भारतबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याइएका मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएका मोबाइलको कारोबार गर्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले महोत्तरी घर भएका २१ वर्षीय आकाश कार्की र सोही उमेरका अमित कुमार महतोलाई काठमाडौँबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट आईफोन, सामसुङ, लाभा, ओप्पो, हुवावे र रियलमी कम्पनीका ६१ थान मोबाइल बरामद गरेको छ । दुवैलाई अवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण पठाइएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-