुले गत वर्षभन्दा २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने

काठमाडौँ उपत्यकाबाट १० लाख मानिस बाहिरिने आँकलन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
अशोज ५, २०७८ १६;४८ मध्यान्ह प्रकाशित
दशैंको टिकट ‘बुकिङ’ खुलाउने तयारी, शुक्रबारसम्म टुङ्गो लाग्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दसैँ मनाउन घर जाने यात्रुले गत वर्षभन्दा यो वर्ष २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले २०७८ साल भदौ २७ गते अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधन यातायात भाडादर बढाएको थियो ।

बढाएको भाडादर भदौ २९ गतेदेखि नै लागू भइसकेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र लकडाउनका कारण ग्यारेजमा लामो समयसम्म थन्क्याउनुपर्दा सवारीसाधनको पाटपुर्जामा समस्या आएको जनाउँदै सरकारले भाडा बढाएको थियो । अब, दसैँमा उपत्यकाबाट घर जाने यात्रुहरूले सोही भाडादरअनुसार रकम तिरेर घर जानुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

मन्त्रिपरिषद्को बैठकले भदौ २७ गते बढाएको २८ प्रतिशत भाडादर लागू भइसकेकाले दसैँमा सोही भाडादर लागू हुने सिटौलाको भनाइ छ । उनले सरकारले तोकेभन्दा बढी भाडा लिन नमिल्ने र महासंघले त्यस्तो काम नगर्ने बताए । भने, ‘हामी सरकारले तोकेको भाडादरमै दसैँमा यात्रु ओसार्छौँ । तोकिएभन्दा बढी भाडा लिन मिल्दैन ।’

सरकारले मालबाहक सवारी साधनको भाडादर पनि बढाएको थियो । पहाडमा यस्ता सवारीसाधनको भाडादर २० प्रतिशत र तराईमा २६ प्रतिशतले बढाइएको थियो । मालवाहक सवारीसाधनमा बढेको भाडादर भदौ २९ गतेबाटै लागू भइसकेको छ ।

यात्रुले उपत्यका छाडेर दसैँ मनाउन घर जाँदा चार प्रकारका सवारी अनुसार फरक–फरक भाडा तिनुपर्ने महासचिव सिटौलाले जानकारी दिए । ‘अहिले नेपालमा सामान्य, डिलक्स, सुपर डिलक्स र एसी गरेर चार प्रकारका यात्रुवाहक सवारीसाधन छन्,’ उनले भने, ‘ती सवारीसाधनको स्तरअनुसार २०/२० प्रतिशत भाडा महँगिँदै जान्छ ।’

कतिले छाड्लान् उपत्यका ?
यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले यस वर्षको दसैँमा काठमाडौँ उपत्यकाबाट करिब १० लाख मानिस घर फर्किने अनुमान गरिएको बताए । उनका अनुसार गत वर्ष कोरोना महामारीका कारण उपत्यकाबाट जम्मा पाँच लाख मानिस बाहिरिएका थिए ।

सामान्यतया: अघिल्ला वर्षहरूमा उपत्यकाबाट दसैँको समयमा करिब २०÷२२ लाख मानिस घर फर्किन्थे । तर, गत वर्ष यो सङ्ख्या ह्वात्तै घटेर पाँच लाखमा झरेको भुसालले बताए । यद्यपि; यस वर्षको दसैँमा भने घर फर्किने मानिसहरूको सङ्ख्या १० लाख हाराहारी पुग्ने उनको भनाइ छ ।

भुसालले भने, ‘यो वर्ष धेरैले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका छन् । यस्तै, अघिल्लो वर्षको तुलनामा कोरोनाको महामारी पनि नियन्त्रित भएको छ ।’ सोही कारण, विभागले अघिल्लो वर्षको तुलनामा बढी मानिसहरूले यस वर्ष उपत्यका छाड्ने अनुमान विभागले गरेको हो । महासंघले पनि सोही अनुपातमा मानिसले उपत्यका छाड्ने अनुमान गरेको छ ।

अवरुद्ध सडक खुलाउन दबाब
दसैँ सुरु हुन करिब दुई सातामात्रै बाँकी रहँदा बाढी पहिरोका कारण अहिले देशभरका दर्जनौं स्थानमा सडक अवरुद्ध छ । सडक विभागका अनुसार जेठयता देशभर २१९ स्थानमा सडक अवरुद्ध भएको छ । यी मध्ये अहिले ८४ स्थानको अवरोध पन्छाएर सवारीसाधन दुईतर्फी सञ्चालन हुनसक्ने बनाइएको छ । यस्तै, १२३ स्थानमा एकतर्फी सञ्चालनमा ल्याइएको छ भने १२ स्थानमा सडक पूर्ण अवरुद्ध छ ।

बाढीपहिरोका कारण अवरुद्ध बनेका सबै सडक तत्काल सञ्चालनमा ल्याउनुपर्ने महासंघको माग छ । महासचिव सिटौलाले देशभरका सडकलाई तत्काल सवारी सञ्चालनयोग्य बनाउन माग गरे । उनले भत्किएका र खाल्डा परेका सडकलाई तत्काल मर्मत गर्न र खाल्डा पुर्न सरकारसँग माग गरेका हुन् ।

सिटौलाले भने, ‘सरकारले अहिले हामीलाई अग्रिम टिकट खुलाउन दबाब दिइरहेको छ । तर, अवरुद्ध बनेका सडक निर्माणतर्फ सरकारको ध्यान छैन । अवरुद्ध बनेका सबै सडकलाई दसैँअघि सञ्चालनयोग्य बनाउने व्यवस्था सरकारले गर्नुप–यो ।’ यसैगरी, यात्रु घर जाने समयमा हुने जाम हटाउन समेत सरकारले अहिलेदेखि आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ ।

टिकट काटेका यात्रु सहज ढंगले समयमै घरसम्म पुग्ने व्यवस्था गर्न र यात्रुबाहक र मालबाहक सवारी सञ्चालनको समय तोक्न महासंघले माग गरेको छ । दसैँको समयमा मालबाहक सवारीलाई रातको समयमा मात्र सञ्चालन अनुमति दिनुपर्ने र यात्रुबाहक सवारीलाई दिउँसो निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुपर्ने यातायात व्यवसायीको माग छ ।

सबै प्रदेशले भाडा समायोजन गर्नुपर्ने
संघीय सरकारले भदौ २७ गते राष्ट्रिय राजमार्गमा चल्ने अन्तरप्रदेश सवारीको भाडादर समायोजन गरेको थियो । प्रदेशभित्र चल्ने सवारीसाधनको भाडादर समायोजन अधिकार सम्बन्धित प्रदेश सरकारलाई नै दिइएको छ । सोहीअनुसार प्रदेश १ ले प्रदेशभित्र भाडा समायोजन गरिसकेको छ । प्रदेशले यात्रुबाहक सवारीसाधनको भाडादर २२ प्रतिशतसम्म बढाएको छ ।

यसबाहेक अन्य प्रदेशले भाडादर समायोजन गरेका छैनन् । ती सबै प्रदेशहरूले दसैँअगावै भाडा समायोजन गर्नुपर्ने यातायात व्यवसायीहरू बताउँछन् । संघीय सरकारले राष्ट्रिय राजमार्गमा भाडादर तोकेपछि अन्य प्रदेशमा फरक–फरक भाडादर कायम हुँदा व्यवसायी र यात्रु झुक्किने भएकाले सबै प्रदेशले छिटो भाडादर समायोजन गर्नुपर्ने महासंघ बताउँछ ।

अग्रिम टिकट बुकिङ कहिलेदेखि ?
यातायात व्यवस्था विभागले यही असोजको दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी भइरहेको जानकारी दिएको छ । विभागका अनुसार असोज ११ गतेसम्ममा अग्रिम टिकट बुकिङ खुलिसक्नेछ । यही विषयमा छलफल गर्न विभागले असोज ७ गते यातायात व्यवसायी र महानगरीय ट्राफिक प्रहरीसँग छलफल गर्दैछ ।

व्यवसायी र ट्राफिक प्रहरीसँगको छलफलपछि अग्रिम टिकट बुकिङ खुलाउने सूचना अधिकारी भुसालले जानकारी दिए । यही विषयमा छलफल गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघले समेत आन्तरिक छलफल गर्दैछ । आन्तरिक छलफल सकिएपछि विभागसँग समन्वय गरी अग्रिम टिकट बुकिङ खुलाउने महासंघले जानकारी दिएको हो । गत वर्ष भने कोरोना महामारीको प्रभावका कारण दसैँमा अग्रिम टिकट बुकिङ खुलाइएको थिएन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!