बैदेशिक पोष्ट
२०८३ बैशाख १८, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्रीमती पढाउन सेक्युरिटी गार्ड

आफ्नो सपना थाँती राखेर श्रीमतीको सपना पुरा गर्ने युवक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
मंसिर १५, २०७८ ०७;३३ बिहान प्रकाशित
श्रीमती पढाउन सेक्युरिटी गार्ड
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं, नक्सालस्थित सगरमाथा कम्प्लेक्सको गेटमा एक लक्का जवान भेटिन्छन्, कसैलाई स्यालुट गर्छन् त कसैलाई दुई हात जोडेर नमस्कार । उनको ज्याकेटमा ग्लोबल सेक्युरिटी कम्पनीको लोगो छ । सेक्युरिटी गार्डको पोशाकमा ठाँटिएका २७ वर्षे युवाको ड्यूटी हो, कम्प्लेक्सभित्र आउनेहरुलाई हँसिलो अनुहारले स्वागत गर्नु ।

तपाईंको नाम ?
उनकी गालामा डिम्पल पर्ने गरी मुस्काउँछन् र भन्छन्, ‘पुरन साउद ।’
छोटो कुराकानीका क्रममा श्रीमती पढाउन सेक्युरिटी गार्ड काम गर्दै गरेको थाहा पाएपछि उनीसँग लामै कुराकानी गर्ने समय तय हुन्छ । विदा मिलाएर उनले रातोपाटी प्रतिनिधिसँग आफ्नो मनको कुरा साट्छन् ।

परिचय खुलाउन अनिच्छा
विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म गेटमा उभिएर सेल्युट मात्रै हान्दैन् पुरन । उनी कहिले कम्प्लेक्सभित्र छिर्नेहरुको हातमा सेनिटाइजर हालिदिन्छन् त कहिले पार्किङमा राखिएका सवारी साधन मिलाउँछन् । कम्प्लेक्सको भौतिक पूर्वाधार बिग्रिएमा बनाउनेदेखि भवनभित्र हुने हरेक गतिविधिमा चनाखो हुनैपर्छ उनले । भवनभित्र आउने सबैको सही सूचना दिनु उनको जिम्मेवारी हो ।

पुरनको एउटै सपना छ, श्रीमतीलाई सरकारी जागिरे बनाउने । त्यसका लागि उनले विकल्पको रुपमा काठमाडौं रोजे । छिमेकी दाई काठमाडौंमा प्रहरी थिए । उनकै साथ लागेर उनी वर्ष दिन पहिले काठमाडौं छिरे । त्यही दाईले ‘सेक्युरिटी गार्ड’को जागिर लाइदिए ।

तर, कतिपयको व्यवहारबाट दुःखी हुन्छन् उनी । पहिलो त उनलाई ‘तँ’ भनेर सम्बोधन गरेको सुन्दा नै हेपिएको अनुभव हुन्छ । ‘सेक्युरिटी गार्ड’लाई हेर्ने नजरिया नै ठिक छैन, यहाँका मान्छेहरुको । अरुको व्यवहारबाट खिन्न भएका उनी साथीभाईलाई ‘आफू सेक्युरिटी गार्ड हुँ’ भनेर पेशा खुलाउन चाहँदैनन् । तर अभावको भुमरीबाट आएका उनलाई कुनै पनि काम सानो र ठूलो लाग्दैन ।

अनि बसाइँ सरे
विकासमा ठगिएको छ, सुदूरपश्चिम । त्यसै क्षेत्रको डोटीको सिखौली गाउँमा जन्मिए, हुर्किए उनी । विकासको सामान्य पूर्वाधारसमेत पुगेको थिएन उनको सिखौली गाउँमा । दैनिक २ घण्टा हिँडेर स्कूल पुग्नुपथ्र्यो । कक्षा १० सम्मको पढाई जिल्लामै सकाए उनले । छिमेकीहरु बसाइँ सर्न थालेपछि उनको परिवार पनि २०७० सालमा कञ्चनपुरको पुनर्वास–१० भिमबस्तीमा बसाइँ सर्यो । अब भने पढाइ सुगम भयो । घर नजिकैको कलेजमा उनले कक्षा १२ सम्मको पढाई सके ।

प्रहरीमा रहर
उनका बुबा नेपाल प्रहरीका हवल्दार हुन् । बुबा प्रहरी भएकाले उनलाई पनि नेपाल प्रहरीमा जाने रहर थियो । उनले कक्षा १२ पछि प्रहरी जवानका लागि परीक्षा पनि दिए । तर सफल भएनन् । यही प्रहरी रहर अहिले ‘सेक्युरिटी गार्ड’ भएर पूरा गर्दैछन् ।

भासिए भारत
विवाहपछि जिम्मेवारी थपियो । र, पैसा कमाउनै पर्ने वाध्यता आइलाग्यो । सुदूरपश्चिमेली युवाहरु वर्षेनी हजारौँको संख्यामा भारत भासिन्छन् रोजगारीका लागि । उनी पनि त्यही भीडमा मिसिए ।

त्यहाँको जागिर भनेको कि त दरबान अर्थात् सेक्युरिटी गार्ड कि त खाजा घरमा वेटर थियो । अनि, उनको रोजगारी सुरु भयो राजस्थानको ‘परपल सेप्परोन’ खाजा घरबाट । यहीबीच कोरोनाका कारण लकडाउन भयो । उनलाई तलब पनि दिइएन । उनले तलब माग्दा साहुले भन्यो, ‘सेलरी नहीँ दुंगा, जो करना है कर ।’ यसरी कैयौ रात भोकप्यासमै बिताए । यसरी रित्तो हात फर्किनुपरेपछि अर्काको देशमा गएर जागिर खाने सोचलाई उनले सदाका लागि तिलाञ्जली दिए ।

कपडा पसलमा मासिक ६ हजारमा काम पाइयो । यो काम खाउँ भने दिनभरीको शिकार, नखाउँ भने कान्छा बाबुको अनुहार भनेझैं थियो । तर काम नगरी सुख थिएन । उनी पसलमा ग्राहक नआएको समयमा आफ्नो कोर्स र लोकसेवा आयोगको किताबमा आँखा डुलाइरहन्छिन् ।

श्रीमतीलाई सरकारी जागिर !
पुरनको एउटै सपना छ, श्रीमतीलाई सरकारी जागिरे बनाउने । त्यसका लागि उनले विकल्पको रुपमा काठमाडौं रोजे । छिमेकी दाई काठमाडौंमा प्रहरी थिए । उनकै साथ लागेर उनी वर्ष दिन पहिले काठमाडौं छिरे । त्यही दाईले ‘सेक्युरिटी गार्ड’को जागिर लाइदिए ।

जम्माजम्मी १६ हजारको तलब अनि काठमाडौंको महँगी । कोठाभाडा, क्याम्पस खर्च, खान, नून भुटुन सबै गर्दा काठमाडौं बस्न सकिन्न कि भन्ने चिन्ताले सतायो पुरनलाई । तर, स्नातक तहको अन्तिम वर्षको परीक्षा दिँदै गरेकी श्रीमतीलाई सम्झे, आफ्नो सपना अनि दृढ संकल्पलाई सम्झे । श्रीमतीलाई पनि पढाउन काठमाडौं ल्याउने निधो गरे ।

सुदूरपश्चिममा बैकिनी अर्थात् महिलालाई पढाउनुपर्छ भन्ने सोच अझै पनि कम छ । आमा र घरका अन्य सदस्यसँग वादविवाद भयो । अन्ततः उनले जिते, बुहारी भइसकेकी श्रीमतीलाई काठमाडौं पढाउँछु भन्नु उनको लागि युद्ध जितेजस्तै थियो ।

पुरनकी श्रीमती अहिले शंकरदेव क्याम्पसमा बिहानी सिफ्ट एमबीएस पढ्छिन् । नक्सालमा कोठा लिएका पुरनलाई जागिरबाट आउने तलबले खर्च धान्न धौ धौ हुन थालेपछि श्रीमतीलाई पनि सानोतिनो जागिर खोज्न थाले । कपडा पसलमा मासिक ६ हजारमा काम पाइयो । यो काम खाउँ भने दिनभरीको शिकार, नखाउँ भने कान्छा बाबुको अनुहार भनेझैं थियो । तर काम नगरी सुख थिएन । उनी पसलमा ग्राहक नआएको समयमा आफ्नो कोर्स र लोकसेवा आयोगको किताबमा आँखा डुलाइरहन्छिन् । आफूलाई सरकारी जागिरे बनाइ छाड्ने श्रीमान्को सपना जसरी भए पनि साकार पार्ने उनको सोच छ ।

बिहे हुँदा पुरन दम्पत्तीले प्लस टु सकाएका थिए । उनकी श्रीमतीलाई लागेको थियो, अब पढाइ भन्ने यत्तिकै हो । बुहार्तन गरेरै यो जुनी बित्ने भो । तर पुरनले आफूसँगै श्रीमतीलाई पनि पढ्न हौसला दिए । डोटीमा बीबीएस सम्मको पढाइ सकाएर श्रीमतीलाई पढाउन सँगै काठमाडौं ल्याए ।

कसो नआउला सुखको दिन
दिनभर उभिएर गलेका गोडा, अनि दिनभरि अरुलाई सलाम गर्दा गर्दा लोलाएका हातसहित जब पुरन लखतरान अवस्थामा डेरा पुग्छन्, तब श्रीमतीको हातमा देखिने लोकसेवा आयोगको पुस्तक अनि मुहारको मुस्कानले उनको सारा थकान दूर गरिदिन्छ । श्रीमतीले बनाएको चिया सुरुप्प पार्दै दिमाग मथ्न थाल्छन् । मनले भन्छ, हे बरै, एकदिन कसो नआउला हाम्रो पनि सुखको दिन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!