काठमाडौं। ग्लोबल वार्मिङका कारण विश्वका कैयौं ठूला सहर २०५० देखि २१०० सम्म डुब्नेछन् । तर, सबेभन्दा धेरै खतरा आगामी ९ वर्षमा विश्वका ९ ठूला सहरहरुलाई छ । यी सहरहरु समुद्री जलस्तर र बाढीका कारण डुब्न सक्छन् । क्लाइमेट सेन्ट्रल नामक परियोजनाले ग्लोबल वार्मिङका कारण बढ्दो खतरामाथि एक रिपोर्ट तयार गरेको छ । यो रिपोर्टमा यी सहरहरु डुब्ने जोखिम औंल्याइएको छ ।
१. नेदरल्याण्डको एम्सटर्डम
नेदरल्याण्डको राजधानी एम्सटर्डम, रटरडम र हग जस्ता सहसहरु कम उचाइमा छन् । यी सहरहरु नर्थ सीको नजिक छन् । यो देश बाढीबाट बचाउ र आफ्नो प्रविधिका लागि विश्वमै प्रसिद्ध छ । तर, जुन हिसाबले समुद्री जलस्तर बढिरहेको छ त्यसलाई हेर्दा यो देशका केही सुन्दर सहर बच्छन् जस्तो देखिँदैन । कुनै पनि बाँध, बेरियर, फ्लडगेटले यी सहरलाई बचाउन सक्ने छैनन् । तर, यिनीहरुको प्रविधिलाई सुधार गरियो र अपग्रेड गरियो भने सहरहरुलाई केही समयको लागि बचाउन सकिन्छ ।
२. इराकको बसरा
इराकको मुख्य बन्दरगाह बसरा शत अल अरब नामको ठूलो नदीको किनारमा छ । शत अल अरब नदीमा पारसको खाडी मिसिन्छ । कैयौं नहरहरु र ब्याक वाटर च्यानलको माध्यमबाट यो सहर खाडीसँग जोडिएको छ । यसका कारण यो सहरको आसपार धेरै दलदल क्षेत्र पनि छ । यदि समुद्रको जलस्तर बढ्यो भने यो सहर खतरामा छ । सबैभन्दा ठूलो समस्या पानीबाट हुने रोगहरुबाट बसरा सहर जुधिरहेको छ । यदि बाढी आयो भने यो सहरमा धेरै नोक्सान हुन सक्छ । यो सहर नक्साबाट हराउन पनि सक्छ ।
३. अमेरिकाको न्यू ओरलिन्स
अमेरिकाको न्यू ओरलिन्स सहरको बीचबाट नहरहरु र जलीय शाखाहरुको छाल फैलिएको छ । यो जालले यो सहरलाई बाढीबाट बचाउँछ । यसको उत्तरमा लेक मरेपस, दक्षिणमा लेक साल्भाडोर र एउटा सानो ताल छ । यदि यो सुरक्षा जाल भएन भने न्यू ओरलिन्समा भारी विनाश हुन सछ । तर, यसका बावजुद समुद्रको जलस्तर बढ्यो भने यो सहरको लागि खतरा छ । सहरको द बिलोक्सी र जिन लेफिटे वाइडलाइफ प्रिजर्भलाई धेरै खतरा छ । यी आरक्षहरु पानीको सतहबराबर छन् । थोरै पानीको स्तर बढे यिनीहरु डुब्नेछन् ।
४. इटलीको भेनिस
इटलीको भेनिस सहर पानीको बीचमा बनेको छ । यहाँ हरेक वर्ष हाइ टाइडले बाढी आउँछ । यो सहरमा २ किसिमको खतरा छ । पहिलो समुद्री जलस्तर बढ्ने र दोस्रो यो सहर आफैं डुबिरहेको छ । हरेक वर्ष २ मिलिमिटर तल भासिइरहेको छ । न्यू ओरलिन्समा जस्तै भेनिसमा बाढीबाट बचाउको लागि प्रविधि लगाइएको छ, बाढी प्रतिरोधी व्यवस्था गरिएको छ तर पनि यहाँ हरेक वर्ष बाढी आउँछ । यदि समुद्रको जलस्तर बढ्यो भने २०३० सम्म यो सहर पानीभित्र डुब्नेछ ।
५. भियतनामको हो चि मिन्ह
भियतनामको पूर्वी क्षेत्रमा रहेको यो सहर पूर्ण रुपमा समतल छ । समुद्र तलबाट यसको उचाइ धेरै छैन । यो सहर थु थियेम नामको दलदली जमिनमा बसेको छ । यसलाई सबैभन्दा ठूलो खतरा मेकोंग डेल्टासँग छ । यो डेल्टाको जलस्तर लगातार बढिरहेको छ । वैज्ञानिकहरुलाई हो चि मिन्ह २०३० सम्म पानीभित्र डुब्ने आशंका छ । यो सहर पनि भेनिस र न्यू ओरलिन्स जस्तै पानीभित्र डुब्न सक्छ ।
६. भारतको कोलकाता
भारतको पश्चिम बंगालको राजधानी कोलकाता र त्यसको आसपासको जमिन शताब्दीऔंदेखि निकै उर्वर मानिएको छ । तर, यदि क्लाइमेट सेन्ट्रलको नक्सा हेर्ने हो भने यो सहरको लागि पनि समुद्री जलस्तर बढ्ने खतरा निकै धेरै छ । यो सहर पनि हो चि मिन्ह सहरजस्तै मनसुनको वर्षा र हाइ टाइडको समस्यासँग जुधिरहेको छ । यहाँ वर्षाको समयमा बाढी आउँछ । जमिनले बाढीको पानी सोस्दैन । यसको नजिक रहेको ठूलो डेल्टा षेत्र यसको लागि खतरा हुन सक्छ ।
७. थाइल्याण्डको बैंकक
थाइल्याण्डमा पर्यटनको लागि प्रसिद्ध सहर बैंकक ग्लोबल वार्मिङबाट अत्यन्तै धेरै प्रभावित छ । थाइल्याण्डको यो राजधानी सहर समुद्री जलस्तरबाट केवल १.५ मिटर माथि छ । यो सहर पनि भेनिसजस्तै हरेक वर्ष २ देखि ३ सेन्टिमिटर भासिइरहेको छ । यो पूरै सहर बलौटे माटोमा बनेको छ । २०३० सम्म यसका तटीय क्षेत्र था खाम र समुत प्रकान पूरै पानीभित्र डुब्न सक्छन् । साथमा सुवर्णभूमिमा रहेको यो सहरको विमानस्थल पनि डुब्न सक्छ ।
८. गुएनाको जर्जटाउन
गुएनाको राजधानी जर्जटाउनले समुद्री बाढीबाट बच्न आफ्नो चारैतिर पर्खाल बनाउको छ । यसको एकातर्फ करिब ४०० किलोमिटर लामो समुद्री क्षेत्र छ जहाँ निकै तीब्र छालहरु उठ्छन् । यसको तटको उचाइ ०.५ मिटरदेखि १ मिटर छ । तर, हाइ टाइडको समयमा यो उचाइको कुनै अर्थ छैन । समुद्रको पानी पर्खाल पार गरेर सहरभित्र आउँछ । गुएनाको ९० प्रतिशत जनसंख्या समुद्र किनारमा बस्छन् ।
९. अमेरिकाको सभाना
अमेरिकाको जर्जियामा रहेको सभाना सहर हरिकेनको मुख्य केन्द्रविन्दु हो । यहाँ हरेक वर्ष हरिकेन आउँछन् । हरेक वर्ष प्राकृतिक विपत्तिसँग जुध्ने यो सहर चारैतिरबाट समुद्रले घेरिएको छ । सहरभित्र उत्तर दिशामा सभाना नदी छ र दक्षिणतर्फ ओगची नदी छ । जसका कारण यसको आसपास धेरै दलदल षेत्र छ । यो सहर पूरै डुब्न २०५० सम्म लाग्ने अनुमान गरिएको छ तर २०३० सम्म यहाँ धेरै विपत्तिहरु आउनेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-