बैदेशिक पोष्ट
२०८३ बैशाख १८, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खुंखार डन अल चापोकी पत्नी जन्मकैदबाट बचिन्, पश्चात्ताप गरेपछि शुभकामना र सजाय माफी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
मंसिर १५, २०७८ १७;३८ मध्यान्ह प्रकाशित
खुंखार डन अल चापोकी पत्नी जन्मकैदबाट बचिन्, पश्चात्ताप गरेपछि शुभकामना र सजाय माफी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अमेरिकामा आजीवन कारावासको सजाय काटिरहेका मेक्सिकोका खतरनाक डन अल चापो भनिने जोआकिन गुजम्यानकी पत्नीलाई यो गिरोहलाई सहयोग गरेको आरोपमा ३ वर्षको जेल सजाय सुनाइएको छ । ३२ वर्षकी एमा कोरोनेल एसपुरोले गएको जूनमा आफ्नो अपराध स्वीकार गरेकी थिइन् । उनले आफ्ना पतिलाई मेक्सिकोको जेलबाट भगाउन सहयोग गरेको पनि स्वीकार गरेकी छिन् । अल चाोिले अहिले अमेरिकाको कोलोराडोको जेलमा आजीवन कारावासको सजाय काटिरहेका छन् ।

एमालाई यी आरोपमा पतिलाई जस्तै आजीवन कारावासको सजाय हुन सक्थ्यो तर सरकारी वकिलहरुले उनलाई पश्चात्ताप गरिरहेको देखेर कम सजाय दिन माग गरेका थिए । अदालतका दस्तावेजका अनुसार ब्युटी क्विन रहिसकेकी एमाले आफ्ना पति गुजम्यान र सिनालोआ कार्टेल वा गिरोहसँग कोकिन, मेथाम्फेटामाइन, हेरोइन र गाँजालाई अमेरिका ल्याउन र यसबाट भएको कमाइलाई बाहिर निकाल्न षड्यन्त्र गरेकी थिइन् । अमेरिकी अधिकारीका अनुसार अल चापोको कार्टेल अमेरिकामा सबैभन्दा धेरै ड्रग्स ल्याउन जिम्मेवार थियो ।

अधिकारीहरुका अनुसार उनले २०१५ मा मेक्सिकोको एक अति सुरक्षित जेलमा रहेका पतिलाई भगाउन जेलनजिकै एउटा सम्पत्ति किनेर सहयोग गरेकी थिइन् । त्यसपछि अल चासो सुरुङमा चलाउनको लागि विशेष किसिमले बनाइएको मोटरसाइकलमा चढेर जेलबाट भागेका थिए । गुजम्यान त्यतिबेला सुरुङको माध्यमबाट पत्नीले किनेको सम्पत्तिसम्म पुग्न सफल भएका थिए । सुरुङमा हावा र प्रकाशको प्रबन्ध थियो र मोटरसाइकल पनि राखिएको थियो ।

एमाले अल चापोलाई जीपीएस जडान गरिएको घडी दिएकी थिइन् जसको सहयोगमा सुरुङ खन्नेहरुले अल चापो कहाँ छन् भन्ने थाहा पाएका थिए । अल चापो भागेपछि कैयौं महिनासम्म थाहा नै भएन र निकै नाटकीय तरिकाले उनी हलिउड अभिनेता शन पेनको साथमा एक अन्तरवार्तामा देखिए ।

मंगलबार वाशिङटनको एक अदालतमा सजाय सुनाइने क्रममा एमाले दोभाषेको सहयोगमा स्पेनिश भाषामा आफूलाई कसैलाई पनि नोक्सानी गरेकोमा साँचो मनले पछुतो भएको बताइन् । संघीय अभियोजक एन्थोनी नारडोजीले यसअघि यही महिना अदालतमा एमाले गरेको काम गम्भीर भए पनि उनको भूमिका निकै कम भएको र उनले निकै छिटो आफ्नो अपराध स्वीकार गरेकोले उनलाई ४ वर्ष मात्र जेल सजाय दिन माग गरेका थिए ।

न्यायाधीश रुडोल्फ कन्ट्रेरसले मंगलबार उनलाई तीन वर्षको जेल सजाय सुनाए । उनले आदेशमा एमाको १५ लाख डलरको सम्पत्ति जफत गरिने र रिहा भएपछि ४ वर्षसम्म निगरानीमा रहनुपर्ने आदेश दिए । न्यायाधीशले उनलाई भविष्यको लागि शुभकामना दिँदै उनले आफ्ना छोरीहरुको पालनपोषण अहिलेको भन्दा फरक वातावरणमा गर्ने अपेक्षा पनि व्यक्त गरे । एमाका वकिलले मिडियामा उनले अमेरिकी अधिकारीलाई सहयोग गरेको रिपोर्ट आएकोले उनलाई मेक्सिकोमा ज्यानको खतरा हुन सक्ने आशंका व्यक्त गरे । वकिलले भने ‘मलाई लाग्दैन उनी कहिल्यै आफ्नो घर फर्किन सक्नेछिन् ।’

एमाको जन्म अमेरिकामा भएको थियो । उनका पिता सिनालोआ गिरोहका सदस्य थिए । अल चापोसँग एमाको भेट १७ वर्षको उमेरमा भएको थियो र त्यसको एक वर्षपछि उनले अल चापोसँग बिहे गरिन् । एमाका पितालाई २०१७ मा मेक्सिकोमा हतियारसँग सम्बन्धित एउटा केसमा जेल सजाय दिइएको छ । उनका काकालाई मेक्सिकोको मोस्ट वान्टेड डन मानिन्थ्यो र उनको २०१० मा मेक्सिकोको सेनासँग भिडन्तमा मृत्यु भयो ।

एमासँग अमेरिका र मेक्सिको दुवै देशको नागरिकता छ । उनी अल चापोका जुम्ल्याहा सन्तानकी आमा हुन् । न्यूयोर्कमा आफ्ना पतिविरुद्ध चलेको सुनुवाइमा उनी लगभग प्रत्येक दिन उपस्थित भइन् । यस क्रममा एमाले हत्या र बलात्कारका डरलाग्दा वृत्तान्त सुनिन् । यस क्रममा उनले अल चापोले आफ्नो र अन्य पे्रमिकाको जासुसी गराउँथे भन्ने पनि थाहा पाइन् ।

यो सुनुवाइ सकिएपछि उनले अल चापोप्रति इमान्दार रहँदै भनेकी थिइन् ‘म आफ्ना पतिलाई त्यसरी चिन्दिन जसरी उनलाई देखाउने कोसिस भइरहेको छ । म उनलाई त्यो व्यक्तिको रुपमा चिन्छु जोसँग मेरो भेट भएको थियो र मेरो बिहे भएको थियो ।’ अल चापो गुजम्यान मेक्सिकोको उत्तर पश्चिमी इलाकामा रहेको सिनालोआ प्रान्तको निकै गरिब परिवारका थिए । उनको संगठित अपराध यतिसम्म बढेको थियो कि २००९ मा उनी १ अर्ब अमेरिकी डलर सम्पत्तिसहित उनी विश्वका ७०१ औं धनी व्यक्ति बनेका थिए । अहिले एमासँन्ग अल चापोको करिब ५ अर्ब डलर सम्पत्ति भएको विश्वास गरिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!