टाेकियाे। ७५ वर्षकाे उमेरमा इसाओ काकेहीकाे स्वास्थ अवस्था राम्राे थियाे । सन् २०१३ मा उनले चिसाकाे काकेही नाम गरेकी एक विधवासँग नयाँ सम्बन्ध गाँसेका थिए। जापानकाे जाेडी मिलाइदिने एउटा निकायमार्फत उनकाे ६७ वर्षीया विधवासँग भेट भएकाे थियाे।
दुई महिनापछि याे जाेडीले विवाह गरे । तर, इसाओ काकेही अर्काे बसन्त देख्न पाएनन्। डिसेम्बर २८ मा जापानकी कुख्यात ब्ल्याक विधवाकाे चाैथाे शिकार बने।
७४ वर्षीया चिसाकाे काकेही तीन ओटा पार्टनरकाे हत्या र चाैथाेकाेकाे हत्या प्रयासकाे अभियाेगमा मृत्युदन्ड कुरेर बसेकी छन्। उनकाे हत्या शृंखला सन् २००७ बाट सुरु हुन्छ, जतिबेला उनी ६१ वर्षकी थिइन् । साेही अभियाेगमा उनी सन् २०१४ मा पक्राउ परेकी थिइन्।
लामाे सुनुवाईपछि सन् २०१७ मा उनलाई एक अदालतले मृत्युदन्डकाे फैसला सुनायाे । ‘जाेडी मिलाइदिने निकायमा पुगेर उनले एकपछि अर्काे बृद्धसँग सम्बन्ध गाँसेर उनीहरुलाई विष खुवाएर हत्या अनुसन्धानका क्रममा दखिन्छ,’ उनकाे मुद्दाबारे फैसला गरिरहेका एक न्यायाधीश भन्छन् । ती विधवाले याेजनबद्ध ढंगले हत्या गरेकाे उनकाे भनाई छ।
यसरी सुरु हुन्छ हत्या शृंखला
सन् २०१४ सम्म उनकाे बारेमा जापानमा विरलै नाम सुनिएकाे थियाे । जापानकाे दक्षिणपश्चिम सागामा जन्मिएकी चिसा सुरुमा एउटा छपाईसम्बन्धी कारखानामा काम गरेकी थिइन् । उनकाे २३ वर्षकाे उमेरमा सन् १९६९ मा विवाह भएकाे थियाे । सन् १९६९ मा पतिकाे मृत्युपछि उनी विधवा बनेकी थिइन् । पतिकाे मृत्युपछि उनकाे हत्या शृंखला सुरु भएकाे थियाे ।
सन् २००७ मा उनी ७८ वर्षीय ताेसिकाई स्युहिराेसँग सम्बन्धमा रहिन् । सन् २००७ काे १८ डिसेम्बरमा काकेही अाफ्ना सन्तानसहित स्युहिराेसँग खाना खाँदैथिइन् । त्यहीबेला स्युहिराेकाे खानामा विष राखिदिइन् । १५ मिनेटमै स्युहिराे अचेत हुन्छन् र केही बेरपछि उनकाे मृत्यु हुन्छ ।
केही वर्षपछि उनले अर्का पुरुष मासानाेरी हाेन्डाकाे हत्याकाे षडयन्त्र बुन्छिन् । ७१ वर्षसम्म मासानाेरी हाेन्डा राम्राे अवस्थामा थिए । सन् २०११ सम्म उनकाे डायबिटिज सामान्य थियाे । साेही वर्ष उनी अकस्मात उनै विधवा चिसाकाे काकेहीसँग नजिकिन पुगे । केही समय उनीहरुबीच डेटिङ भयाे । अर्काे वर्ष उनीहरुले विवाह गर्ने याेजना गरे ।
सन् २०१२ काे ९ मार्चमा उनले हाेन्डालाई स्टाेरमा भेटिन् । त्यसपछि दुबैजना आआफ्नाे बाटाे लागे । साेही दिनकाे पाँच बजे हाेन्डाले हाेस गुमाए । दुई घन्टापछि चिकित्सकले उनकाे मृत्यु भएकाे घाेषणा गरे । उनकाे रहस्हयमय हत्यामा काकेहीकाे संलग्नता रहेकाे अदालतकाे फैसलामा उल्लेख छ । चिसाकाे काकेहीले सन् २०१३ मा एक क्यान्सर बिरामीलाई रिलेसनमा राखेर केही समयपछि हत्या गरेकी थिइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-