काठमाडौं। जूम कलमा ९०० जना कर्मचारीलाई जागिरबाट निकालेका बेटर डटकमका सीइओ विशाल गर्गमाथि आफ्नो यो कामको गम्भीर परिणाम आइलाग्न सक्ने देखिएको छ । कम्पनीको बोर्डले विशाल गर्गलाई केही दिनको लागि विदामा पठाएको छ । बोर्डले कम्पनीमा फाइनान्सियल अफिसर केभिन रयानलाई कम्पनीको दिन प्रतिदिनको कामकाजको निर्णय लिने जिम्मेवारी दिएको छ ।
टेक क्रन्चको एक रिपोर्टअनुसार अब कार्यवाहक सीइओको जस्तै जिम्मेवारी केभिन रयानलाई दिइएको छ । अब उनैले कम्पनीको दिन प्रतिदिनको काम हेर्नेछन्, आवश्यकता अनुसार कम्पनीको तर्फबाट निर्णय गर्नेछन् र कम्पनकिो कामबारे बोर्डलाई रिपोर्टिङ गर्नेछन् । कम्पनीको बोर्डले लिडरसिप र कल्चरल असेसमेन्टको लागि एउटा थर्ड पार्टी स्वतन्त्र फर्मलाई हायर गरेको छ । यद्यपि कम्पनीले यसबारे केही पनि टिप्पणी गर्न अस्वीकार गरेको छ ।
यसअघि विशाल गर्गले एक जूम कलमा ९०० कर्मचारीलाई जागिरबाट निकालेका थिए । यसको आलोचना भएपछि उनले माफी मागेका थिए । उनले आफ्नो तरिका गलत भएको भन्दै पत्र लेखेर कर्मचारीहरुसँग माफी मागेका थिए । यो पत्रमा उनलmे माफी माग्दै आफ्नो तरिका गलत भएको र आफूबाट भारी चुक भएको स्वीकार गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-