बिराटनगर := अविरल वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ। लगातार आएको बाढी विमानस्थल क्षेत्रमा पसेको हो। विमानस्थलको पश्चिम भएर बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ। रनवे र ट्याक्सी वेमा पानी जलमग्न भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार बुधबार बिहानबाट विमानस्थलमा बाढीको पानी पसेको हो। बाढीको पानी निरन्तर पसे हवाई उडान प्रभावित हुने उनले बताए। वि.सं. २०७४ सालमा आएको बाढी पस्दा विमानस्थल एक साताभन्दा बढी समय बन्द भएको थियो । नेपाली सेनाले हिलो पन्छाएपछि सेवा सुरु भएको थियो ।
वर्षाको पानी विमानस्थलको रनवे, ट्याक्सी वे पानी जमेको छ । एयरपोर्टको सबै क्षेत्रमा बाढी पसेको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए । उनले भने ुहामी त बाढी पीडित भयौं । उनका अनुसार निरन्तर पानी बढेका कारण क्वाटरमा पनि बाढी पस्ने जोखिम छ । बाढी पसेपछि उडान प्रभावित भएको उनले बताए । अविरल वर्षाका कारण केसलीया खोलामा आएको बाढी एयरपोर्टमा पसेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-