बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कसरी भइरहेको छ भूपेन्द्र बडुवाल हत्या प्रकरणको अनुसन्धान ? अझै पक्राउ परेनन् फरार नवीन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
मंसिर १३, २०७८ १६;५० मध्यान्ह प्रकाशित
कसरी भइरहेको छ भूपेन्द्र बडुवाल हत्या प्रकरणको अनुसन्धान ? अझै पक्राउ परेनन् फरार नवीन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको तीन साता बित्दा पनि प्रहरीले मुख्य योजनाकार भनिएका नवीन रावललाई पक्राउ गर्न सकेको छैन । उनी फरार छन् ।

प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरेको छ । थप दुईजनालाई सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ । होटेल संगम चिसापानीका सञ्चालक नवीनको योजनामा खुकुरी प्रहार गरेर भूपेन्द्रको हत्या भएको प्रहरीले जनाउँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले हत्या प्रकरणको अनुसन्धान ‘गोइङ एन्ड प्रोसेस’मा रहेको जानकारी दिए । ‘‘अहिले विभिन्न कारणले मुख्य हत्यारा पक्राउ गर्न नसकिएको अवस्था छ । यस्तो अवस्थामा हामीले घटनास्थलका साना–साना कुराहरूलाई पनि अनुसन्धान गरिहरेका छौँ । यही क्रममा पक्राउ गरेका १० जनाहरूको प्रतिक्रिया लिइरहेका छौँ,” विष्टले भने ।

अनुसन्धानमा खटिएको सीआईबीको टोलीले केही मानिसलाई नियन्त्रणमा लिएको जनाएको छ ।‘‘अनुसन्धान जारी छ । हत्यामा प्रयोग भएका मोटरसाइकल, पेस्तोललगायत सामग्री बरामद गरेका छौँ । यसरी नै एकपछि अर्को हत्यामा प्रयोग भएका साधनहरू फेला पर्दै गएका छन्,” विष्टले भने ।

भूपेन्द्र हत्या प्रकरणमा १६ जनाविरुद्ध किटानी जाहेरी परेको छ । तीमध्ये केही व्यक्ति निर्दोषसमेत रहेको हुन सक्ने प्रहरीको भनाइ छ ।

‘‘सामान्य रूपमा गाडी खोजिदिएको, हत्याको बेलामा गाडी भाडामा दिएका व्यक्तिहरू पनि नियन्त्रणमा लिएका छौँ । यस्ता व्यक्तिहरूको नाम सार्वजनिक गरेका छैनौँ । अहिले नै सबै कुरा भन्दा मुख्य नाइके पक्राउ गर्न असहज हुन्छ । हामीले हत्याको रहस्य लुकाउन खोजेका होइनौँ,” विष्टले भने ।

घटना अनुसन्धानका क्रममा रहेकाले अहिले सबै कुरा खुलाउन नमिल्ने प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले भूपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरी हत्या गरेको खुलेको छ । काठमाडौंमा बस्दै आएका भूपेन्द्र अमेरिका जाने अन्तिम तयारीमा थिए । उनी दसैँ मनाउन घर गएका थिए ।

लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय कपिल श्रेष्ठले भूपेन्द्रलाई गएको कात्तिक २३ गते राति ८ बजे घरबाटै ‘साथीलाई समस्या परेको’ भन्दै लिएर गएका थिए । श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

लम्कीचुहाबाट राति श्रेष्ठसँग गएका भूपेन्द्रलाई टीकापुर नगरपालिका–१ मा नवीनको समूहले आक्रमण गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!