बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सन्तानले आमाको वंश छनोट गरे उनकैमात्र नाम राखेर नागरिकता दिन सर्वोच्चको आदेश

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
अशोज १६, २०७८ ०९;१९ बिहान प्रकाशित
कुलमान नियुक्ति विरुद्धको मुद्दामा अन्तरिम आदेश भएन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सर्वोच्च अदालतले आमाको वंश छनोट गर्ने सन्तानलाई उनकै नाममात्र उल्लेख गरेर नागरिकताको प्रमाणपत्र दिन परमादेश गरेको छ। काठमाडौं महानगरपालिका-३ की तनीसि चन्दको रिटमा फैसला गर्दै न्यायाधीश दिपककुमार कार्की र हरि फुयाँलको इजलासले जिल्ला प्रशासन कार्यालयका नाममा यस्तो परमादेश गरेको हो। आमा वा बावुमध्ये एकको वंश छनोट गर्ने अधिकार सन्तानलाई भएको सर्वोच्चको उक्त फैसलामा उल्लेख छ।

साउन २४ गते गरेको फैसलाको पूर्णपाठमा उल्लेख छ, ‘निवेदकको वंश छनोट गर्ने अधिकार रहेको हुँदा निजले आवेदनका साथमा पेश गरेको अन्य कागजातबाट आमा र बावु दुवैको पहिचान खुलेकाले सो विवरण जिल्ला प्रशासन कार्यालयको ढड्डासम्ममा उल्लेख गरि माग गरेबमोजिम नागरिकता प्रमाणपत्रमा आमाको नाममात्र उल्लेख गरि नागरिकता जारी गर्नु भनि जिल्ला प्रशासन कार्यालय काठमाडौंको नाममा परमादेशको आदेश गरिदिएको छ।’

बावु र आमा दुवै नेपाली भएको प्रमाणका आधारमा सर्वोच्चले तनीसिलाई वंशजको आधारमा नागरिकता दिन आदेश दिएको हो। संविधानको एउटा प्रावधानमा आमा वा बावु नेपाली भए वंशजको नागरिकता पाइने उल्लेख छ। अर्को प्रावधानमा भने आमाको पहिचानबाट मात्र नागरिकता दिनको लागि बुवाको पहिचान नभएको हुनुपर्ने व्यवस्था छ। यहाँ पहिचान भनेको नागरिकता नै हो।

तनीसिको मुद्दामा पनि बावुको पहिचान खुलेकाले अदालतले आमाको नाममात्र नागरिकता प्रमाणपत्रमा राख्न आदेश दिएको हो। उनले नागरिकता प्रमाणपत्रमा बावुको नाम उल्लेख गर्न नचाहेको कुरालाई भने अदालतले उनको इच्छाको सम्मान गर्नुपर्ने बताएको छ।

‘नागरिकता भनेको राज्यले आफ्ना नागरिकको पहिचानका लागि जारी गर्ने महत्वपूर्ण र यसबाट राज्यद्वारा प्रदान गरिने अधिकार प्राप्त गर्नका लागि व्यक्तिको सम्बन्धको पहिचानसमेत दिने आधार हो,’ फैसलामा भनिएको छ, ‘यसरी नागरिकले आफ्नो पहिचान पाउने र सदैव साथमा रहेको नागरिकताप्रमाणपत्रमा निजले अनिच्छा गरेको व्यक्ति हुँदा निजको सम्मानमा आघात पर्ने देखिन्छ।’

चन्दले आफ्नो रिटमा आफूलाई बालकैमा बुवाले छोडेर गएको र आमाले मात्र हुर्काएको उल्लेख गरेकी छन्। उनका आमाबावुको सम्बन्ध विच्छेद २०६५ सालमा भएको कागजात बाट उनका बुवा नेपाली नै रहेको खुलेको भन्दै अदालतले आमाको नाममात्र उल्लेख गरि नागरिकता दिन आदेश गरेको हो।

निवेदक चन्दले पनि आफूले आमा वा बावुको वंश रोज्न पाउने अधिकार रहेको भन्दै अहिलेसम्म नदेखेका बुवाको नाममा नागरिकताको प्रमाणपत्र नलिने उनको जिकिर गरेकी थिइन्। २०७७ साल माघमा नागरिकता बनाउने सिफारिसका लागि उनी पहिले वडा कार्यालय गएकी थिइन्। वडाले सिफारिस बनाइदियो तर जिल्ला प्रशासन कार्यालयले भने आमाको नाम राखेरमात्र नागरिकता दिन अस्वीकार गर्यो।
त्यसपछि उनले सर्वोच्च अदालतमा रिट लिएर आएकी थिइन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!