बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एकल पुरुषलाई पनि मासिक भत्ता

जीवन सहज बनाउने उद्देश्यसहित १३ वटा स्थानीय तहले कानुनी प्रबन्ध गर्दै एकल पुरुषलाई मासिक भत्ता दिइरहेका छन्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
कार्तिक २२, २०७८ ११;५१ बिहान प्रकाशित
कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

ललितपुरको बागमती गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाकै वडा ४ का भोलानाथ तिमल्सिनाले गत वर्षदेखि एकल पुरुष भत्ता लिन थालेका छन् । एकल पुरुष भत्ताका कारण उनलाई यताउता जान छोराबुहारीसामु हात फैलाउनुपरेको छैन । ‘दुई–चार पैसा खल्तीमा भयो भने सजिलो त भइहाल्छ । भत्ता लिन थालेदेखि छोराबुहारीलाई कतै जानुपरे पैसा माग्नुपरेको छैन,’ तिमल्सिनाले भने । गत वर्षको साउनमा फाराम भरेर उनले भत्ता लिन थालेका हुन् ।

गाउँपालिकाकै वडा २ का केदारप्रसाद लामिछानेले पनि गत वर्षदेखि नै एकल पुरुष भत्ता लिन थालेका हुन् । उनलाई एकल पुरुष भत्ता पाउन थालेदेखि केही सहज त भएको छ, तर महिलालाई जति नै दिए राम्रो हुन्थ्यो भन्ने लागेको छ । ‘भत्ता पाउन थालेदेखि सजिलो त भएको छ । यस्तो भत्ता हाम्रो गाउँपालिका र अर्को एक गाउँपालिकाले मात्र दिँदोरैछ । तर महिलाले तीनरचार हजार पाउने रैछन् । हामीलाई पनि सरकारले नै दिए हुन्थ्यो,’ उनले भने । एकल महिलाका लागि भत्ता बैंक खातामार्फत आउँछ । आफूहरू पनि यसरी नै आए हुने भन्ने उनलाई लागेको छ । उनीहरूले एकल पुरुष भत्ता वडा कार्यपालिकामार्फत त्रैमासिक रूपमा लिने गरेका छन् ।

गाउँपालिकाले यो वर्ष एक हजारबाट बढाएर १५ सय रुपैयाँ भत्ता बनाएको छ । गाउँपालिकाले भत्ता दिन यो वर्ष सात लाख रुपैयाँ विनियोजनसमेत गरेको छ । ‘हामीले एकल पुरुष भत्ता बाँड्न थालेपछि एकल भएर बस्न परेको पुरुषलाई सजिलो भएको छ,’ गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले भने, ‘हामीले एकल पुरुषलाई भत्ता दिन थालेको तीन वर्ष भइसकेको छ । यो वर्ष पनि यसैलाई निरन्तरता दिन बजेट छुट्याएका छौं ।’

चार सय ६० गाउँपालिकामध्ये एकल पुरुष भत्ता वितरण गर्ने बाग्मती उपत्यकाको एक मात्र स्थानीय तह हो । बाग्मतीले पहिलोपटक भत्ता वितरण सुरु गरेको थियो । गाउँपालिकाले आर्थिक वर्ष ०७५र७६, ०७६र७७ र ०७७र७८ मा पाँचरपाँच लाख बजेटमै व्यवस्था गरेर वितरण गर्दै आएको छ । त्यसलाई बढाएर आव ०७८र८९ मा सात लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले कार्यविधि नै बनाएर भत्ता वितरण गर्दै आएको छ ।

एकदेखि दुई हजारसम्म मासिक भत्ता
बैतडीको मेलौली नगरपालिकाकी उपमेयर राधा ओझाका अनुसार ०७४ कात्तिकदेखि नगरपालिकाले एकल पुरुष भत्ता वितरण गर्न थालेका हो । सुरुवाती वर्षमा एक हजार रुपैयाँ वितरण गर्न थाले पनि यो वर्षबाट भने बढाएर दुई हजार रुपैयाँ पु¥याएको छ । नगरपालिकाका ९६ जना ५० देखि ६० वर्षसम्म उमेर समूहका एकल पुरुषले यो भत्ता पाउँदै आएका छन् । ‘नागरिकता, वडाको सिफारिस भएका व्यक्तिलाई हामीले बैंक खातामा चौमासिक रूपमा विदुर भत्ता पठाउने गरेका छौं,’ उपमेयर ओझाले भनिन्, ‘स–साना बालबच्चा हुन्छन् । महिलाले हुर्काइ बढाई गरेर बस्छन् । तर पुरुषहरू विवाह गरिहाल्छन् । त्यही भएर यस्ता विवाह रोक्न र यति रकमले उनीहरूलाई केही सहज हुन्छ कि भनेर प्रदान गर्न थालेका हौं ।’ यो रकम लिने एकल पुरुषले विवाह गरेमा भत्ता रद्द हुने उनले बताइन् । भत्ता रकम कार्यपालिका बैठकले निर्णय गरेर नै प्रदान गर्न थालिएको हो । मैलौली दुई सय ९३ नगरपालिकामध्ये एकल पुरुष भत्ता वितरण गर्ने पहिलो नगरपालिका हो ।

तेह्रथुमको छथर गाउँपालिकाले गत वर्ष पाँच हजार रुपैयाँ एकल आर्थिक सहयोग भनेर एकल पुरुष भत्ता वितरण गरेको थियो । यो वर्ष भने गाउँपालिकाले मासिक एक हजारका दरले एकल पुरुष भत्ता वितरण गर्नेछ । उक्त रकम आर्थिक वर्षको अन्त्यमा प्रत्येक वडामा एक कार्यक्रमको आयोजना गरी खादा ओडाएर सम्मानको साथै १२ हजार रकम प्रदान गर्ने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । ‘हामी निर्वाचित भएर आएपछि टोल बस्तीमा पुग्दा एकल पुरुषले पनि दुःख पाएको देख्यौं । कतिपय पुरुषलाई आफन्तले छाडेको, कतिपय पुरुष संरक्षण अभावमा नाजुक अवस्थामा रहेको भेट्यौं । त्यसैले हामी स्थानीय घरआँगनको सरकारले किन सहयोग नगर्ने भनेर सुरु गरेका हौं,’ लिम्बूले भने ।

नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को बौदीकाली गाउँपालिकाले चालू आर्थिक वर्षको कार्यक्रममा एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ उपलब्ध गराउने भएको छ  ।गाउँपालिकाले कात्तिक अन्त्यदेखि भत्ता वितरण गर्न लागेको प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । उनका अनुसार गाउँपालिकाका ६० जना एकल पुरुषलाई यस्तो भत्ता वितरण गर्न लागेको हो । गाउँपालिकाले ४० देखि ७० वर्ष उमेर समूहका एकल पुरुषलाई एकल पुरुष भत्ता भनेर वितरण गर्न लागेको हो ।

‘हाम्रो गाउँपालिका नवलपरासीको पहाडी बेल्ट हो । यहाँका महिला मात्र होइन, पुरुषहरू पनि आर्थिक र सामाजिक अवस्थाबाट कमजोर रहेका छन् । त्यसैले उहाँहरूबाट माग पनि भएर आएकाले यो भत्ता वितरण गर्न लागेका हौं,’ सुवेदीले भने, ‘दोहोरो सुविधा नहुने गरी पुनः विवाह नगरेका पुरुषलाई भत्ता वितरण लागेका हौं ।’ यी स्थानीय तहबाहेक ताप्लेजुङको फुङलिङ नगरपालिका, दार्चुलाको अपि हिमाल गाउँपालिका, जुम्लाको गुठीचौर गाउँपालिका, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, इलामको देउमाइ नगरपालिका, बझाङका दुर्गाथली, थलारा, वित्थडचिर गाउँपालिका र जयपृथ्वी नगरपालिकाले पनि एकल पुरुष भत्ता वितरण गर्दै आएका छन् ।

एकल पुरुष भत्ता वितरण गर्ने स्थानीय तह

  •  ललितपुरको बागमती गाउँपालिका
  •  नवलपरासीको बौदीकाली गाउँपालिका
  •  ताप्लेजुङको फुङलिङ नगरपालिका िदार्चुलाको अपि हिमाल गाउँपालिका
  •  जुम्लाको गुठीचौर गाउँपालिका
  •  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका
  •  इलामको देउमाई नगरपालिका
  • बझाङका दुर्गाथली, थलारा र वित्थडचिर गाउँपालिका र जयपृथ्वी नगरपालिका
  • तेह्रथुमको छथर गाउँपालिका
  •  बैतडीको मेलौली नगरपालिका

६० देखि ७० वर्षका एकल पुरुषलाई भत्ता
बागमती गाउँपालिकाले सुरुवाती वर्षमा एक हजार रुपैयाँ वितरण गर्न थाले पनि आव ०७८÷८९ मा भने त्यसलाई बढाएर १५ सय रुपैयाँ बनाएको छ । ‘हामी जनप्रतिनिधि भएर आएपछि गाउँ घुम्दै गर्दा धेरै एकल पुरुषले दुःख पाएका देख्यौं । श्रीमती बितेपछि पुरुषलाई पनि एक्लोपना हुन्छ । छोराबुहारीले नहेर्न, खर्च नदिने जस्ता समस्या हुन्छ,’ गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन भन्छन्, ‘६० वर्षसम्म उमेरका कारण पनि काम गरेर जीवनयापन गर्न सक्छन् । तर त्यो भन्दा माथिको उमेरका पुरुषलाई शारीरिक रूपमा पनि समस्या हुन्छ । ७० वर्ष पुगेपछि त केन्द्र सरकारले नै वृद्ध भत्ता व्यवस्था गरेको छ । त्यसैले हामीले यो उमेर समूहका लागि भत्ता वितरण गर्न थालेका हौं ।’  बाग्मतीले भत्ता दिन सुरु गरेसँगै अन्य स्थानीय तहले पनि एकल पुरुष भत्ता दिन थालेका छन् । केन्द्र सरकारले ७० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भत्ता प्रदान गर्दै आएको छ । ६० वर्ष पूरा भएका दलित र कर्णाली क्षेत्रका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!