बैदेशिक पोष्ट
२०८३ बैशाख १९, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

९ वर्षमा विश्वका ९ ठूला सहर समुद्रमा डुब्ने जोखिममा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
कार्तिक २३, २०७८ ०८;०१ बिहान प्रकाशित
९ वर्षमा विश्वका ९ ठूला सहर समुद्रमा डुब्ने जोखिममा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। ग्लोबल वार्मिङका कारण विश्वका कैयौं ठूला सहर २०५० देखि २१०० सम्म डुब्नेछन् । तर, सबेभन्दा धेरै खतरा आगामी ९ वर्षमा विश्वका ९ ठूला सहरहरुलाई छ । यी सहरहरु समुद्री जलस्तर र बाढीका कारण डुब्न सक्छन् । क्लाइमेट सेन्ट्रल नामक परियोजनाले ग्लोबल वार्मिङका कारण बढ्दो खतरामाथि एक रिपोर्ट तयार गरेको छ । यो रिपोर्टमा यी सहरहरु डुब्ने जोखिम औंल्याइएको छ ।

१. नेदरल्याण्डको एम्सटर्डम

नेदरल्याण्डको राजधानी एम्सटर्डम, रटरडम र हग जस्ता सहसहरु कम उचाइमा छन् । यी सहरहरु नर्थ सीको नजिक छन् । यो देश बाढीबाट बचाउ र आफ्नो प्रविधिका लागि विश्वमै प्रसिद्ध छ । तर, जुन हिसाबले समुद्री जलस्तर बढिरहेको छ त्यसलाई हेर्दा यो देशका केही सुन्दर सहर बच्छन् जस्तो देखिँदैन । कुनै पनि बाँध, बेरियर, फ्लडगेटले यी सहरलाई बचाउन सक्ने छैनन् । तर, यिनीहरुको प्रविधिलाई सुधार गरियो र अपग्रेड गरियो भने सहरहरुलाई केही समयको लागि बचाउन सकिन्छ ।

२. इराकको बसरा

इराकको मुख्य बन्दरगाह बसरा शत अल अरब नामको ठूलो नदीको किनारमा छ । शत अल अरब नदीमा पारसको खाडी मिसिन्छ । कैयौं नहरहरु र ब्याक वाटर च्यानलको माध्यमबाट यो सहर खाडीसँग जोडिएको छ । यसका कारण यो सहरको आसपार धेरै दलदल क्षेत्र पनि छ । यदि समुद्रको जलस्तर बढ्यो भने यो सहर खतरामा छ । सबैभन्दा ठूलो समस्या पानीबाट हुने रोगहरुबाट बसरा सहर जुधिरहेको छ । यदि बाढी आयो भने यो सहरमा धेरै नोक्सान हुन सक्छ । यो सहर नक्साबाट हराउन पनि सक्छ ।

३. अमेरिकाको न्यू ओरलिन्स

अमेरिकाको न्यू ओरलिन्स सहरको बीचबाट नहरहरु र जलीय शाखाहरुको छाल फैलिएको छ । यो जालले यो सहरलाई बाढीबाट बचाउँछ । यसको उत्तरमा लेक मरेपस, दक्षिणमा लेक साल्भाडोर र एउटा सानो ताल छ । यदि यो सुरक्षा जाल भएन भने न्यू ओरलिन्समा भारी विनाश हुन सछ । तर, यसका बावजुद समुद्रको जलस्तर बढ्यो भने यो सहरको लागि खतरा छ । सहरको द बिलोक्सी र जिन लेफिटे वाइडलाइफ प्रिजर्भलाई धेरै खतरा छ । यी आरक्षहरु पानीको सतहबराबर छन् । थोरै पानीको स्तर बढे यिनीहरु डुब्नेछन् ।

४. इटलीको भेनिस

इटलीको भेनिस सहर पानीको बीचमा बनेको छ । यहाँ हरेक वर्ष हाइ टाइडले बाढी आउँछ । यो सहरमा २ किसिमको खतरा छ । पहिलो समुद्री जलस्तर बढ्ने र दोस्रो यो सहर आफैं डुबिरहेको छ । हरेक वर्ष २ मिलिमिटर तल भासिइरहेको छ । न्यू ओरलिन्समा जस्तै भेनिसमा बाढीबाट बचाउको लागि प्रविधि लगाइएको छ, बाढी प्रतिरोधी व्यवस्था गरिएको छ तर पनि यहाँ हरेक वर्ष बाढी आउँछ । यदि समुद्रको जलस्तर बढ्यो भने २०३० सम्म यो सहर पानीभित्र डुब्नेछ ।

५. भियतनामको हो चि मिन्ह

भियतनामको पूर्वी क्षेत्रमा रहेको यो सहर पूर्ण रुपमा समतल छ । समुद्र तलबाट यसको उचाइ धेरै छैन । यो सहर थु थियेम नामको दलदली जमिनमा बसेको छ । यसलाई सबैभन्दा ठूलो खतरा मेकोंग डेल्टासँग छ । यो डेल्टाको जलस्तर लगातार बढिरहेको छ । वैज्ञानिकहरुलाई हो चि मिन्ह २०३० सम्म पानीभित्र डुब्ने आशंका छ । यो सहर पनि भेनिस र न्यू ओरलिन्स जस्तै पानीभित्र डुब्न सक्छ ।

६. भारतको कोलकाता

भारतको पश्चिम बंगालको राजधानी कोलकाता र त्यसको आसपासको जमिन शताब्दीऔंदेखि निकै उर्वर मानिएको छ । तर, यदि क्लाइमेट सेन्ट्रलको नक्सा हेर्ने हो भने यो सहरको लागि पनि समुद्री जलस्तर बढ्ने खतरा निकै धेरै छ । यो सहर पनि हो चि मिन्ह सहरजस्तै मनसुनको वर्षा र हाइ टाइडको समस्यासँग जुधिरहेको छ । यहाँ वर्षाको समयमा बाढी आउँछ । जमिनले बाढीको पानी सोस्दैन । यसको नजिक रहेको ठूलो डेल्टा षेत्र यसको लागि खतरा हुन सक्छ ।

७. थाइल्याण्डको बैंकक

थाइल्याण्डमा पर्यटनको लागि प्रसिद्ध सहर बैंकक ग्लोबल वार्मिङबाट अत्यन्तै धेरै प्रभावित छ । थाइल्याण्डको यो राजधानी सहर समुद्री जलस्तरबाट केवल १.५ मिटर माथि छ । यो सहर पनि भेनिसजस्तै हरेक वर्ष २ देखि ३ सेन्टिमिटर भासिइरहेको छ । यो पूरै सहर बलौटे माटोमा बनेको छ । २०३० सम्म यसका तटीय क्षेत्र था खाम र समुत प्रकान पूरै पानीभित्र डुब्न सक्छन् । साथमा सुवर्णभूमिमा रहेको यो सहरको विमानस्थल पनि डुब्न सक्छ ।

८. गुएनाको जर्जटाउन

गुएनाको राजधानी जर्जटाउनले समुद्री बाढीबाट बच्न आफ्नो चारैतिर पर्खाल बनाउको छ । यसको एकातर्फ करिब ४०० किलोमिटर लामो समुद्री क्षेत्र छ जहाँ निकै तीब्र छालहरु उठ्छन् । यसको तटको उचाइ ०.५ मिटरदेखि १ मिटर छ । तर, हाइ टाइडको समयमा यो उचाइको कुनै अर्थ छैन । समुद्रको पानी पर्खाल पार गरेर सहरभित्र आउँछ । गुएनाको ९० प्रतिशत जनसंख्या समुद्र किनारमा बस्छन् ।

९. अमेरिकाको सभाना

अमेरिकाको जर्जियामा रहेको सभाना सहर हरिकेनको मुख्य केन्द्रविन्दु हो । यहाँ हरेक वर्ष हरिकेन आउँछन् । हरेक वर्ष प्राकृतिक विपत्तिसँग जुध्ने यो सहर चारैतिरबाट समुद्रले घेरिएको छ । सहरभित्र उत्तर दिशामा सभाना नदी छ र दक्षिणतर्फ ओगची नदी छ । जसका कारण यसको आसपास धेरै दलदल षेत्र छ । यो सहर पूरै डुब्न २०५० सम्म लाग्ने अनुमान गरिएको छ तर २०३० सम्म यहाँ धेरै विपत्तिहरु आउनेछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!