बैदेशिक पोष्ट
२०८२ पुस १, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

१४ वर्षकै उमेरदेखि गैंडाको खाग तस्करी गर्न थालेका करणसहित आठजना पक्राउ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
अशोज १२, २०७८ २०;१९ मध्यान्ह प्रकाशित
१४ वर्षकै उमेरदेखि गैंडाको खाग तस्करी गर्न थालेका करणसहित आठजना पक्राउ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

चितवन । राज्यले १६ वर्षमुनिका नागरिकलाई बालबालिकाका रूपमा हेर्ने गरेको छ । १६ वर्ष पुगेपछि मात्रै व्यक्तिले नागरिकता पाउने गर्छ । बालबालिकालाई शिक्षादीक्षा दिनु उसको बाबु आमा र राज्यको पहिलो कर्तव्य हो । चेपाङ समुदायका एक व्यक्तिले भने आफ्नो छोरालाई १४ वर्षकै उमेरदेखि दुर्लभ एकसिंगै गैंडाको चोरी शिकारीमा संलग्न गराएको पाइएको छ ।

चितवन कालिका नगरपालिका–११ सैपामका बिन्द्रसिंह प्रजाले आफ्ना छोरा करण मुक्तान भनिने करण प्रजालाई १४ वर्षकै उमेरदेखि गैंडा चोरी शिकारीमा संलग्न गराएका हुन् । २९ वर्षीय करण प्रजा आजभन्दा १५ वर्षअघिदेखि बुबासँग गैंडाको खाग तस्करीमा संलग्न हुँदै आएका छन् । गैंडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले ३० असार २०७२ मा बाबु छोरालाई नै दोषी ठहर गर्दै जनही १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिमाना तोकेको थियो ।

त्यतिबेला गैंडाको चोरी शिकारी मुद्दामा निकुञ्जले नै फैसला गर्ने व्यवस्था थियो । फैसला भइसकेपछि उनीहरूले आफ्नो वास्तविक बासस्थान छाडेर विभिन्न स्थानमा गई लुकिछिपी बस्दै आएका थिए । त्यसक्रममा गैंडाका खाग तस्करीमा उनीहरूको संलग्नता रहँदै आयो । बिन्द्रसिंहलाई सागर प्रजा र ठूलो कान्छाका रूपमा पनि बोलाउने गरिएको छ ।

फरार प्रतिवादीको सूचीमा रहेका बिन्द्रसिंह प्रजालाई निकुञ्जले केहि दिनअघि तनहुँबाट पक्राउ गरी भरतपुर कारागार पठाएको हो । कात्तिक २०७६ देखि असोज २०७७ सम्मको अवधिमा बिन्द्रसिंहका छोरा करणसहित १७ जनाले पुनः चारवटा गैंडा मारेको निकुञ्जको अनुसन्धानबाट खुलेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरंक्षण अधिकृत अणनाथ बरालले बताए ।

निकुञ्जले चारवटा गैंडा मारेको आरोपमा ३२ साउन २०७८ देखि १० भदौसम्मको अवधिमा करणसहित आठजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । करणले बाबुको नाम अर्कै राखेर मकवानपुरबाट नागरिकता निकालेको पाइएको उनले जानकारी दिए । ‘करणका बुबालाई हामीले यसअघि नै तनहुँबाट पक्राउ गरी कारागार पठाएका थियौँ’, उनले भने, ‘बाबुको अर्कै नाम राखेर करण विदेश जाने तयारीमा रहेछन् । गएको भदौमा हामीले उनलाई लोथरबाट पक्राउ गरेका हौँ ।’

चारवटा गैंडा मार्नमा संलग्न १७ जनामध्ये नौजना अझै फरार रहेको उनले बताए । उनका अनुसार निकुञ्जले गत आव २०७७\७८ मा २८ जना र यस आव २०७८\७९ मा १४ जना गरी ४२ जनालाई गैंडा चोरी शिकारी गरेको आरोपमा पक्राउ गरिसकेको छ ।

पक्राउ परेका आठजनालाई निकुञ्जले मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गैंडाकोट नगरपालिका–१ धारापानीका ३२ वर्षीय चतुरे भन्ने गोपाल सारु, बेनिघाट रोराङ गाउँपालिका १ का ३५ वर्षीय कवि भन्ने रामकुमार श्रेष्ठ, मनहरी गाउँपालिका–४ मसिने टोङग्राङ खोला बस्ने ३० वर्षीय जयबहादुर प्रजा र सोही ठाउँका ३६ वर्षीय दिलबहादुर प्रजा भन्ने सिंहराम प्रजालाई पक्राउ गरेको हो ।

त्यसैगरी, मकवानपुर साविक सरीखेत–९ का २९ वर्षीय करण मुक्तान भन्ने करण प्रजा, मनहरी गाउँपालिका–४ बस्ने सुरेश प्रजा, सोही ठाउँका २७ वर्षीय सरोज मुक्तान र माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।

सरोज मुक्तान फोक्सोको गम्भीर खालको रोगको विरामी भएकाले सम्बन्धित् वडाध्यक्षको रोहवरमा भनेको बेला अदालतमा उपस्थित हुनेगरी घरमा बस्न दिइएको उनले बताए । मंगलबार करण प्रजाका बुबा बिन्द्रसिंह प्रजालाई कारागारबाट ल्याएर सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!