काठमाडौं । ट्राफिक नियम उल्लंघन गरे कारबाहीमा परिन्छ । त्यसक्रममा डिउटीमा खटिएका ट्राफिक प्रहरीले चिट काटी सवारीचालकको लाइसेन्सलगायत कागजपत्र समेत लिने गर्छन् ।
त्यसरी लिइएको कागजपत्र ट्राफिक प्रहरी कार्यालयमा पुर्याइन्छ । कारबाहीमा परेका सवारीचालकले आफ्नो कागजपत्र कुन ट्राफिक कार्यालयमा छ भनी सजिलै जानकारी लिन सक्छन् । त्यसका लागि मोबाइलको म्यासेज बक्समा ईचलान (Echalan) टाइप गरी एक स्पेस छोडेर आर्थिक वर्ष र चिट नम्बर लेखी ३४००१ पठाउनुपर्छ ।
त्यसको केही समयपछि ट्राफिक प्रहरीले खिचेको कागजपत्र कुन ट्राफिक प्रहरी कार्यालयमा छ भनी एसएमएसमार्फत जानकारी पाउन सकिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले चिट काटेको केही समयपछि मात्रै डकुमेन्ट ट्रयाकिङ सिस्टम (डीटीएस)) सक्रिय हुने जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-