काठमाडौं: सोलुखुम्बुको खाङ्तेगा हिमाल आरोहण गर्ने क्रममा तीन बेपत्ता फ्रान्सेली नागरिक अझै भेटिएका छैनन्। फ्रान्सबाट आएको उच्चस्तरीय टोलीले हेलिकोप्टरबाट दैनिक खोजेपनि उनीहरु भेटिएका छैनन्। आफ्ना वेपत्ता नागरिकको उद्दारका लागि फ्रान्सबाट १४ सदस्यीय उच्चस्तरीय टोली नेपाल आएको हो। उनीहरुले दैनिकजसो खोजि कार्यलाई तीव्रता दिएपनि फेला पार्न सकेका छैनन्।
सो टोली सोमबार पनि खोजिका लागि खाङ्तेगा हिमाल गएको थियो। खोजिका क्रममा हिमालमा मान्छेजस्तो देखिएपनि एकिन हुन नसकेको स्रोतले बताएको छ। प्रतिकूल मौसमका कारण आज उद्दार टोली त्यहाँ पुग्न सकेको छैन। मौसममा सुधार आएपछि हेलिकोप्टरसहित उद्दार टोली त्यहाँ जाने बताइएको छ।
काठमाडौंस्थित होलिडे हिमालयन एक्सपीडीसन नामक कम्पनीबाट आठजना फ्रान्सेली नागरिकहरुले सोलुखुम्बुको खाङ्तेगा र चोलात्से हिमाल आरोहणका लागि अनुमति लिएका थिए।
उनीहरुमध्ये तीनजना खाङ्तेगा हिमाल आरोहणका क्रममा बेपत्ता भएका हुन। बाँकी ५ जना फ्रान्सेलीहरु भने कम्पनीको सम्पर्कमा आइसकेका छन्। उनीहरुले असोज १७ गते पर्यटन विभागबाट हिमाल आरोहण अनुमति पाएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-