काठमाडौं। आजको पात्रो : २६ मंसिर, आइतबार । तदनुसार १२ डिसेम्बर । मार्गशीर्ष शुक्लपक्ष नवमी तिथि, उत्तरभाद्रपदा नक्षत्र, व्यतिपात योग, चन्द्रमा मीन राशिमा छ ।
आज सूर्योदय बिहान ६ः४६ र सूर्यास्त ५ः ०८ मिनेटमा हुनेछ । आज अभिजित मुहूर्त ११ः३७ देखि १२ः१८ सम्म छ भने राहुकाल ३ः५३ देखि ५ः११ सम्म छ । आइतबारको दिन सूर्योदयको दर्शन गर्नाले साताका दिन सफल हुनेछन भन्ने मान्यता रहेको छ । देवता रुद्र र ग्रहदेव राहु रहेको छ । सरकारी कामकाज आइतबार सुरु गर्दा साताभित्र पूरा हुने मान्यता छ । यात्राका लागि आइतबारको दिन शुभ समयमा मात्र यात्रा गर्नु राम्रो हुनेछ ।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । शेयर बजारमा लगानी गर्नु उपलब्धीमूलक नहोला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । पुँजी बजारको लगानी कमजोर हुनसक्छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफूले गरेका कामबाट राम्रै लाभ हुनेछ । राजनैतिक सफलता मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्ममा मन जानेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लाभहानी, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि पनि हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार पनि आउन सक्छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा समेत चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
प्रतिक्रिया लेख्नुहोस्:-