बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कुकुर र बाँदरबीच ‘ग्याङ फाइट’ परेको होइन, यस्तो रहेछ बाँदरले छाउरा उठाउनुको कारण

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
पुस ७, २०७८ ११;३४ बिहान प्रकाशित
कुकुर र बाँदरबीच ‘ग्याङ फाइट’ परेको होइन, यस्तो रहेछ बाँदरले छाउरा उठाउनुको कारण
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। पछिल्लो हप्ता भारतको महाराष्ट्रमा कुकुर र बाँदरबीच ग्याङ फाइट परेको समाचार चर्चामा रह्यो । यहाँका बाँदरहरुले कुकुरले आफ्नो बच्चा मारिदिएको बदला लिन कुकुरका छाउराहरु मार्ने गरेको खबर धेरै भारतीय मिडियामा आए । तर, यो विषयमा जसरी हल्ला फैलाइएको थियो त्यस्तो वास्तविकता नभएको बीबीसीले जनाएको छ ।

बीबीसीका प्रतिनिधिले सम्बन्धित गाउँमै पुगेर त्यहाँको वास्तविकता सार्वजनिक गरेका छन् । स्थानीयले बीबीसीसँग बताएअनुसार कुकुरले बाँदरको बच्चा मारेको कुरा सत्य होइन । बरु त्यहाँ यो संघर्ष सेप्टेम्बर महिनामा सुरु भएको थियो जतिबेला गाउँमा २ बाँदर आएका थिए । यो गाउँमा बाक्लो संख्यामा बाँदर हुँदैनथे तर सेप्टेम्बरपछि यहाँ बाँदरहरु देखिन थाले । त्यसपछि गाउँमा विचित्र घटना देखिन थालेका थिए ।

यी बाँदरहरुले कुकुरका छाउरालाई उडाएर अग्ला रुख वा अग्ला घरको छानामा लिएर गए । बाँदरले कुकुरका छाउरा उठाएर जाने क्रम विस्तारै बढ्दै गयो । बाँदरले उचाइमा लिएर गएका केही छाउराहरुको उचाइबाट खसेर मृत्यु भयो । तर, हल्ला भने बाँदरले कुकुरका छाउराहरु मार्न थालेको भनेर फैलियो । त्यसपछि स्थानीयले वन विभागलाई यसबारे बताए । तर, विभागका प्रतिनिधि गाउँमा आएर निरीक्षण मात्रै गरेर फर्किए । पछिल्लो हप्ता यो कुरा मिडियामा आएपछि भने वन विभाग सक्रिय भयो र बाँदरलाई समात्यो ।

मिडियामा धेरै चर्चा भएपछि वन विभागको टिम बाँदर समात्न आयो । १९ डिसेम्बरका दिन वन विभागले एउटा पिंजडामा कुकुरको छाउरो राखेर पासो थापेर बाँदर समाते । वन अधिकारी डिएस मोरेले बीबीसीसँग कुरा गर्दै समातिएका बाँदरलाई जंगलमा लगेर छोडिएको बताए । गाउँलेले बीबीसीसँग धेरै छाउराको मृत्यु भएको बताए पनि उनीहरुले बताएअनुसार संख्या गणना गर्दा ५० देखि ६० मात्र पाइयो । जबकि वन अधिकारी मोरेले भने ३ देखि ४ छाउरा मात्र मरेको दावी गरे ।

बाँदरले यस्तो किन गरे त ? भन्ने प्रश्नमा वन अधिकारी डिएस मोरेले यसको कारण पनि बताए । उनका अनुसार कुकुरको रौंमा साना जुम्रा र उपियाँ हुन्छन् र बाँदरले यी जुम्रा र उपियाँ खान्छन् । यिनै जुम्रा र उपियाँ खानको लागि बाँदरले छाउराहरु उठाउँछन् । डिएस मोरेले भने ‘ठूला कुकुरलाई बाँदरले सजिलै समाउन सक्दैनन् । छाउराहरु सजिलै समाउन सकिन्छ र उनीहरुले आफूलाई बचाउन पनि सक्दैनन् । जुम्रा, उपियाँ खाएपछि बाँदरले छाउरालाई रुखमा वा घरको छतमा छोडिदिन्छन् । त्यहाँ धेरै दिनसम्म खाना पानी नपाएपछि छाउराहरु मरे । छाउराहरु त्यति उचाइबाट तल आउन सक्दैनन् । तल झर्ने कोसिसमा केही खसेर मरे ।’

औरंगाबादमा सिद्धार्थ उद्यानको चिडियाघरमा विभिन्न किसिमका जनावर छन् । डा. बीएस नाइकवाडेले यहाँ लामो समयसम्म काम गरिसकेका छन् । नायकवाडेले बीबीसीसँग भने ‘बाँदरलाई कसैसँग रिस उट्यो भने चोट पुर्याउन सक्छन् तर लावुल गाउँबारे जे भनिएको छ त्यो अतिशयोक्ति हो ।’ लाइफ केयर एनिमल एसोसिएसनका अध्यक्ष धनराज शिन्देले अलग पक्षतिर इशारा गरे । उनका अनुसार बाँदर निकै जिज्ञासु जनावर हो । त्यसैले जिज्ञासावश बाँदरले यस्तो गरेको पनि हुन सक्छ ।’

वन अधिकारी डएिस मोरेका अनुसार बाँदरहरुले गाउँमा कसैमाथि हमला गरेका छैनन् । बाँदरको डरले केही दुर्घटना भए तर बाँदरले कहिल्यै हमला गरेनन् । गाउँमा ३ महिनादेखि चलिरहेको नाटक समाप्त भएको छ । अब गाउँमा कुकुर देखिन्छन् । केही ठाउँमा छाउराहरु पनि छन् । तर, अब बाँदर यहाँ छैनन् । उनीहरुलाई जंगलमा छोडिएको छ । तर, गाउँमा बाँदुले छाउरा मारेको चर्चा भने चलिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!