काठमाडौँ — नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी हुँदा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । सोमबार दिउँसो ३ बजेको आसपासमा इन्द्रेणी कम्प्लेक्सका जीम सेन्टरमा आगलागी भएको हो ।
आगलागीबाट जीम सेन्टरको सामानहरु जल्दा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको जीम सेन्टरको सञ्चालकलाई उदृत गर्दै प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामाले जानकारी दिए । दिउँसो ३ बजे आगलागीको सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेर करिब ५० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको उनले बताए । प्रारम्भिक अनुसन्धानमा इन्भटरमा आगो सल्किएर फैलिएको उनले जनाए ।
काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डिएसपी लामाले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-