बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कैलालीको वनमा बीभत्स हत्या

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
पुस ५, २०७८ ११;०२ बिहान प्रकाशित
कैलालीको वनमा बीभत्स हत्या

कैलालीको जानकी गाउँपालिकास्थित अमरावती सामुदायिक वनमा हत्या गरिएका अर्जुन दासका आफन्त बिलौना गर्दै। बीभत्स ढंगले हत्या गरेको अवस्थामा दासको शव शनिबार भेटिएको थियो। तस्बिर : अन्नपूर्ण

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दास शुक्रबार साँझ घरबाट निस्किएका थिए। तर, राति घर फर्किएनन्। बरु उनकी श्रीमती धर्मादेवीको फेसबुकमा शनिबार दिउँसो अडियो म्यासेज आयो। त्यहाँ भनिएको छ, ‘एक जनाको टाउको छिनाएर हत्या भयो। हामी भारतको बैंग्लोर जाँदै छौं।’ झन्डै तीन मिनेटको अडियो म्यासेजमा मनोज नाम बताउने व्यक्तिले हत्या गरेको खुलाएका थिए। अडियोमा उनले भनेका छन्, ‘एक–दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ। घाँटी अलग छ। शरीर अलग छ।’

त्यत्तिकैमा अर्का व्यक्तिले सोधेका छन्, ‘कसको ?’
जवाफमा उनले भनेका छन्, ‘जसको भए नि अलग छ।’

मनोजले घाँटी अलग, शरीर अलग भनेर कुरा गरिरहँदा अन्य व्यक्ति पनि त्यहीँ भएको आवाज सुनिन्छ। एक जनाले आफू हत्यापछि बैंग्लोर जाने तयारी गरिरहेको बताएको पनि प्रस्ट सुनिन्छ।

म्यासेज सुन्नासाथ आत्तिएकी धर्मादेवी मोबाइल बोकेर अमरावती प्रहरी चौकी पुगिन्। प्रहरीले अडियो बजाएर सुनिनसक्दै अमरावती सामुदायिक वनका वनरक्षकलगायत व्यक्ति प्रहरी चौकी पुगे। वनमा घाँटी छिनाएको शव भेटेको खबर उनीहरूले प्रहरीलाई गरे।

अडियो र वनरक्षकको कुरा सुन्नासाथ प्रहरी टोली घटनास्थलमा पुग्यो। त्यहाँ अर्जुनको शव भेटियो। म्यासेज र वनरक्षकको कुरा मेल खाएको थियो।

त्यतिञ्जेल शनिबार साँझ परिसकेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले घटनाको पुष्टि गरे। ‘घटना विवरणअनुसार सामान्य मजदुरी गर्ने अर्जुन शुक्रबार साँझ साथीले बोलाए भनेर घरबाट निस्किएका रहेछन्’, प्रवक्ता जोशीले भने, ‘उनको नै हत्या भएको रहेछ।’

अर्जुनको घाँटीमा धारिलो हतियार प्रहार गरी टाउको छिनाइएको थियो। उनकै कमिज खोलेर घाँटी बाँधिएको थियो। उनकै खल्तीमा रहेको रुमालले हात पछाडि फर्काएर बाँधिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। ‘हत्या गर्नुअघि नै हात बाधिएको होइन जस्तो छ। हत्यापछि त्यस्तो देखाउन बाँधिएको छ’, प्रवक्ता जोशीले भने, ‘टाउको खुट्टानजिकै राखिएको छ। त्यहाँ चुरोटका ठुटाहरू फेला परेका छन्।’

फोन कल अडियोमा बोल्ने व्यक्ति नसा सेवन गरेजस्तै बोली रहेको सुनिने जोशीले बताए। प्रहरीले उक्त अडियोका विषयमा पनि अनुसन्धान थालेको छ।

कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले अडियो मृतककी श्रीमतीबाट बरामद भएको र यस विषयमा पनि छानबिन गरिरहेको जानकारी दिए। ‘यो अनुसन्धानकै क्रममा रहेको विषय हो। यसबारे विस्तृत अनुसन्धानपछि जानकारी दिनेछौं’, एसपी अधिकारीले भने।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धानमा असर पर्ने भन्दै परेका व्यक्तिको परिचय खुलाइएको छैन। प्रहरीले मृतककी श्रीमतीको म्यासेन्जरमा फोनको अडियो पठाउने व्यक्ति पनि पहिचान गरिसकेको तर पक्राउ नपरेको जनाएको छ।

‘एक जनालाई पक्राउ गरेका छौं। फोन अडियो सेभ गर्ने र पठाउनेहरूको पनि पहिचान भइसकेको छ’, अधिकारीले भने, ‘अनुसन्धानपछि सबै सार्वजनिक हुन्छ।’

अर्जुनको हत्यापछि स्थानीय त्रसित छन्। कैलालीमा यो नै हत्याको पहिलो घटना भने होइन। कैलालीको टीकापुर नगरपालिका–१ सिद्धार्थ होटलनजिकै गत कात्तिक २३ गते लम्की चुहा नगरपालिका–१ का २१ वर्षका भूपेन्द्र बडुवालको खुकुरी प्रकार गरी हत्या भएको थियो। आफ्नो हत्या गर्न आएको चाल पाएपछि बडुवाल होटलनजिकै आफन्तको घरमा शरण लिन गएका थिए। तर, आफन्तको आँगनमै उनको हत्या भएको हो।

प्रहरीले हत्यामा संलग्न रहेको भन्दै १२ जनालाई पक्राउ गर्‍यो। तीमध्येका तीन जना धरौटीमा छुटे। ९ जना पुर्पक्षका लागि थुनामा छन्। संगठित अपराधअन्तर्गत दुईवटा समूहको लडाइँका बीचमा परेर भुपेन्द्रको हत्या भएको प्रहरीको निष्कर्ष छ। २१ जनाविरुद्ध मुद्दा दर्ता गरे पनि हत्याका योजनाकारसहित नौ अभियुक्त फरार छन्।

उक्त घटना सेलाउन नपाउँदै अर्जुनको हत्या भएपछि प्रहरीलाई चुनौती थपिएको छ। दुई महिनाअघि चक्कु प्रहारबाट टीकापुर नगरपालिका–८ का एक युवकको ज्यान गएको थियो। प्रहरीले शान्ति–सुरक्षा कायम गर्न नसकेको भन्दै स्थानीय आक्रोशित छन्। यो समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!