टाकेटी र परिवारबीच सबै कुरा ठीकठाक भएपछि बिहे हुन्छ तर भारतको उत्तर प्रदेशको अलिगढमा सिन्दुर हालिसकेपछि बिहे गर्न अस्वीकार गरेको घटना सार्वजनिक भएको छ । अलिगढको छर्रास्थित सिरौलीमा बेहुली लैजान आएका बेहुलाले सिन्दुर हालिसकेपछि बेहुलीले बिहे गर्न अस्वीकार गरेकी छन् ।
बेहुला पुग्दा बेहुलीको घरमा खुब स्वागत भयो, जन्तीले खाना खाए, मण्डप परिक्रमा गरियो, सिन्दुर हालियो । तर जब हातमा बेसार लगाउने कार्य शुरू भयो, तब बेहुलीले बिहे गर्न अस्वीकार गरिन् ।
बेसार लगाउन बेहुलाले हात अगाडि बढाउँदा हातका ३ औंला काटिएका देखिए । बिहेको कुरा हुने क्रममा बेहुलाका औंला काटिएको कुरा लुकाइएको बेहुली पक्षको आरोप छ ।
आधा बिहे भइसकेपछि बेहुलीले बिहे गर्न नै अस्वीकार गरेकाले स्थानीय स्तरमा हंगामा मच्चिएको छ भने घटना प्रहरीसम्म पुगेको छ । प्रहरीले विवाद मिलाउने कोसिस गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-