सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गरेको अभियोगमा भारतको उत्तर प्रदेश, कोपागञ्ज दोस्तपुराका ३१ वर्षीय मोहम्मद सलिम पक्राउ परेका छन् । उनलाई प्रहरीले अस्ति दिउँसो काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।
वैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर सलिमले अश्लिल फोटो सामाजिक सञ्जाल फेसबुक र ह्वाट्स्एप मार्फत् महिला आफन्तलाई पठाएका थिए ।
उनले पीडितको नामबाट बनाएको नक्कली फेसबुक आईडीमा अश्लिल फोटो पोष्ट गरी महिलाको चरित्र हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।
सलिमविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरिएको छ । उनलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-