काठमाडौं। हलिउड अभिनेता विल स्मिथ आफ्नो बायोग्राफीका कारण अहिले सामाजिक संजालमा ट्रण्ड गरिरहेका छन् । स्मिथले आफ्नो बायोग्राफीमा गर्लफ्रेण्डसँग ब्रेकअपपछि एक समय उनले अत्यन्तै धेरै महिलाहरुसँग शारीरिक सम्बन्ध बनाएर बिरामी भएको दावी गरेका छन् । ५३ वर्षका विलको यो किताब यही महिनाको सुरुमा सार्वजनिक भएको थियो । यसमा उनले आफ्ना याद र अनुभवलाई साझा गरेका छन् ।
विलले आफ्नो किताबमा लेखेअनुसार मेलानी नामकी एक किशोरीसँग १६ वर्षको उमेरमा सम्बन्ध अन्त्य भएपछि उनी ठूलो मात्रामा यौन सम्बन्ध बनाउन थालेका थिए । विलले लेखेका छन् ‘ब्रेकअप मेरो लागि निकै असहनीय भएको थियो । त्यसपछि म धेरै महिलाहरुसँग सम्बन्ध बनाउन थालें । यसका कारण मेरो शरीरमा साइकोसोम्याटिक डिसअर्डर विकसित भयो । त्यसपछि मलाई सेक्सपछि लगातार बान्ता हुन्थ्यो ।’
स्मिथका अनुसार उनी गर्लफ्रेण्डसँग सम्बन्धमा हुँदा उनको केवल अर्की एक महिलासँग सम्बन्ध थियो तर ब्रेकअपपछि यो पूरै बदलियो । पेज सिक्समा प्रकाशित रिपोर्टका अनुसार विलले अगाडि भनेका छन् ‘त्यसको केही महिनामै मैले यति धेरै महिलाहरुसँग यौन सम्बन्ध बनाएँ कि एक समय म बिरामी भएँ ।’ विलले २ पटक विवाह गरेका हुन् । उनले जेडा पिंकेटसँग दोस्रो विवाह गरेका थिए जो अहिले पनि उनकी पत्नी छिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-