बैदेशिक पोष्ट
२०८२ मंसिर १, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रेमीलाई ६० हजार दिएर श्रीमतीले आफ्नै श्रीमानको हत्या गराएको खुलासा, यसरी बनाइन् हत्या योजना

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
अशोज ६, २०७८ १०;०७ बिहान प्रकाशित
‘प्रेमीसँग मिलेर श्रीमानको हत्या’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सिरहा : सिरहाको गोलबजार नगरपालिका- ४ निपनिया कुटी टोलका हरिहरदेवी महराले प्रेमीलाई ऋण गरी ६० हजार रुपैयाँ दिएर आफ्नै श्रीमान दुखरन मोचीको हत्या गराएको खुलेको छ। गत भदौ १८ गते निपनियाका ३९ वर्षीय मोचीको शव भारतको बिहार राज्य जयनगरस्थित वरही गाउँको नहरमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला परेको थियो।

उक्त हत्या नीजकै श्रीमती ३८ वर्षीया हरिहरदेवीको योजनामा भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ। हत्या आरोपमा हरिहरदेवीलाई घरबाटै प्रहरीले आइतबार पक्राउ गरी सोमबार साँझ सार्वजनिक गरेको छ। भारतीय प्रहरीले नेपाल प्रहरीलाई घटनास्थलको सम्पूर्ण विवरण पठाएको थियो।

घटनामा संलग्नमध्येका हरिहरदेवीको प्रेमी २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी भारतकै जयनगर थानाबाट थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले बताए। पक्राउ परेका आरोपित यादव भारतको जिल्ला मधुबनी देउधा गाउँका हुन्।

अवैध प्रेम सम्बन्ध र घरेलु हिंसा
हत्याको कारणमा अवैध प्रेम सम्बन्ध र घरेलु हिंसा रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ। मृतक मोचीको श्रीमती र ४ छोराछोरी छन्। उनी १० वर्ष पहिला वैदेशिक रोजगारीको सिलसिलामा कतारबाट फर्केर गाउँमा फर्निचर र किराना पसल सञ्चालन गरेर बस्दै आएको थियो।

मृतक मोचीले विदेशमा रहँदा कमाएर घरमा पठाएको रुपैयाँको हिसाब श्रीमतीसँग बारम्बार मागे। खर्चको हिसाब माग्दा खटपट हुँदा मापसे गरेर आफूलाई मृतक मोचीले पटक पटक कुटपिट गर्दै आइरहेको प्रहरीलाई हरिहरदेवीले सुनाएकी छिन्। झगडा हुँदा घरमा रहेको किराना पसलको सामान फालिदिने, पैसा चोरी गर्ने तथा पसलमा आगोसमेत लगाइदिने मृतक मोचीले गर्दै आइरहेको हरिहरदेवीले प्रहरीलाई बताएकी छन्।

प्रहरीका अनुसार श्रीमानले दिँदै आएको बारम्बारको यातनाको कारण उनी दुई पटक आत्महत्या गर्ने प्रयास गरेकी थिइन्। तर, छोराछोरीको भविष्य सम्झेर आत्महत्या नगरेको हरिहरदेवीको भनाई छ। आफु मर्नुभन्दा श्रीमानलाई नै मारेर समस्या समाधान हुने सोच बनाइन्।

यसरी बनाइन् हत्या योजना
दुई वर्ष अगाडि हरिहरदेवी पाठेघरको अप्रेसन गराउन श्रीमानसँगै भारतीय बजार जयनगर पुगिन्। त्यहाँ उनको उपचारको क्रममा अस्पतालमा बस्दा भारतीय नागरिक एम्बुलेन्स चालक मुकेश यादवसँग चिनजान भयो। चिनजानपछि उनीहरुको सम्बन्ध प्रेममा परिणत भयो।

श्रीमानले कुटपिट गरिरहेको र दुःख दिने गरेको कुरा हरिहरदेवीले प्रेमी मुकेशलाई सुनाइन्। प्रेमीलाई आफ्नो श्रीमानलाई हत्या गरिदिनु पर्‍यो भनेर हरिहरदेवीले आग्रह गरिन्। त्यसबापत मुकेशले एक लाख भारतीय रुपैयाँ सुपारीको रुपमा माग गरे। हरिहरदेवीले एक लाख रुपैयाँ नभई ४०/५० हजार दिने कबोल गरिन्।

हत्या गराउन आवश्यक रकम व्यवस्थापन गर्नको लागि हरिहरदेवीले घर खर्चको अभाव भयो ऋण निकाल्नुपर्‍यो भनेर श्रीमानसँग सल्लाह गरिन्। भदौ १७ गते गोलबजारस्थित छिमेक लघुवित्तबाट ६० हजार ऋण निकालिन्। ऋण निकालिसकेपछि हरिहरदेवीले बिरामी भएको र उपचारको लागि भारतीय बजार जयनगर जाउ भनेर श्रीमानलाई फकाइन्।

अवैध प्रेम सम्बन्ध तथा घरेलु हिंसा, उपचार क्रममा भारतीय बजार पुग्दा एम्बुलेन्स चालकसँग प्रेम गरिन्, पछि त्यही प्रेमीबाट श्रीमानलाई हत्या गराएको खुलेको छ। सीमावर्ती बजार माडर पुगेर उनी प्रेमी मुकेशलाई फोनमा आफूहरु आइरहेको जानकारी गराइन्। हत्या योजना मुताबिक चाहिने रकम दुखरनको खल्तीमा रहेको उनले बताइन्। हत्यापछि त्यही रुपैयाँ लिन भनेर उनले सुनाएकी थिइन्।

करिब साँझ ६ बजे भारतीय बजार जयनगर रेल्बे स्टेशनमा पुगेर श्रीमान–श्रीमती चिया, खाजा खान बसे। त्यहाँ हरिहरदेवीको प्रेमी मुकेश यादव २ जना अन्य साथीहरुसँग आए। मुकेश अन्यत्र ठाउँमा खाजा खान जाउ भन्दै दुखरनलाई बुलेट बाइकमा लगेका थिए।

त्यसपछि दुखरनको घाँटी काटेको अवस्थामा शव फेला पर्‍यो। प्रहरीका अनुसार मुकेशले आफ्ना दुई साथी लगाएर हत्या गरी मृतकको साथमा रहेको ६० हजार नगद पनि लगेको देखिएको छ। भारतमा दुखरनको हत्या भएको सुनाउन हरिहरदेवी गाउँ शव भेटेकै दिन आइन्। त्यसपछि प्रहरीले अनुसन्धान गर्दा संलग्नता देखिएको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!